• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रवास


चाइनिज न्यु ईयरमा मलेशिया नेपालीहरुद्वारा खेलकुदमय
बिजय गुरागाईं
मलेशिया जोहोरबारु फाल्गुन ७ – चाइनिज न्यु इयरको अवसरमा स्याङ्जा समाज क्षेत्रिय कमिटि जोहोरको आयोजनामा चेम्वारलाङ्गमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । १८ वटा समूहले भाग लिएको प्रतियोगितामा प्रवासी म्याग्दी सेवा समाज प्रथम प्रवासी स्याङजा समाज  निलो दोस्रो र प्राइभेट पाथीभारा क्लव केएल तृतीय भएको छ ।  प्रतियोगिताका विजयी समूहलाई प्रवासी मगर संघ मलेसियाका अध्यक्ष खुम राना मगर आईएमई जोहोरका इन्चार्ज सुरेन्द्र बहादुर रोक्काले पुरस्कार वितरणगर्नु भएको थियो भने अनुशासित खेलाडीलाई टोपबहादुर गाहाले समेत पुरस्कार दिनु भएको थियो । प्रतियोगितालाई आईएमई एमकेटि नेपाली कपडा जोहोरबारु पहिलो पाइला नेपाली कम्प्युटर इन्टिच्युट देशाचेम्बारलाङ्गले सहयोग पुर्याएका थिए । स्याङ्जा समाज क्षेत्रिय कमिटिका अध्यक्ष राजकुमार चापागाईको सभापतित्वमाभएको पुरस्कार वितरण समारोहको साचालन सचिव गृुमान िसं गुरुङले सचालन गर्नु भएको जोहोरबाट विन्दु दर्लामी मगरले जनाउनु भएको हो । त्यसैगरी  पेनाङ;धौलागिरी सम्पर्क मंचको आयोजनामा चाइनिज इयर को अवसरमा दुई दिने मलेशिया ब्यापी खुल्ला भलिबल पेनाङको नागासरी मा फेब्रुअरी १४ र१५ मा सम्पन्न भएको छ । पेनाङ  को बिभिन्नि क्षेत्र लगाएत इपो र केडाह का खेलाडीहरु गरी १६ टिम को उपस्थिति थियो जसमा स्वच्छ प्रतिस्पर्धाबाट सुदुर पश्चिम सेवा समाज प्रथम पाल्पाली क्लब दिर्तिय र नागासरी क्लब तर्ििर्तय स्थान हासिल गर्न सफल भएका थिए र पुरस्कार हरु क्रमश प्रथम दिर्तिय तर्ििर्तय आरएम २००१ १००१ र ५०१ का साथमा प्रमाण पत्र र मेडल रहेका थिए साथै उक्त खेलमा उत्कृष्ट खेलाडी को पुरस्कार हात पार्न पाल्पाली टिम का बिजय मल्ल सफल हुनु भएको थियो । धौलागिरी सम्पर्क माच क्षेत्रिय कमिति पेनाङ का अदक्ष्य श्री एन बि पुन को सभापतित्व मा संचालन भएको कार्यक्रम संचालन लेखनाथ अर्याल तथा अन्तमा पुरस्कार बितरण गर्दा हिरा छन्त्याल ले गर्नु भएको थियो । पुरस्कार बितरण गर्दा अतिथिहरु मंगोल भिजन क्षेत्रिय कमिति पेनाङ का अदक्ष्य राम कुमार चुम्रुक प्रवासी मगर संघ क्षेत्रिय कमितिका भुपु अदक्ष्य शोम ब। थापा प्रवासी मगर संघ केन्द्रिय समितिका उपादक्ष्य भक्त आले साथै प्रवासी तामाङ एकता संघ क्षेत्रिय कमिति का अदक्ष्य जोग ब. लामा ज्यु हरुको आतिथ्य संगै बिजयीखेलाडी साथीहरु लाई शुभकामना ब्यक्त गर्नु भएको थियो । र अन्तमा धौलागिरी सम्पर्क माच क्षेत्रिय कमिति का अदक्ष्य एन बि पुन ले उक्त कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने संघ सस्थाहरु धौलागिरी रेष्टुरेष्ट इन्दवासी गोर्खाली रेष्टुरेष्ट बिएम डेल्टा रेमिट इएमटि रेमिट नेपाल चौतारी रेष्टुरेष्ट एण्ड कपडा पसल हरु लाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

सह-राजदूत भट्टराई र नयाँ बर्ष कन्सर्ट आयोजकबीच भेट
क्वालालम्पुर,मलेशिया माघ २९ –  यहाँस्थित नेपाली सह-राजदूता लेखनाथ भट्टराई र नयाँ बर्ष कन्सर्ट २०१० का आयोजक नेपाल पत्रत्रकार महासंघ शाखा मलेसिया र प्रवासी तामाङ एकता समाजबीच भेट गरी कार्यक्रमको विस्तृत जानकारी गराएका छन् । मंगलबार दूतावासको आफ्नै कार्यालयमा भेट गरी कार्यक्रमको प्रस्तुति कार्यक्रम बिवरण जानकारी गराइएको हो । कार्यक्रमको लागि नेपाली राजदूतावास संरक्षकको रुपमा रहेको कारण जोहोरबारु र क्वालालम्पुरको कार्यक्रममा दूतावासका प्रतिनिधीको सहभागिता हुने छ । सो भेटमा कार्यक्रम सफलताको कामना गर्दै सह-राजदूत लेखनाथ भट्टराईले कार्यक्रमको लागि दूतावासको सक्दो सहयोग रहने कुरा बताउनु भयो ।
शंकरप्रसाद सापकोटाद्धारा लिखित उपन्यास निपोलो सम्मेलन बिमोचित
क्वालालम्पुर , मलेशिया माघ २९ – शंकरप्रसाद सापकोटाद्धारा लिखित उपन्यास निपोलो सम्मेलन शनिबार साँझ द खुकुरी रेष्टुरेण्टस्थित बोमोचन गरिएको छ । लेखक कारणबस स्वदेश फर्किसकेकोले यहाँस्थित नेपाल प्रगतिशिल श्रमिक मोर्चाको पहलमा प्रकाशन भएको सो उपन्यास मोर्चाले नै बिक्री वितरण गर्ने छ । मोर्चाका सदस्य धनबहादुर खण्डको सभापतित्वमा सम्पन्न बिमोचन कार्यक्रमको लागि प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मलेसियाका अध्यक्ष विपीन राई रहनु भएको थियो भने अतिथिहरुमा महासंघका उपाध्यक्ष विनो लामा कोषाध्यक्ष रुसाहाङ चेम्जोङ प्रवासी तामाङ एकता समाजका अध्यक्ष पासाङ लामा नेपाली जन सम्पर्क माचका संयोजक चोलाकान्त पंगेनी धनकुटा चौबिसे सम्पर्क समाजबाट पूर्ण फागो मकालु सम्पर्क माचबाट नेत्र प्रसाद श्रेष्ठ अतिथि रहनुभएको थियो । कार्यक्रममा विनो लामाले उपन्यासको समिक्षा गर्नुभएको थियो भने । प्रमुख अतिथि लगायत अतिथिहरुले शुभकामना मन्तव्य व्याक्त गरेका थिए । कार्यक्रम देबेन्द्र सुर्केलीले साचालन गर्नुभएको थियो

