• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बिचार


समिक्षा : नयाँ बर्ष कन्सर्ट २०१० मलेशिया
बिजय गुरागाँई / भिम पौडेल
भनिन्छ कला सँस्कृति देशको गहना हो यस धर्तिमा जब मानिस जन्मन्छत्यो त्यहि समाज र बस्तीको वातावरणमा कला सँस्कृतिमा सरिक हुन पुग्दछ । अनि त्यो सँसार नै उसको लागी प्यारो हुन्छ । त्यतिले मात्र पनि उस्लाई पुग्दैन अनि उ आफ्नो भबिश्यको सुन्दर परिकल्पना गर्दै आजको यो आधुनिक परिबेशमा रमाउनका लागी सधै भरि घर र आफ्नो परिबार अनि लोक सँस्कृतिको बजार बाट धेरै टाढा टाढा पनि पुग्न सक्छ । आफ्नो आर्थिक आबश्यक्ता परिपुर्ति गर्न परदेशिन बाध्य हुनु पर्ने क्र्रममा आज यहि सिको गर्दै कयौ अभाबका खाताहरुको पहाडबोकेर नेपाली जनमानस बिदेशिने क्रममा खाडी लगायत यो मलेसिया र समग्रमा बिदेशका कुना कुना र गल्लिमा मालिक सँग मजदुरिका अतुलनिय पसिना बगाउन बाध्य छन् ।
यस्ता समस्याका बिच पनि आफ्नो नेपाली परिबेशको सुन्दर वातावरण र त्यसको झल्को निभाउने यस्ता लाईभ कन्सर्टहरु प्रति दर्शकहरुको अथाह भीड बिच त्यसकै निरन्तरता भित्र मलेसियामा १४ाभद जोहोर र १५र१६ ाभद क्वाललम्पुरमा भएका भिन्न स्थान र भिन्न तरिकाका कार्यक्रमहरु पनि दर्शकहरुको अपार सहभागिताबाट सम्पन्न भईसकेको छ । बेला बेलामा प्रबासमा हुने गरेका लाईभ कन्सर्टहरु कति सफलता र कति असफलताबीच सम्पन्न भए भन्नुभन्दा पनि आयोजक पक्षले गरेका आयोजना पक्षहरु र त्यस भित्रका आर्थिक पारदर्शिता र आर्थिक आयको सदुपयोग या दुरुपयोगकलाकारका केहि उत्तेजक शब्दहरुप्रतिभा पस्कनमा गरिने कन्जुस्याई आदि मुख्य बिषयमा जनमानसहरु केन्द्रित हुने गरेका छन् । नेपाल पत्रकार महासंघ शाखा मलेसिया र प्रबासी तामाङ एकता समाज मलेसियाद्धारा आयोजित तथा डिजी टेलिकम्युनिकेशन प्रमुख प्रायोजितबिशेष सहयोगी मनकामना मनि ट्रान्सफरसहयोगी एनआरएनयहाँ स्थित नेपालि ब्याबसाईक पक्षहरुको सुझाब सल्लाह र परामर्शका साथमा नेपाली राजदुतावासको सँरक्षकत्व रहेको थियो ।
कार्यक्रममा  अत्याधिक जनसहभागिता भएपनि उपस्थित सयौंको सँख्यामा दर्शकहरु भोली पनि त्यहि टिकटमा कार्यक्रम हेर्न पाउनुपर्नै आफ्नो अडानलाई आयोजक पक्षको समेत सहमति भए पश्चात फिर्केका थिए भने हलको क्षमता भन्दा १०००को सँख्यामा अधिक मान्छेलाई घोचा घोच हरने गरि हलमा प्रबेश दिईएको थियो । केहि असँयमित हुल द्धारा होहल्ला र तनाब बेहोर्न पनि आयोजक बाध्य हुनुपरेको थियो । कार्यक्रमको मन्चमा शान्तिका दुत गौतम बुद्धको फोटोमा दिप बलिरहेको तर नेपालको झण्डा भने नरहेकोमा जनगुनासो पनि ब्यापक सुन्न पाईएको थियो । फितलो साउण्ड सिष्टम प्रति स्वंम कलाकार तथा दर्शकले समेत जनगुनासो गरेका थिए । कार्याक्रमको क्रममा नेपाली दुतावासका प्रतिनिधी दुत  सुर्यनाथ भण्डारीले दुतावासको तर्फ बाट शुभकामना ब्यक्त्त गर्दै नेपाली कलाकार र दर्शक अनि आयोजक पक्षलाई बधाई दिनुभएको थियो।