मलेसियामा नेपाली जनसम्पर्क समितिको तदर्थ समिति गठ

लोकतान्त्रिक मूल्य र मान्यतामा समस्याहरुको सम्बोधन गर्नुपर्ने : नेता धमला
विजय गुरागाईं- क्वालालम्पुर माघ २६- राष्ट्रियता लोकतन्त्र र समाजबाद नेपाली जनसम्पर्क समिति जिन्दाबाद को मुल नाराका साथ फेब्रअरी ७ तारिखका दिन नेपाली जनसम्पर्क समितिको तदर्थ समिति गठन भएको छ । क्वालालम्पुरस्थित कोतारायको सोल्टी रेष्टुरेन्टमा भब्य कार्यक्रमको आयोजना गरि गठन भएको हो । कार्यक्रम भवानीशंकर तिवारीको सभापतित्वमा सम्पन्न गरिएको थियो।  सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका विदेश विभाग सदस्य तथा युवा नेता रमेश धमला ,अतिथि नेपाली कांग्रेस सुनसरी तथा युवा नेता संदीप श्रेष्ठ,नेपाली दुताबासका सहायक राजदुत लेखनाथ भट्टराइ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो भने जननायक वीपी कोइरालाको तस्विरमा माल्यार्पण प्रमुख अतिथि तथा अतिथिहरुबाट शुरु गरि उपस्थिति नेपाली कांग्रेसका कि्रयाशिल कार्यकर्ता शुभेच्छुक तथा आस्थावनाहरुबाट भएको थियो । शुभकामना मन्तब्यको क्रममा नेपाली कांग्रेसका विदेश विभाग सदस्य तथा युवा नेता रमेश धमलाले नेपाली जनसम्पर्क समितिको शुरुवात २०३३ सालमा भारतमा वीपी कोइरालाले के.एस रावलको नेतृत्वमा भएको कुरा दर्शाउँदै विभिन्न मुलुकमा भएका जनसम्पर्क समितिहरुको वर्तमान अवस्थाको बारेमा प्रष्ट पारेका थिए। साथै नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला ,कार्यबाहक सभापति शुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल तथा केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु र विदेश विभाग प्रमुख सुजाता कोइरालाको तर्फबाट नेपाली जनसम्पर्क समिति मलेसियालाई शुभकामना रहेको कुरा बताए ।  जनसम्पर्क समिति नेपाली कांग्रेसको भातृसंस्था नभई मातृसंस्थाकै प्रमुख अंगको रुपमा विदेशमा रहनु हुने नेपाली कांग्रेससँग आवद्ध साथीहरुको संगठन भएको र पार्टीको विशेष महाधिवेशनले पाँचसय भन्दा बढी कि्रयाशिल सदस्य रहेको जनसम्पर्क समितिहरुलाई एउटा निर्वाचन क्षेत्र सरहको अधिकार प्रत्योजन गरी प्रतिनिधित्व पार्टीमा गराउँने व्यवस्था नेपाली कांग्रेसको संसोधित विधानमा प्रष्ट भएको कुरा उनले बताए।
सो क्रममा उनले नेपाली जनसम्पर्क समितिले मलेसियामा विभिन्न पेशा र ब्यवसायमा संलग्न रहनु भएका साथीहरुको आत्मसम्मान गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा संगठन विस्तार गरी नेपालीहरुको विभिन्न समस्याहरुको सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए।  वर्तमान सन्दर्भमा नेपाली जनसम्पर्क समितिको अपरिहार्यता विदेशमा रहनु हुने साथीहरुबीचमा अत्यन्त सार्थक रहेको दर्शाउँदै नेपालको राजनीतिमा सम्पर्क समितिहरुले खेल्न सक्ने भूमिकाको बारेमा प्रष्ट पार्दै नेपालको राजनीतिमा नेपाली कांग्रेसको विकल्प नरहेको हरेक निर्णायक आन्दोलनहरुको नेतृत्व नेपाली कांग्रेसले गरेको कारणले आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई संविधान सभाको निर्वाचन सम्पन्न भएको कुरा दर्शाए।  यसै सन्दर्भमा नेपालको राजनीति स्थिरताको निम्ति वर्तमान अवस्थामा सेना समायोजन र वाइसिएलको अर्ध सैनिक गतिविधिको अन्त्य विनाको संविधान नेपाली कांग्रेस र लोकतन्त्रबादीहरुका निम्ति चुनौती पूर्ण रहने बताए। यसैगरी अतिथि नेपाली दुताबासका कन्सुलर लेखनाथ भट्राइले नेपाली जनसम्पर्क समिति मलेसियमा स्थापना भएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा नेपाली जनसम्पर्क समिति मलेसियालाई व्यक्तिगत तथा दुताबासका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सो कार्यक्रममा अतिथि नेपाली कांग्रेस सुनसरी तथा यूवा नेता संदीप श्रेष्ठले मलेसियमा जति पनि संगठनहरु स्थापना भएका छन् तिनीहरुको तुलनामा नेपाली जनसम्पर्क समितिले छुट्टै मापदण्ड तयार गरी अगाडि बढ्नुपर्छ र मलेसियमा रहेका नेपाली श्रमिकहरुलाई कुनै पनि प्रकारका समस्याहरु परेमा पार्टीले जनसम्पर्क समिति मार्फत समाधान गर्ने कुरामा जोड दिए। उनले नेपालको विभिन्न क्षेत्रबाट विभिन्न जातजातिका नेपालीहरु कार्यरत रहेको सन्दर्भमा सबैलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा एकजुट भई अगाडि बढ्न आग्रह गरे। त्यसैगरी कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै श्रीधर सुबेदीले आफ्नो स्वागत मन्तब्य दिनुभएको थियो । यसैगरी रंगराज न्यौपाने कृष्णप्रसाद कोइरालाले कार्यक्रमको औचित्य माथि सम्पूर्ण उपस्थिति अतिथि तथा सम्पूर्ण नेपाली कांग्रेसका आस्थावान साथीहरुलाई प्रकाश पार्नु भएको थियो । नेत्र श्रेष्ठ, निरज गौलीले शुभकामना मन्तब्यको क्रममा विगत ६ बर्ष अघिदेखीनै नेपाली जनसम्पर्क समितिको संगठन मलेसियमा आवश्यक रहेको बताउँदै समयमै हामी संगठीत भएको भए आज नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसिया भित्र विभिन्न पेशा र ब्यवसायमा संलग्न रहनु भएका नेपाली कांग्रेस समर्थित साथीहरुलाई सगठित गर्दै संविधान सभाको निर्वाचन नेपाली कांग्रेसलाई ठूलो सहयोग पुर्याउन सक्ने बताए।
सो कार्यक्रमले १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। जसमा सभापतिमा चोलाकान्त पंगेनी ,उपाध्यक्ष रंगराज न्यौपाने ,सचिव श्रीधर सुबेदी, सह सचिव बखत मावुहाङ ,कोषाध्यक्षमा गोविन्द खड्का र सदस्यहरुमा निरज गौली ,पूर्ण लिम्बु ,चन्द्र लिम्बु ,दिपक गुरुङ, कृष्णप्रसाद कोइराला, निलकण्ठ अर्याल ,इमान गुरुङ, राजेश घिमिरे, सुभद्रा लंगदेन, रामबहादुर रेग्मी रहेका छन्. यसैगरी सल्लाहकार समितिमा भवानी शंकर तिवारी ,नेत्र श्रेष्ठ, दिपक बोगटी, बल बहादुरु गुरुङ र एकराज नेम्वाङ रहेका छन् । कार्यक्रमको अन्त्यमा नवनिवार्चित समितिका सभापति चोलाकान्त पंगेनीले राष्ट्रियता लोकतन्त्र र समाजवाद जनसम्पर्क समिति जिन्दाबाद भन्ने मुल नाराका साथ र नेपाली कांग्रेसको सिद्धान्त अनुरुप कार्य गर्ने प्रबिद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको सभापति भवानी शंकर तिवारीले अन्त्यमा नवनिर्वाचित सदस्यहरुलाई शुभकामना दिँदै कार्यक्रम समापन गरेका थिए।


किरात धर्म तथा साहित्य उत्थान संघ मलेशियाको चौथो अधिबेशन सम्पन्न
विजय गुरागाईं

मलेशिया माघ २२ – गत हप्ता कोताराया स्थित परदेशी रेस्टुरेन्तको उपल्लो तलामा किरात धर्म तथा साहित्य उत्थान संघ मलेशिया सम्पर्क समितीको चौथो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । दिल कुमार केरुङको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथि  अनेसास मलेशियाका अध्यक्ष पदम दुखि साम्बहाम्फे रहेका थिए भने अतिथिहरुमा परशु राम चोम्बांग ,किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व सचिव बुद्ध हांग लावती ,धर्म गुरु राम बहादुर राई ,पूर्ण बनेम फागो , साहित्यकार जीवन देवान गाउले ,साहित्यकार दिल दुःखि जन्तरे,साहित्यकार हरि रानाभाट ,प्रवासी मगर संघका सल्लाहकार रुबेन पुन मगर ,अनाम मण्डली मलेशियाका श्रीजन श्रीको आतिथ्य र मन्तब्य ब्यक्त गरिएको उक्त अधिबेशनमा अन्य थुप्रै लिम्बु गैर लिम्बु जातिका व्यक्तिहरुको उपस्थिति रहेको थियो । अधिबेशनमा किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व सचिव चन्द्र थोप्रा लिम्बुको स्वागत भाषण  कविर सावाँ द्वारा शुभकामना मन्तब्य र बर्ष भरिको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने धन कुमार वेघा ज्युको उदघोषण र बार्षिक प्रतिबेदन सहित रहेको थियो अधिबेशन पछी नवनिर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिइएको थियो

प्रवास ब्यापार :नेपालीहरुको मलेशियामा ब्यापार बढ्दै

विजय गुरागाई

मलेशिया माघ २२ – मलेशियाको नेपाली ब्यबसायिक क्षेत्रमा  रहेको होटल तथा रेस्टुरेन्ट बन्द हुने र नयाँ खोलिने व्रुममा गत आइतबार फेरी एउटा ढोरपाटन रेस्टु रेन्ट एण्ड फेनसिपसल रेस्टुरेन्टको पोर्ट केलांगमा स्थापना भएको छ।  क्षःभ् ब्रान्च पोर्ट केलांगका कर्मचारी तथा प्रवासी हातेमालो कल्याणकारी संस्थाका संस्थापक अध्यक्ष शेरमान बुढा मगरको संचालनमा स्थापना भएको उक्त रेस्टुरेन्ट क्षःभ् ब्रान्चकै ब्रान्च प्रमुख गोपाल ज्युको हात बाट उदघाटन गरिएको छ।
उक्त उदघाटन कार्यक्रममा क्षःभ् के एलका प्रमुख म्यानेजर अर्जुन पौड्याल , युनिक एक्सचेन्ज तथा मनकामना मनि एक्सप्रेसका संचालक भिम शेरचन , श्रीमति निरमाया  आले मगर , इन्द्रा थापा मगर  ,सरिता पुलामी  मगर , रुबेन पुन मगर, दौतरी रेस्टुरेन्ट केलांगका संचालिका जिना गुरुङ,  देविका तामांग तथा हिमशिखर रेस्टुरेन्ट संचालक दावा शेर्पा लगाएत अन्य थुप्रै व्यक्तिको उपस्थिति रहेको थियो। ढोरपाटन रेस्टुरेन्ट तथा फेन्सी पसल पोर्ट केलांग स्थित क्षःभ् को उपल्लो तलामा खोलिएको छ।

नेपाली मुस्लिमहरुको अवस्था तथा संघिय लोकतान्त्रिक गणतन्त्र
नेपालका मुस्लिमहरु राजा रत्न मल्लको पालादेखि नेपालमा व्यवसाय गर्ने उद्देश्यले उपत्यकामा पहाडी मुस्लिमहरुले बसोबास गरेको पाईन्छ भने तराइका पूर्बदेखी पश्चिम जिल्ला सम्म परापूर्बकालदेखी आदिवासी जनजाति सरह बसोबास गरेको पाईन्छ ।नेपाल प्राकृतिक सुन्दरताले भरिएको संसारको अति नै बिकाशोन्मुख देश हो ।जुन भौगोलिक संरचना अनुसार तिन भाग तराई,पहाड र हिमालमा बाडिएको छ ।हाल नेपालको आर्थिक मेरूदण्ड प्रवासीहरुले रेमिटेन्स गरेको रकमबाट धाईरहेको छ । देशको आर्थिक अवस्था जर्जर रहेको छ भने राजनीतिक अवस्था अत्यन्तै तरल देखिन्छ ।नेपालमा २५० बर्ष पुरानो शाहबंशीय शासन समाप्त भई संघिय लोकतान्त्रिक गणतन्त्रको निर्माण भईसकेको तथा संबिधान लेख्ने कार्य जारि छ। अन्तरिम संबिधानमा राज्य बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक ,बहुसांस्कृतिक ,विशेषतायुक्त सार्बभौमसत्ता सम्पन्न ,धर्म निरपेक्ष ,समावेसी तथा संघिय लोकतान्त्रिक गणतन्त्र राज्य भनि उल्लेख गरिएको छ । देशमा सबैकुरा नयाँ तथा परिवर्तित भएको हामीले अनुभव गरिसकेका छौ तर नेपालि मुस्लिमको अवस्था जस्ताको त्यस्तै अर्थात २५० बर्ष पुरानो नै छ । जनजाति दलितहरुको हकहितका लागी राज्यसंचालक तर्फबाट उनीहरुको हकहित,अधिकार,धार्मिक तथा सांस्कृतिक संरक्षणको लागी साझा सवाल तथा विभिन्न किसिमको कार्यक्रम भईरहेको पाईएको छ । तर मुस्लिमहरुको लागि ईद,बकरा ईदको छुट्टीले सरकारद्वारा चित्त बुझाईदैछ ,तिमीहरुलाई दिनेकुरा दिईसके अब धेरै पाईदैन भन्ने जस्ताकार्य भईरहेको छ । खासगरी मुस्लिमहरुको अगुवाहरुले मुस्लिमहरुको अधिकारको निम्ति मौन बसेको पाईदैछ । यस अवस्थामा आम मुस्लिम नागरिकले सचेत हुनु जरूरी देखिन्छ तर आफ्ना मागहरु सरकार समक्ष पेश गर्न जरूरी देखिन्छ। के बन्द,हडताल तथा तोडफोड तथा चक्काजामले मात्र हक,अधिकार पाईन्छ ?याद रहोस नेपालि मुस्लिमहरु कहिलेपनि नेपालको अखंड़तामाथि आंच आउने खालको काम गरेको छैन न त गर्ने नै छन भन्ने कुराको बिश्वाश यस सानो लेखबाट दिलाउन चाहन्छु । अर्को कुरा नेपाल बसोबास गर्ने जुनसुकै जातजाती तथा धर्मावलम्बीलाई पाखा लगाई नयाँ संबिधान बनाईयो तथा कुनै एक जातिले बनाएको संबिधान मान्नबाट ईन्कार गर्यो भने त्यो संविधानको कुनै औचित्य रहदैन। त्यसैले सबै जातजाति लाई समेटेर नयाँ संबिधान बनाउनुपर्दछ अनिमात्र नयाँ नेपाल शान्ति तथा समृद्ध नेपाल बन्न सक्दछ । सबै जातजातिहरुको सामाजिक,आर्थिक,धार्मिक तथा सांस्कृतिक अधिकारको सुरक्षा गर्नसके मात्र नयाँ नेपालको निर्माण गर्न सकिन्छ। नेपालमा नेपालि मुस्लिमहरु पहिल्यै देखि हेपिएका ,चेपिएका छन् जुन सर्बबिदित्तै छ ।
त्यसैले नेपालि मुस्लिमहरुको आफ्नो धर्मानुसारका आफ्ना माँग हरु ति माँगहरु निम्न छन् ।
१) मुस्लिम समुदायको पहिचान संविधानको प्रस्तावना उल्लेख हुनुपर्ने ।
२) मुस्लिमहरुको हकहित तथा अधिकारको सुनिश्चितता नयाँ बन्ने संबिधानमा नै लेखिनुपर्दछ ।
३)मुस्लिमहरुको मदरसा ,मस्जिद,ईदगाह्को बोर्ड गठन गरि त्यसको सुरक्षा तथा निर्माणसम्भारको जिम्मा सरकारले लिनु पर्दछ ।
४)मदरसाबाट प्राप्त शिक्षालाई राष्ट्रिय शिक्षा सरह मान्यता प्रदान गरि सरकारी निकायमा रोजगारी दिने जिम्मा सरकारले लिनु पर्दछ ।
५)हज हाउसको निर्माण तथा हज कमिटिको गठन गरिनुपर्ने जसमा मुस्लिम धार्मिक कार्य बाहेक कुनै किसिमको राजनीतिक हस्तक्षेप हुनु नहुने।
६)सरकारी तथा गैरसरकारी निकायमा रोजगारीको व्यवस्था गा.वि.स.,जिल्ला,अंचल,क्षेत्रीय तथा राज्यस्तरमा समानरूपमा गरिनुपर्दछ।
७)मुस्लिमहरुले आफ्नो परम्परानुसार (कुरानमा उल्लेख गरिएअनुसार) कानुनी बाधा अडचन बिनाको सहज र सरल तवरले गर्न बैवाहिक कार्य गर्न पाउनुपर्दछ ।
८)मुस्लिमहरुको जनसंख्याको आधारमा सरकारी तथा गैरसरकारी स्तरमा रोजगार तथा राष्ट्रनिर्माण कार्य तथा संबैधानिक निकायमा आरक्षणको व्यवस्था हुनुपर्दछ ।
९)उच्च शिक्षा जस्तै डाक्टर,ईन्जिनियर लगायत शिक्षामा आरक्षणको व्यवस्था तथा आर्थिक सहयोग सरकारबाट हुनुपर्दछ ।
१०)मुस्लिमहरुको सामाजिक ,आर्थिक,धार्मिक तथा राजनीतिक जस्ता क्रियाकलापमा स्थायी आरक्षण हुनुपर्दछ ।
– अजिजुर रहिमान शेख
प्रथम उपाध्यक्ष
गैर आवासीय नेपाली संघ ,दोहा,कतार