कार्यक्रममा राजेश हमालअरुणिमा लम्सालको जोडी र दर्शक पुनम लामा र राजेश हमालको जोडीले क्रमशः वाँझो खेतमा छडके सलाम छ………र रातो टिका निधारमा टलक्क टल्कियो……।भन्ने गीतमा नृत्य गरेका थिए भने दर्शक हरुको बिबाह सम्बन्धी प्रश्नको प्रतिउत्तरमा हमालले केटिनै नपाएको गुनासो गर्दै  दर्शकलाई टार्न खोजे । निष्ठुरीले छोडेर गैहालि……मोहनि लाग्लाहै…।नौजाले मायाले…।जस्ता आकर्शक गीतको सौगातले दर्शकमाझ पि्रय बन्न राजेश पायल राई त_िम्सएका थिए भने उनको त्यो प्रस्तुतिको भब्य गडगडाहट तालीले उनलाई दर्शकहरु बाट उत्साह थपिएको थियो । योगिता मोक्तानको हेरन च्याङवाले के भन्छ…मेरो माया समुन्द्र पारी…।जस्ता राम्रा गितहरु प्रस्तुत भयो भने गोपाल नेपाल ले िसंहदरवारमा बस ठ्याक्कै रोकीयो…।साझा बसमा जो पनि चढछन्…जस्ता गितमा हास्य प्रदर्शन नृत्य र गोपाल नेपालअम्शु महर्जन ले दर्शक माझ रनक ल्याउने खाल्का हस्यौलि प्रहसन हरु गर्नु भएको थियो । राजु परियार र पार्बति जी।सीको सँयुक्त्त गित लालुपाते निहुरियो भुईतिर किलाउ माया मै तिर…।भन्ने गीत सँगीत कोशेलिले अन्ततः दर्शकमाझ बिदाईको रौनक ल्याएको थियो भने कार्यक्रमका बिच बिचमा स्थानिय नेपालि श्रमिक हरुको प्रश्तुतितामाङ्ग सँस्कृति झल्को झल्किने कार्यक्रम प्रस्तुत भएको थियो । गायक चन्द्र दोङ्गईन्दिरा लामाअँशु महर्जन लगायतको प्रश्तुत प्रतिभामा राजन घिमीरेको सँाचालन पक्ष सकारात्मक नै देखिन्थ्यो । १४ तारिक जोहोरवारुमा ८००० र १५१६ तारिक के।एलमा भएको कार्यक्रममा लगभग दुईदिन गरेर ८५०० दर्शकको सहभागिता भएपनि  हलको क्षमता टिकट बितरणको तुलनामा अत्याधिक सानो थियो ।
१८ तारिक बिहान पत्रकार महासंघ तथा तामाङ एकता समाज मलेसियाले संयुक्त्त रुपमा कलाकारहरुलाई एयरपोर्ट बाट अन्तिम बिदाई गरेको थियो भने उक्त्त कार्यक्रम बाट उठेको रकम मध्ये बाट केहि रकम नेपाली दुतावास मार्फत मलेसियामा जेल जिवन बिताइरहेका नेपालि श्रमिकलाई नेपाल जानको लागी टिकटको ब्यबस्था र केहि रकम पत्रकार हित सम्रक्षण कोषमा जम्मा गरिनेछ । आज सम्म मलेसियामा भएका बिभिन्न कार्यक्रम हरु को दाजोमा सफल कार्यक्रमको श्रेणिमा लिन सकिन्छ।
भौगोलिक पहिचान खोजेको हौ