खोसेस को क्षेत्रिय अधिबेसन र आगमन को बिमोचन

ईपो,मलेशिया – यहि जनवरि एक तारिखका दिन इपोको न्यू सगरमाथा रेष्टुरेन्ट को माथिल्लो तल्लामा खोटाङ्ग  सेवा समाज मलेसियाको चौथो क्षेत्रिय अधिबेसन सम्पन्न भएको छ । भेलामा प्रभु रेमिट इपोका साखा मेनेजर कृष्ण पन्थि मनोकामना इपोका ईन्दु गिरीसाहित्यकार दिल दुःखी जन्तरे र बिभिन्न संघ-संस्था बाट अन्य अतिथीहरु लगायत पत्र-पत्रिकाका प्रतिनिधीहरु सहभागी हुनु भएको थियो । कार्य तालिका अनुरुप पहिलो चरणको कार्यक्रम सम्मान पत्र प्रदान गर्ने र आगमन बिमोचन गर्ने योजना अनुसार मनि राई ुगोठालेु को प्रमुख आतिथित्यमा सम्पन्न सो भेलामा पहिलो सम्मान पत्र प्रदान गरिएको थियो । संम्रक्षक निर कुमार राईसम्रक्षक नन्दराज राईसम्रक्षक चित्र राइ र सल्लाहकारमा बबर बहादुर राई लाई प्रमुख अतिथीको हात बाट सम्मान पत्र प्रदान गरिएको थियो भने जोहोर संथापक अध्यक्ष तेज कुमार राईलाई खादा लगाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रम पछि प्रमुख अतिथी मनि राई ुगोठालेु र क्षत्रिय समिती इपोका अध्यक्ष कोमल प्रसादल भट्टराइले संयुक्त्तरुपमा आगमन बिमोचन गर्नू भएको थियो । आगमन बिमोचन पछि दोस्रो बन्द सत्रकार्यक्रमको सुरुभएको थियो । सो बन्द सत्रको कार्यक्रमले भिम बहादुर बस्नेतको अध्यक्षतामा निम्न अनुसारको नया क्षेत्रिय समिती चयन गरेको छ । उप-अध्यक्ष रबिन साम्पाङ्ग राइ सचिब हरि राइ स।सचिब सान्ती राइ कोसाध्यक्ष मनु राइ भुप बहादुर पुर्बछाने मगर रबी राइ सर्बधन राइ कर्म योगी गुरुङ्ग डिक गुरुङ्ग बिष्नु बिष्ट सदस्यहरु रहेका छन् । सल्लाहकारमा भने बबर बहादुर राइ यथास्थीतिमा रहनु भएको छ । निर कुमार राई नन्दराज राई चित्र राइ लाइ संरक्षक राखिएको छ ।

रेमिट र रेष्टुरेन्ट ब्यबसायीह्रुको फुटबल प्रतियोगिता सम्पन्न

ईपो ,मलेशिया गत ३१ तारिकका दिन नया बर्ष २०१० को अवसर पारेर इपोका रेष्टुरेन्ट ब्याबसायी र रेमिट हरु मिलेर संयुक्त्तरुपमा आयोजना गरिएको नब बर्ष २०१० शुभकामना साँझ करिब ७ः०० बजे देखि इपो पाहाङ्गमा रेष्टुरेन्ट ब्यबसायी र रेमिट्यान्स कम्पनि बिच फुटवल प्रतियोगिता बाट उदघाटन समारोह सुरु भइरहेको थियो । सो खेलमा रेष्टुरेन्ट ब्याबसायी बाट न्यु सगरमाथा रेष्टुरेन्टका सचालक नन्द राज राइले टिम कप्तानी सम्हाल्नु भएको थियो भने रेमिटयान्सबाट प्रभु रेमिटका कृष्ण पन्थिको कप्तानिमा खेलाडिहरु खेल मैदानमा उत्रिएका थिए । सो प्रतियोगितामा रेपि्रुको भुमिका भन्ने बबर राइ र निर कुमार राइले सम्हाल्नुभएको थियो । राति करिब ८:०० बजे बाट खेल सुरुभएर रातको ९:३० बजे खेल सकिएको थियो । खेल शुरुभएको १० मिनेटमा साम्पाङ्ग जेठा को सानदार ड्रकलमा चित्र राइले सोझै गोल गर्न सफल भएका थिए । ०-१ को अग्रता लिएको रेष्टुरेन्ट ब्यबसायीहरु फेरी खेलको २९सौं मिनेटमा उपेन्द्र वलि को लामो प्रहारले सिधै गोलपोष्ट भित्र बलछिरेपनि रेमिटबाट बिबाद गरेका कारण निर्णायकहरुले पनि सो गोल आबिस्कार गरेपछि ब्यबासायीहरु हापटाइम सम्म ०-१ मा नै चित्तबुझाउनु परेको थियो । रेमिटका स्टाइकर कृष्ण पन्थि ईन्दु गिरी र सुबास कार्कीको रेष्टुरेन्टका डिफेन्स खेलाडि लाई छल्न केहि सिप नलागपछिे हापताइम सम्म केहिजोर चलेन । रेमिट्यान्सको तर्फबाट ३वटा राम्रो भएतापनि गोलमा परिणत हुनसकेन । हापटाइमको सुरुवातकोखेलमा रेमिटका डिफेन्सहरुको आंखा छलि ब्यबासायीकको तर्फबाट युबराज साम्पाङ्ग जेठाले खेल सुरुभएको २मिनेटमै गोलगर्न सफलभए । उक्त्त गोल सहित २गोलले अग्रतालिएको ब्यबासायीहरु हौसिएर खेलिरहेको बेला नन्दराज राईको पासमा साम्पाङ्ग जेठाको दोस्रो प्रहार पोलमन ठोकिएर गोलको दिसा लिएको बल फेरि बिबादित भएको थियो । लामो समयको बिबाद पछि निर्णायकहरु सोगोल आबिस्कार गर्न बाध्य भएकाथिए । खेलको अबधि भर कुनै गतिलो प्रहार हन सकेन् । सहि निर्णय र उत्कृष्ट खेलखेल्न नसक्दा  रेष्टुरेन्टले रेमिटलाई २-०को अन्तरले पराजित गर्न सफल भएको थियो । राति खेल सकिएपछि  भेटघाट रेष्टुरेन्टमा लोकदोहोरी र अन्ताक्षरी गित गाएर कार्याक्रम समापन गरिएको थियो । अन्तयमा ११ः३० बजे देखि नाचगानमा उत्रिएर सबेजना १२ः००बजे पछि नब बर्ष २०१०को आगमनलाई स्वागत गरि एक आपसमा शुभकामना आदान प्रदान गरि १२ः१५बजे २००९लाई बिदाई गर्दै सबेजना बिदावारी भए

तमू समाज मलेसियाको आयोजनामा सांस्कृतिक तो लोसार सम्पन्न

विजय गुरागाईं

क्वालालम्पुर । नेपाल तमू समाज मलेसियाको आयोजनामा गत १ जनवारी क्वालालम्पुरस्थित कोताराया कम्प्लेक्समा एक सांस्कृतिक तो लोसार सम्पन्न भएको छ ।तमूहरुको नया वर्ष तो ल्होसारलाई मनाउने क्रममा मलेसियाका तमु समाजद्वारा नेपालका चर्चित लोकदोहारी गायक÷गायिका कृष्ण गुरुङ र शर्मिला गुरुङको सांगीतिक प्रस्तृति गरिएको थियो । कार्यक्रममा मलेसियामा रहेका नेपाली कलाकारहरु रेखा राई रबिन्द्र तमु श्याम लामा अमित सुनार सन्तोष लामा अगम तमु डकेन्द्र तमु अमर तमु नारायण तमु खिम बहादुर तमु लगायत दर्जनौं कलाकारहरुले गीत नृत्य प्रस्तुत गरेका थिए । साथै नेपालबाट आमन्त्रित कलाकार शर्मिला गुरुङ तथा कृष्ण गुरुङले तमू तथा नेपाली लोकदोहोरीद्वारा दर्शकहरुलाई मनोराजन दिलाएका थिए । दर्शको बाक्लो उपस्थिति रहेको थियो । साथै कार्यव्रुमका प्रमुख अतिथि महामहीम राजदूत डा। ऋषिराज अधिकारी विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेका थिए ।

कार्यव्रुमको अन्त्यमा कार्यव्रुममा उस्थिती सहभागिहरुलाई टिकट िसं नं. लाई लक्की ड्र अनुरास विजेतालाई पुरस्कार प्रदान गरेका थिए । प्रथम पुरस्कार ल्यापटप दोस्रो पुरस्कार डिजीटल क्यामेरा तेस्रो पुरस्कार मोबाइल फोन सेट प्रदान गरेका थिए । कार्यव्रुम दिउंसो १२ बजेबाट शुरु भएर ५ बजेबाट समापन गरिएको थियो । र यपतभि ुयदष्भि अयुगलष्अबतष्यल ले प्रायोजन गरिएको छ

मलेसियामा २५९४ औं तो ल्होसार भव्यताका साथ सम्पन्न

पाँचथर सम्पर्क मंच द्वारा रुपहाङको परिवारलाई सहयोग

मलेशिया,क्वालालम्पुर – माङजाबुङ ४ भाजाङज निवासी रुपहाङ शेर्माको परिवारलाई पाँचथर सम्पर्क माच मलेसियाले आर्थीक सहयोग गर्ने कुरा माचका अध्यक्ष कृष्ण आङदेम्बेद्धारा एक प्रेस विज्ञप्तीमा जनाएको छ । २३ डिसेम्बर २००९ का दिन रुपहाङ पेराक इपोस्थित कार्यरत ग्लोब कम्पनीमा सुतेको अवस्थामा मृत्यु हुन पुगेका हुन । उनको पारीवारीक आर्थीक स्थिती नाजुक भएको कारण उनको परिवारलाई आर्थीक सहयोग गर्नु पर्नेमा अध्यक्ष आङदेम्बेले जोड दिनुभएको छ । ३५ बर्षीय रुपहाङको परीवारमा श्रीमती १ छोरा ३ छारी रहेका छन् । उनी रोजगारको शिलशिलामा १३ महिना अगाडि मलेसिया आएका हुन । यहाँस्थित पाँचथर सम्पर्क माच लयागत विभन्न सामाजिक संघ-संस्थाहरु लगायत समाजसेवी व्याक्तिहरुलाई पनि सहयोगको अपिल सोही विज्ञप्ती मार्फत गर्नुभएको छ । रुपाहाङको शब गत २७ तारिख पठाई सकिएको छ ।
स्यङ्गजा समाजले भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्ने

प्रवासी नेपाली स्याङ्गजा समाज जोहोरले यहि आउँदो चाईनिज न्यू इयर को अवसर पारेर मलेसियाव्यापी खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत शनिबा स्याङ्गजा समाज जोहोरबारु देशाचेमरलङ्गस्थित रेष्टुरेन्ट पाहुना घरमा भएको बैठकले संयोजक रमेश मल्ल र गुमन गुरुङ्गलाई चयन गरिएका छ । उपस्थित भेलामा भलिबल आयोजना बारे सार्वजानिक गर्न सचिव गुमन गुरुङ्गले संघसंस्था विच सहमति र सहकार्य बढाउन विना स्वार्थ खेल जगत रोज्नु समयको पनि माग भएको जानकारी गराउँदै सोही भेलामा पत्रकार महासंघ र प्रवासी तामाङ्ग एकता समाजले गर्न लागेको साँस्कृतिक कार्यक्रम सामुहिक रुपमा सफल पार्न उपस्थित सम्पूर्णलाई अव्हवान गर्नुभएको थियो । भने भलिबल फाइनल बिजेता टिमले कार्यक्रममा निःशूल्क प्रवेश गर्न पाईने जानकारी सो भेलामा गराउनुभएको थियो । अन्त्यमा सो समितिले यहि आउँदो १० जनवरीमा संघसंस्था समिलित उपकमिटि निर्माण गर्दैछ जसले विभिन्न सहयोगको लागि आ-आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
मृतकको परिवारलाई सहयोग