जयप्रकाश गुप्ता
प्रदेश रचना र चरित्रका सन्दर्भमा पहिलेदेखि अन्य दलसँग मतभिन्नता थियो । जातीय आधारमा प्रदेश निर्माण गरिनु हँुदैन् भन्ने हाम्रो मान्यता हो । जनसंख्याको बसाइँ-सराइले गर्दा कुनै पनि क्षेत्रमा एउटै समुदाय वा जातिको निरपेक्ष बहुलता छैन । यस्तो अवस्थामा प्रदेशको रचनाको आधार जातीयतालाई बनाउने हो भने कुनै पनि जातको बहुमत नपुग्ने अवस्थामा राजनीतिक क्रियायकलाप सञ्चालनमा गम्भीर अवरोध उत्पन्न हुने सम्भावना रहन्छ । यस्तै कारणले विग्रह र जातीय द्वन्द्व भएका संसारभर उदाहरण छन् । हाम्रो मुलुकमा चाहेर/नचाहेर जातीय आकांक्षा बढाइएको र बढेको पनि छ । त्यसलाई इन्कार गर्न सकिँदैन । तसर्थ हामीले सकेसम्म माथिल्लो र तल्लो दुवै भागमा भौगोलिक आधारमा प्रदेशको निर्माण हुनुपर्छ भनेका थियौं । यदि भौगोलिक आधारमा पहाडी भेगमा प्रदेश बन्न सक्दैन भने बहुसंख्यकजस्तो देखिएको दुई वा तीनवटासम्म समुदायलाई मिलाएर संयुक्त प्रान्तहरूको गठन गर्न सकिन्थ्यो र त्यो सामथ्र्य, जनसंख्याको दृष्टिकोणले बढी सम्भाव्यतायुक्त र व्यावहारिक हुन्थ्यो ।

तर माथिल्लो क्षेत्रमा पहिचानमात्र आधार बनाइयो, जसले प्रदेश अत्यन्त असन्तुलित हुनपुगे । अत्यन्तै विकट हिमाली क्षेत्रमा २५-३० हजार जनसंख्या भएको प्रदेश बन्न पुग्यो । जहाँ पूर्व-पश्चिम राजमार्गबाट पुग्नमात्रै ७-८ दिन लाग्छ । जहाँ १५-२० लाख जनसंख्या छ र त्यहाँको लागि तोकिएको सदरमुकाम सडक यातायाबाट पनि दुई सय, अढाई सय किलोमिटरको यात्रामा पुगिन्छ । मधेसवादी बाहेकका पार्टीको दृष्टिकोण जसरी भए पनि मधेसलाई टुक्र्याउने खालको रह्यो । मधेसलाई टुक्र्याउनमा भाषा, समुदाय र क्षेत्रलाई आधार बनाइयो । पहाड र मधेसमा समान आधार नअपनाउँदा विसंगतिपूर्ण रूपमा प्रदेशहरूका प्रस्ताव आए । यसले मधेसको सन्दर्भमा दुई-दुईवटा मधेस आन्दोलन र राज्यले गरेको सम्झौता गम्भीर उल्लंघन भएको छ ।प्रदेशको नामकरणको सवाल पनि ठीक भएन । मधेसको आकांक्षा भाषिक र अमूक जातिको पहिचानका लागि होइन ।

मधेसले खोजेको भौगोलिक पहिचान हो । मधेसमा बोलिने मैथिली, भोजपुरी, अवधी, मगधी बज्जिका र थारु भाषा पनि भाषिक दृष्टिकोणले ‘भारोपेली’ समुदायका भाषिका र भाषा हुन् । एउटै जातिले विभिन्न ठाउँमा फरक भाषा बोल्छन् । जस्त्ाो- सप्तरीका यादव, मुसलमानले मैथिली बोल्छन् भने वीरगन्जमा भोजपुरी र नेपालगन्जमा अवधी बोलिरहेका हुन्छन् । कैलालीका थारु ‘राना थारु’ बोल्छन् भने मोरङ-सुनसरीमा अर्को भाषा छ । त्यसैले भाषाको आधारमा प्रदेशको पहिचान खोज्ने हो भने मधेसमा जिल्लाजस्तो प्रदेशहरू बन्न पुग्छन् ।मधेसले खोजेको भौगोलिक पहिचान हो । पूर्वदेखि पश्चिमसम्मको क्षेत्र जसलाई तराई भनिन्छ, जुन सांस्कृतिक र परम्परागत रूपमा त्यसले मान्यता पाउनुपर्छ । अर्को प्रतिनिधित्वको सवाल पनि छ । अतीतमा २ सय ५ निर्वाचन क्षेत्र भएका बेला मधेसका २० जिल्लामा ८८ निर्वाचन क्षेत्र थिए ।