जोहोरबारु÷ गएको एक महिना अगाडि सुतेको अवस्थामा मृतक हुन पुगेका रुद्रबहादुर के।सीको परिवारलाई नेपाल प्रगतीशिल श्रमिक मोर्चा ईकाई कमिटी कुलाईको पहलमा ४५ हजार चार सय तीन नेपाली रुपैया मृतककी श्रीमती कबिता के।सीको नाममा पठाईएको छ ।
८ महिना अगाडि कम्पनीको काम गर्ने सिलसिलामा मलेसिया आईपुगेका मृतक रुद्र सल्यान संखमुलका स्थानिय बासिन्द हुन् । हजारौं सपना बुनेर मलेसियाा आईपुगेका के।सीको सपना सपनामै सिमित भएको छ । एक छोराछोरी र श्रीमतीको आर्थिक अभाव र गरिवीका कारण परिवार कमजोर अवस्था रहेको कुरा बताउछन् उहाका आफन्तहरु । मृतक परिवारलाई राहत स्वरुप एनेकपा माओवादीको जनवर्गीय संगठन नेपाल प्रगतिशिल श्रमिक मोर्चा मलेसियाको पहलमा रकम संकलनगरि पठाई सकेको छ । जोहोरबारुस्थित रहेका जेसिवाई कम्पनि साथै त्यस क्षेत्रमा रहेका अन्य कम्पनिमा काम गरिरहेका नेपालीहरुबाट सहयोग रकम संकलन गरेको बताउछन् ।
मलेशिया जोहोरबारुमा २८४६ औं ताग ल्होछार र एफएनजे लाइभ कन्सर्ट २०१० कार्यक्रम उपसंयोजन समिति गठन
बिजय गुरागाँई
मलेशिया / नेपाल पत्रकार महासंघ शाखा मलेसिया र प्रवासी तामाङ एकता समाजद्धारा आयोजना तथा डिजी टेलिकमको प्रायोजनामा हुन लागेको २८४६ औं ताग ल्होछार र एफएनजे लाइभ कन्सर्ट २०१० कार्यक्रम तयारीको लागि जोहोर राज्यस्थित आइतबार उप-संयोजन समिति गठन गरिएको छ । सो भेलामा पत्रकार महासंघ शाखा मलेसियाका कोषाध्यक्ष तथा कार्यक्रम प्रचार प्रसार समितिका संयोजक रुसाहाङ चेम्जोजोङ कर्मा योजन व्यवस्थापन संयोजक पासाङ लामा स्वंसेवक संयोजक धनबहादुर खड्का सो ठाउँमा पुगेका थिए । गोरर्खाली रेष्टुरेष्टमा बसेको भेलामा पत्रकार महासंघ शाखा मलेसियाका अन्य सदस्यहरु पत्र-पत्रिकाका सम्वाददाताहरु लगायत विभिन्न संघ संस्थाका तीन दर्जन भन्दा बढि प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । विभिन्न विषयहरुमाथि तीन घण्टा लामो छलफल पश्चात सोही भेलाबाट सुमन केसी र सुजित लामाको संयोजकत्वमा ८ सदस्यीय उप-संयोजन समिति गठन गरिएको छ । जसमा प्रचार प्रसारः विकास लामा केश राना स्वमसेवक संयोजकः छवीलाल गिरी जीवन लामा बुद्ध लामा रबीलाल ताजपुरीया रहेका छन् ।नेपाल पत्रकार महासंघ शाखा मलेसिया र प्रवासी तामाङ एकता समाजको आयोजनामा हुन लागेको कार्यक्रम २८४६ औं ताग ल्होछार र एफएनजे लाइभ कन्सर्ट २०१० को बारेमा जोहोरबारु उप-संयोजन समिति गठन गर्ने क्रममा विभिन्न संस्थाका प्रतिनिधीहरु संग गरिएको छलफलमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले विभिन्न प्रतिबद्धता व्यक्त गरे ।
प्रतिबद्धता व्यक्त गर्ने क्रममा श्रमिक कलाकार मच जोहोर -अध्यक्ष रमेश मल्ल निश्चलुले चाईनिज नयाँ बर्षको लामो छुट्टीको समयलाई सदुपयोग गर्ने एउटा अवसर दिएकोमा ,कोठामा बसेर टिभीमा हेर्ने ति कलाकारहरुलाई प्रत्यक्ष भेटेर हामीलाई लाईभ कन्सर्ट हर्ने मौका दिएकोमा धन्यवाद दिदैं ” विगतमा हामीले भोगेका कुराहरु यथावत नै छन् तर समाधान हुने पक्षमा छैन ति कार्यक्रमको आयोजकहरु भागि सकेका छन् । हामीले ति कुराहरुलाई भुल्नै पर्छ तर हाम्रो आत्माले भुल्न मानि रहेको छैन । त्यसैले जति पनि कार्यक्रमहरुको आयोजना गरेर हामी माझ सहयोग माग्न आउछन् हामीलाई त्यही कुराले झस्काउछ । र म कालाकार मचको अध्यक्ष भएको नाताले कलाकारहरुले भोग्नु परेको दुःख पनि राम्ररी महशुस गरेको छु । प्रत्येक कार्यक्रमहरुमा म हाम्रो कलाकार मच पनि सहभागि हुने गरेका छौं । व्यवसायीक ढंगबाट संचालीत कार्यक्रम हो भने हामीले पनि पारिश्रमिक लिने गरेका छौं तर सामाजिक कार्यको लागि हो भने हामीले पारिश्रमिक बिना नै आफ्नो कार्यक्रमहरु प्रस्तुत गर्ने गरेका छौं । त्यसैले यस कार्यक्रमको लागि हाम्रो पूर्ण सर्मथन छ तर खड्की रहने कुरा पहिलाको कार्यक्रमहरु जस्तो कार्यक्रम सकिए पछि हामीलाई वेवास्ता नसोहोस् भन्दै वहाले आशा गरौं यो कार्यक्रम पूर्ण रुपमा सफल हुने छ त्यसको लागि सम्पूर्ण संघ-संस्थाहरुले सहयोग गरिदीन हुन पनि अनुरोध गर्नुभयो ।
त्यसैगरी प्रवासी नेपाली स्याङजा समाज क्षेत्रीय समिति जोहोरका सचिव गुरमान गुरुङले ” विगतमा जति पनि कार्यक्रमहरु भए ति सबै जुन सुकै संघ-संस्थाले आयोजना गरे पनि व्यक्ति मोटाउने कामहरु भए। म चाहान्छु अब हुने कार्यक्रमहरु त्यस्तो नहोस् हामी सहयोग गर्न तयार छौं तर हामीले सहयोग गरे वापत हाम्रो संस्थाको पनि नाम रहेस् पहिलाको कार्यक्रहरुमा पनि हामीले सक्दो सहयोग गरेका थियौं तर कार्यक्रम पश्चात पूर्ण रुपमा हामीबीच फाटो ल्याइदियो । अब हुने कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्नको लागि स्याङजा समाज जस्तो सुकै सहयोग गर्न तयार छ । तर कार्यक्रम पश्चात पुरानो कुराहरु नदोहोरीयोस् ।”
त्यसैगरी पाँचथर मलेसिया सम्पर्क मच क्षेत्रीय कमिटि जोहोर -अध्यक्ष भिष्म बास्कोटाले ” जोहार राज्यस्थित कार्यरत नेपाली श्रमिकहरुलाई पनि मनोराजन दिने हेतुले कार्यक्रमको आयोजनामा आयोजक कमिटिलाई धन्यवाद दिदैं कार्यक्रमबाट पूर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपाल आमाका सन्तालाई सहयोग पुगोस् कार्यक्रम सफल बनाउनको लागि व्यक्तिगत तवरबाट र संस्थाको तवरबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
त्यस्तै नेपाल प्रगतिशि श्रमिक मोर्चा क्षेत्रिय कमिटी जोहोर सेक्रेटरी नवराज थापा, पाल्पा सम्पर्क मच जोहोर राम चन्द्र नेपाल,महिला प्रतिनिधी सस्तीका बुढाथोकी, प्रवासी नयन सात्यि साहित्य समाज जोहोर -अध्यक्ष राज कुमार मादेनले कार्यक्रम सफलताको कामना गर्दै भरपूर सहयो गर्ने बचनबद्धता प्रकट गरे।
गैर-आवसीय नेपाली युकेद्वारा दोहोरो नागरिकताको मागपत्र प्रस्तु

– पुष्कर पटेल

लन्डन / गैरआवसीय नेपाली संघ युकेद्वारा हालै सरकारको नाम मा एउटा माग पत्र लन्डन स्थित राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको यस मागपत्रलाई हामीले तपाईहरु सामू जस्ताको त्यस्तै राखिदिएका छौ

श्री सम्माननीय अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग ज्यू

नेपालको संविधान सभा

संविधान सभाको सचिवालय काठमाडौं

नेपाल

मार्फतः महामहिम कार्यवाहक राजदूत श्री झविन्द्रप्रसाद अर्यालज्यू नेपाली दूतावास लण्डन संयुक्त अधिराज्य वेलायत

विषयः दोहोरो नागरिकताको व्यवस्था सम्बन्धमा मागपत्र

सम्माननीय अध्यक्ष महोदय

जनआन्दोलनको प्रतिफलस्वरुप प्राप्त जनप्रतिनिधिमुलक संस्था संविधानसभामा सम्माननीय अध्यक्षज्यूको अगुवाईमा नयाँ संविधान निर्माण कार्य अनवरत रुपमा अघि बढिरहेको कुराले हामीलाई खुसी तुल्याएको साथै संविधानसभामा विभिन्न विषयगत समितिहरु संबैधानिक समितिका बैठकहरुमा भईरहेको प्रगतिले निर्धारित समय तालिकाभित्र नयाँ संविधान बन्ने कुरामा हामी आशावादी बनेका छौं यसै सिलसिलामा संविधानसभाको ूमौलिक हक तथा निर्देशक सिद्धान्त समितिूद्वारा प्रस्तुत नागरिकता सम्बन्धी मस्यौदाप्रति हाम्रो गंभीर ध्यान आकर्षण भएको प्रस्तुत मस्यौदामा गैरआवसीय नेपालीहरुको दोहोरो नागरिकताको मागलाई पूणरुपमा अस्वीकार गरिएको विद्यमान नागरिकता ऐनको धारा १०।१ को विदेशी नागरिकता प्राप्त गरेमा नेपाली नागरिकता कायम नरहने प्रावधान प्रस्तावित मस्यौदामा पनि कायम रहेकोले धारा ११ एक पटकको नेपाली सधैको नेपाली भएर बाँच्न पाउने हाम्रो अधिकार कुण्ठित भएको यस्तो व्यवस्थाले विदेशमा जन्मिने हाम्रो सन्ततीले पहिचान गुमाउने निश्चित भएको

संविधानमा दोहोरो नागरिकताको व्यवस्थाले गैरआवासीय नेपालीहरुको आफ्नो मातृभुमिसंगको जिवन्त सम्बन्धलाई अविछिन्न राख्नुका साथै राष्ट्रको सर्वाङ्गिण विकासमा सहभागी बन्ने महान अवसर मिल्ने हुँदा यसबाट राष्ट्र स्वयं गैरआवासीय नेपालीहरु दुवैले प्रचूर लाभ लिन सक्ने कुरामा कसैको पनि दुईमत नभएको कुरा सम्माननीय अध्यक्षज्यू समक्ष विनम्रपुर्वक अनुरोध गर्न चाहन्छौं गैरआवासीय नेपालीहरुद्वारा आयोजित विभिन्न गोष्ठी सभा सम्मेलन समारोहहरु तथा अन्य कार्यक्रमहरुमा पनि देशको नीति निर्माणमा निर्णायक भुमिका खेल्ने राजनीतिक दलहरुका शिर्षस्थ नेतृत्वद्वारा दोहोरो नागरिकताको पक्षमा पटकपटक समर्थन व्यक्त गर्दै आएको कुरा पनि सम्माननीय अध्यक्षज्यू समक्ष स्मरण गराउन चाहन्छौं साथै नयाँ संविधानमा सुझाव संकलनको समयमा दोहोरो नागरिकताको विभिन्न पक्षको विवेचनासहित दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने कुरा गैरआवासीय नेपाली संघले आफ्नो अधिकारीक सुझावपत्रमा स्पष्ट रुपमा उल्लेख गरी सुझाव सम्मिलित गराएको कुरा पनि सम्माननीय अध्यक्षज्यूलाई स्मरण गराउन चाहन्छौं

<!–[if gte mso 9]> Normal 0 false false false MicrosoftInternetExplorer4 <![endif]–><!–[if gte mso 9]> <![endif]–> <!–[endif]–>

उपरोक्त तथ्यहरुको विपरित समितिद्वारा आफ्नो मस्यौदामा गैरआवासीय नेपालीहरुका लागि न्यूनतम अधिकार मात्र भएको परिचयपत्रको व्यवस्था गर्ने प्रस्ताव पेश गरिएको कुराले हामीलाई अत्यन्त मर्माहत

दुखिःत आक्रोशीत तुल्याएको यस मस्यौदाको संविधानले गैरआवासीय नेपालीहरुलाई आफ्नो मातृभुमिसंगको सांस्कृतिक सामाजिक भाषीक धार्मिक भावनात्मक सम्बन्धलाई पूर्णतः विच्छेद तुल्याउनुका साथै देशको आर्थिक विकासमा सहभागी बन्ने अवसरबाट पूर्णतः बन्चित गराउने कुरा निश्चित दोहोरो नागरिकताको व्यवस्थाको विरुद्दमा उठाईएका तर्कहरु जस्तैः भारत बर्मा भुटान आदि देशमा रहेका लाखौं नेपालीहरुले पनि नागरिकता माग्न सक्ने यि देशहरु पनि यो व्यवस्थामा नगएको दुवै हातमा लड्डु दिन नहुने देशको आर्थिक राजनीतिक क्षेत्रमा प्रभाव पारी देशको आन्तरिक सुरक्षामा खलल पुर् याउन सक्ने देशको राजनीतिक÷आर्थिक क्षमताले धान्न नसक्ने जस्ता आधार नभएका तर्कहरुलाई हामी पूर्ण रुपमा अस्वीकार गर्छौ परिचयपत्रको व्यवस्था खोला विनाको झोलुङ्गे पुल जस्तै बन्ने अर्को देशको नागरिकता लिने गैरआवासीय नेपालीहरुको संख्या देशले धान्नै नसक्ने नरहेको दोहोरो नागरिकताको व्यवस्था भएको देश जस्तैः संयुक्त अधिराज्य वेलायत संयुक्त राज्य अमेरिका अष्ट्रेलिया क्यानडा जस्ता देशहरुको नागरिकता िलंदा नेपाली नागरिकता त्याग्नु नपर्ने व्यवस्था रहेकोमा नेपाली नागरिकता ऐन मात्र संसोधन गरे पुग्ने दोहोरो नागरिकताको व्यवस्थामा जाँदा राष्ट्रलाई कुनै घाटा नभई चौतर्फि फाईदा नै पुग्ने वेलायत जस्तो बृटिशगोर्खा आर्मीको पृष्ठभुमि भएको देशको गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गर्नु नेपालकै सन्धिसंझौताले पनि देशलाई बाध्य पार्ने जस्ता तर्कहरु वलवान रहेको सन्दर्भमा नयाँ संविधानमा गैरआवासीय नेपालीहरुको लागि दोहोरो नागरिकताको स्पष्ट व्यवस्था गरियोस् भन्दै निम्न बमोजिमका मागहरु सम्माननीय अध्यक्षज्यू समक्ष प्रस्तुत गर्न चाहन्छौं


नयाँ संविधानमा ूगैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गरिने छू भन्ने वाक्यांश राखियोस

प्रस्तावित मस्यौदाको धारा ११ को विदेशी नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता नरहने प्रावधानको खारेजी गरियोस् यस्तो व्यवस्थाले राष्ट्रले केही गुमाउन नपर्ने हाल नेपाली नागरिकता भएका नेपालीले विदेशी नागरिकता लिएपछि पनि नेपाली नागरिकता कायम राख्न सक्ने विदेशमा जन्मने नेपाली सन्तानहरुको पहिचान नगुम्ने उनीहरुको नेपालप्रतिको भावनात्मक सम्बन्ध कायम रहने हुनाले दिर्घकालीन रुपमा राष्ट्रलाई फाईदा पुग्नेछ यस्तो व्यवस्थाले भुटान भारत बर्मा लगायतका नेपालीमूलका नागरिक जोसंग अहिले नेपाली नागरिकता कायम छैन को प्रश्न पनि आउने छैन

यस पुर्व अर्को देशको नागरिकता लिईसकेका विगतमा नेपालको नागरिकता भएको अभिलेख नेपाल सरकारसंग भएका गैरआवसीय नेपालीहरुलाई पनि दोहोरो नागरिकताको व्यवस्था गरियोस्

बृटिशगोर्खा सैनिकहरु नेपाल सरकारको व्यवस्था बमोजिम नै बृटिश सेनामा कार्यरत रहेकोले आफ्नो यस पृष्ठभुमिका गैरआवासीय नेपालीहरुले बेलायती नागरिकता िलंदा नेपाली नागरिकता समाप्त नहुने व्यवस्था गरियोस्

हाल पश्चिम मुलुकमा विदेशी नागरिकसंग विवाह गर्ने नेपाली महिलाहरुको संख्या उल्लेखित रुपमा बढ्दै गएको यस्ता आमाको सन्तानलाई आमाको नेपाली नागरिकताको आधारमा नेपाली नागरिकता दिने व्यवस्था गरियोस्

धन्यवाद

………………………

सुर्यबहादुर गुरुङ

अध्यक्ष

गैरआवासीय नेपाली संघ

संयुक्त अधिराज्य वेलायत

वोधार्थः

श्री सम्माननीय प्रधानमंत्री माधवकुमार नेपाल ज्यू प्रधानमंत्रीको सचिवालय िसंहदरवार काठमाडौं

श्री माननीय सभापति निलाम्वर आचार्य ज्यू संवैधानिक समिति नेपालको संविधान सभा समितिको कार्यालय काठमाडौं नेपाल

माननीय सभापति विन्दा पाण्डे ज्यू मौलिक हक तथा निर्देशक सिद्धान्त समिति नेपालको संविधान सभा समितिको कार्यालय काठमाडौं नेपाल

ईद मुबारक!     ईद मुबारक!!       ईद मुबारक!!!
विश्व मुस्लिम समुदायको पबित्र एवं पुनित पर्व ईद -उल – आधा को
पावन घडीमा समपूर्ण देशवासी नेपालि एवं बिदेशमा रहनु भएका
नेपालि मुस्लिम समुदाय लगायत विश्व मुस्लिम जगत एवं नेपालि
समुदायमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ.
“आमिन”
मकसूद आलम
अध्यक्ष
प्रवासी नेपाली मुस्लिम समाज ,दोहा, कतार