कुल  नेपालको ४० प्रतिशत जनसंख्याको बसोबास छ । मधेसको कुल जनसंख्याको कुल ६० प्रतिशत मधेसी छन् । तर ०४८ देखि  ५६ सम्मका निर्वाचनमा १९ देखि २० प्रतिशतभन्दा बढी उनीहरूको कहिल्यै प्रतिनिधित्व भएन । तसर्थ पूरै मधेसलाई एउटा प्रादेशिक मान्यता दिइयो भनेमात्र यसले राष्ट्रिय विधायिकामा मधेसीको प्रतिनिधित्वलाई सुनिश्चित गर्छ । पूर्वमा कोचिला प्रदेश बनाइँदा ९२ प्रतिशत पर्वते ८ प्रतिशत कोच समुदाय हुन्छ । त्यसैले त्यहाँ कोच समुदायको स्वशासन हुँदैन । त्यस्तै पश्चिममा थारुवान प्रदेश बनाउँदा उनीहरूको स्वाशासन हुन सक्दैन । कञ्चनपुर, बाँके, बर्दिया र दाङलाई मात्र आधार मान्ने हो भने त्यहाँ ७० प्रतिशत पर्वते समुदाय र ३० प्रतिशत थारु छन् । यस्तो अवस्थामा कुनै पनि शासन व्यवस्थाले थारुलाई स्वशासन दिन सक्दैन । नवलपरासीदेखि कञ्चनपुरसम्मलाई थारुवान मान्ने हो भने त्यसको नामचाहिँ रहन सक्छ, तर थारुहरूको स्वशासन कायम हुन सक्दैन ।  त्यो भेगमा ३० प्रतिशत मधेसी, २० प्रतिशत थारु र अन्य पर्वते समुदाय छन् ।

मधेसलाई भाषिक लगायतका आधारमा टुक्र्याउँदा क्षेत्रीय पहिचान, समुचित प्रतिनिधित्व र स्वाशासनको आधार गुम्छ ।चितवनलाई मधेसको भौगोलिक निरन्तरता, जनसंख्याको बसोबास प्राकृतिक सम्पदाको दृष्टिले अलग गर्न मिल्दैनथ्यो । त्यहाँ थारु समुदायको उल्लेखनीय जनसंख्या छ । प्राकृतिक सम्पदाको दृष्टिले पर्सा वन्यजन्तु आरक्षण, चितवन वन्यजन्तु आरक्षण जोडिएको छ । यो मधेसको परम्परागत क्षेत्र हो । यसलाई काट्ने काम बद्नियतपूर्ण छ । सीमा जोडिएका दुईवटा प्रदेशहरू आपसमा मिल्न चाहेमा प्ा्रादेशिक व्यवस्थापिकाले पास गरेपछि मिल्न सक्छन् । मधेसको सन्दर्भमा भविष्यमा पनि कुनै हालतमा एकाकार हुन नदिन चितवनमा ‘बफर स्टेट’ खडा गरियो ।राजनीतिक अग्राधिकारको सवाल पनि उठेको छ । हामीले यसको पहिलेदेखि विरोध गर्दै आएका हौं । राजनीतिक अग्राधिकार जनजातिलाई मात्र दिने भनिएको छ ।

यसर्थमा जनजातिको लागि बनेको प्रदेशमा मात्र अग्राधिकार हुने भयो । मुलुकभरका सबै पिछडिएका उत्पीडितले समान रूपमा यसको लाभ पाउँदैनन् । यदि बहुसंख्यक जनताको बसोबास छ र उत्पीडित छन् भने अग्राधिकार पाउनु स्वाभाविक हुन्छ । अब १५/२० प्रतिशत जनसंख्या भएको समुदायले दुई कार्यकाल अग्राधिकार पाउनु भनेको एक/दुइटा पुस्ता राजनीतिक अवसरबाट वञ्चित हुनु हो  । यसले विग्रह उत्पन्न गर्छ र राजनीतिमा समान अवसर पाउने सार्वभौम मान्यताको खिलाफ हुन्छ । (- कान्तिपुर बाट)

नेपाली सैनिक सेवा राष्ट्रिय सर्वोच्चता र संविधान
विजयप्रसाद गुरागाईं
नेपालको राष्ट्रिय सुरक्षा नीतिभित्रको रक्षा नीतिको मर्म र मूल उद्देश्य भनेको सम्भावित वाह्य खतराबाट देशको अस्तित्वलाई जोगाउनु हो । अन्तराष्ट्रिय क्षेत्रबाट हाम्रो देशको उद्धार हुन नसकेको खण्डमा राष्ट्रिय अस्तित्व जोगाउन सेनालगायत सबै सुरक्षा निकाय र सम्पूण नागरिकलाई वाह्य दुश्मनविरुद्ध लड्न मुक्ति युद्ध सुरु गर्ने र उद्देश्यअनुसार अनन्तकालसम्म लडाइँ गर्ने नै हो । अहिले हाम्रो मुलुकको सुरक्षासम्बन्धी आवश्यकता र वास्तविकतालाई न सम्बोधन गर्न सक्छ न त यो व्यवहारिक नै हुन्छ । रक्षा नीतिको मूल उद्देश्य भनेको देशमा आन्तरिक संकट पर्दा धनजनको रक्षा गरी स्थितिलाई नियन्त्रणमा ल्याउन राष्ट्रिय अस्तित्व जोगाउन अन्तिम शक्तिका रुपमा सेना परिचालन गरी सुरक्षा प्रदान गर्नु हो । आन्तरिक संकटको सामना गर्न सक्ने आवश्यक सैनिक क्षमताको विकास र परिचालन योजनाबाट मात्रै आन्तरिक खतराको सामना गर्न सकिन्छ । नेपालको राजनीतिक विशिष्टता सामाजिक आर्थिक वास्तविकता तथा मनोवैज्ञानिक धरातल र हित रक्षाका लागि व्यवहारिक रक्षा नीतिका आधारमा समावेशी चरित्रसहितको निजामति सर्वोच्चतामा रहने राष्ट्रिय सेना बनाउनु आजको आवश्यकता हो ।
तर विभिन्न राजनीतिक पार्टीहरुले कुसर्ीको प्रलोभनमा नेपालको एकमात्र विश्वसनीय नेपाली सेनामाथि गरेको कार्य के नागरिक सर्वोच्चता हो त  जनताले आफ्नो अमूल्य मोट दिई चुनेर पठाएको सरकार भएपछि त्यसले नियम कानुन नहेरी जे पनि गर्न पाउँछ भन्ने अभिव्यक्ति लगातार देखिआइरहेको छ । त्यो नागरिक सर्वोच्चताको बारेमा वास्तविक बुझाइको कमी बुझ पचाइ हो । विधिरहित नागरिक सर्वोच्चता र सैनिक तानाशाहीमा तात्वीक अन्तर हुँदैन । वर्तमान नेपालमा समग्र मुलुकको शासन प्रकि्रयाको स्वरुप नै नागरिक सर्वोच्चताले निर्देशित हुनुपर्छ भने झैँ गरी यसको मूल स्रोत न्यायिक सर्वोच्चतालाई ओझेलमा पार्ने कसरत अपच कुरा हो । विधि कानुनलाई नाघेर नागरिक सर्वोच्चतामा अभ्यास गर्ने धेरै निर्वाचित नाताशाहरुलाई विश्व इतिहासले देखे भोगेको छ ।
अहिले माओवादीले अगाडि सारेको सत्ता साचालनको मामिलामा कसको सर्वोच्चता अगाडि भन्ने वहस निम्त्याउने एकमात्र बाटो बलमिच्