* किरात राई ययोक्खाशाखा कतारको तेस्रो अधिवेशन संपन्न

kiran2

राई रमेश गाउँले

जाती,भाष,क्षेत्र संघियताको आधार,किरात स्वायत्त राज्य हाम्रो अधिकार भन्ने नाराका साथ किरात राई यायोक्खा शाखा कतारले आफनो तेस्रो साधारण सभा संपन्न गरेको छ । उक्त सभाले चन्द्रशेर राईको अध्यक्षतामा सत्र सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको छ । जस्को उपाध्यक्षद्धय दिनेश चाम्लिङ्ग राई र ओमीराज राई,सचिव धिरज राई,सहसचवि भविन्द्र राई,कोषाध्यक्ष दिपेन्द्र राई,सहकोषाध्यक्ष अष्ट जेरुङ्ग राई सदस्यहरुमा लालकुमार राई,दीपक राई,भरत कुमार वाम्वुले राई,मुगाधन राई,श्रीकुमार राई,सन्तोष वाम्वुले राई,सईन्द्र राई,कईन्द्र राई,राजेन्द्र राई,कर्ण व.राई “माईला” रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई किराया शाखा कतारका संस्थापक सदस्य ईन्द्र राईले पद तथा गोपनियताको सफथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम ढाका रेष्टुरेण्ट नेशनलमा संपन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रको संचालन शाखाका सचिव राई रमेश गाउँले,सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई र स्वागत मन्तव्य शाखाका उपाध्यक्ष जनक वाम्वुले राईले गर्नुभएको सो कार्यक्रमका प्रमुख आतिथ्य नेपाल प्रवासी आदिवासी जनजाती माहासंघ कतारका अध्यक्ष अमृत गुरुङ्ग,विषेश अतिथिद्धयमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष सागर नेपाल,नवनिर्वाचित मध्येपूर्व संयोजक वद्री प्रसाद पाण्डे,अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा कतार प्रतिनिधी प्रज्ञान उदास, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कतारमा माहासचिव वील गुरुङ्ग,समाजसेवी तथा उद्योग व्यावशायी टि.वि. कार्की,समाजसेवी लक्षमण खतिवडा,प्रवासी नेपाली संपर्क मञ्चका कार्यवाहक अध्यक्ष छविलाल वि.क.,जन प्रगतिशिल मञ्चका सचिव दील कुमार लिम्वु,नेपाल प्रवासी तामाङ्ग समाजका कार्यवाहक अध्यक्ष शंखलाल तामाङ्ग,नेपाल प्रवासी मगर संघका नि वर्तमान अध्यक्ष छत्र घले,किरात याक्थुङ्ग चुम्लुङ्ग शाखा कतारका द्धितिय उपाध्यक्ष लोकेन्द्र तुम्रोक,थारु कल्याणकारी सभा कतार च्याप्टरका सभापति ई.विद्यानन्द चौधरी,तमु वौद्ध सेवा समिति शाखा कतार उपाध्यक्ष लक्ष्मी गुरुङ्ग,उदयपुर प्रवासी सेवा समाजका अध्यक्ष राम सुयल,उपाध्यक्ष गजेन्द्र दाहाल,खोटाङ्ग युवा जागृति सेवा समाज कतारका अध्यक्ष राम गुरुङ्ग,सचिव हरिकुमार वस्नेत,नवोदित साहित्य वाचनालयका अध्यक्ष भोजराज श्रेष्ठ,सुनसरी सृजनसिहल समुहका कोषाध्यक्ष नरेश राई,खोटाङ्ग हलेसी वचत तथा ऋण समुहका उपाध्यक्ष सम्वर व. राई,भोजपुर सेवा समाजका सचिव राजेन्द्र राई लगायतका माहानुभावहरुको उपस्थितीरहेको थियो ।

kirat1

कार्यक्रमका प्रमुख अतिथिद्धारा मैन वत्ति वालेर र विषेशअतिथिद्धय द्धारा व्यानर खोलेर उद्घाटन गरीएको उक्त कार्यक्रममा शहिदहरु प्रति एक मिनेट मौन धारण,राष्ट्रियगानका साथ सुरु गरीएको सो कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय कार्यालयवाट अध्यक्ष सुमाया राईको हस्ताक्षर सहति प्राप्त भएको शुभकामना पत्र पनि पढेर सुनाईएको थियो । कार्यक्रममा वोल्दै सो कार्यक्रमको प्रमुखअतिथि अमृत गुरुङ्गले हामी जनजातीलाई सरकारले नै पछि पारेको हो । यदी त्यसो हैन भने किन अहिले सवै क्षेत्रमा आरक्षण गर्नुप–यो । सरकारले जनजातीका धर्म,भाषा,संस्कृति,भेष भुषालाई गहना भने पनि केही त्यसको संरक्षण र संवर्धनमा केही नगरेको वतउनुभयो । हामीले जनजातीले आफ्नो हक र अधिकार माग्दा अरु साथीहरुले अत्तालिनु पर्ने अवस्था नरहेको र नडराउन अनुरोध गर्दै हामी जनजाती आफ्नो अधिकार मात्र कुरा गर्दैनौ हामीलाई हाम्रो कर्तव्य पनि थाहा छ भन्नुभयो । अहिले संविधान सभामा पनि सवै पार्टीका जनजाती सभासदहरुको एउटा समुह वनाएर जनजातीको कुराहरुलाई आगामी संविधानमा सामेल गर्नलाई लागी परीरहेका छन् । उनीहरुसम्म हामीले सुझावहरु पु–याउनु हाम्रो कर्तव्य भएकोले हामीले आफ्नो आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने वताउँदै किराया शाखाको अघिल्लो कार्यसमितिको जनजाती आन्दोलनमा पु–याएको योगदानको चर्चा गर्दै आगामी वन्ने कार्यसमिति अझ दर्विलो वनोस भन्ने शुभकामना दिनुभयो । यसै गरी सोही अवसरमा वोल्दै एन.आर.एन.ए.आई.सि.सि.का नवनिर्वाचित उपाध्यक्ष सागर नेपालले आफ्नो सफलताको श्रेय कतारवासी माहानुभावहरु माझ दिन चाहन्छु भन्दै मैले गलत गरे भने तपाईहरुले नै मलाई सजाएको भागी वनाउन सक्नुहुन्छ भन्दै यस शाखाको अधिवेशनवाट वन्ने नयाँ समितिको कार्यसफलताको कामना गर्नुभयो । सोही अवसरमा वोल्दै नव निर्वाचित मध्येपूर्व संयोजक वद्री प्रसाद पाण्डेले चुनावी माहोलमा जे भए पनि अव काम सवैले सँगै मिलेर गर्नु पर्ने भएकोले चुनाव अघि र चुनावी प्रक्रियामा भएका सम्पूर्ण कुराहरुलाई भुलेर सहकार्य गर्नको लागी आव्हान गर्नुभयो । शुभकामना मन्तत्वय दिने क्रममा उद्योग व्याशायी तथा समाजसेवी टि.वि. कार्कीले कोषाध्यक्ष पदमा चुनाव आफुले हारे पनि दुई दिनको अन्तरमा उम्मेदारी दिएर पनि झिनो मतको अन्तरले मात्र पराजय भएको जानकारी गराउँदै म कुनै पदमा नरहे पनि कतारका संगठनहरु सँग सदैव रही रहने जानकारी दिनुभएको थियो । सो अवसरमा समाजसेवी लक्ष्मण खतिवडा,राम गुरुङ्ग,लक्ष्मी गुरुङ्ग,छत्र घले,ई.विद्यानन्द चौधरी,लोकेन्द्र तुम्रोक,शंखलाल तामाङ्ग,भोजराज श्रेष्ठ आदिले पनि वोल्नुभएको थियो । कार्यक्रममा भरत राई,महेश राई,दीपेन्द्र राई,सन्त राई,दीपक राई,प्रवेशराई मिलन राईको समुहले साकेला नृत्य प्रस्तुत गरेका थिए भने सविन राई,राज राईले गीत,प्रविन राईले कविता र अष्ट जेरुङ्ग राईले गजल प्रस्तुत गरेका थिए ।

3 Responses

  1. good

  2. it is really nice to read news of terai.
    by this only terai will progress.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: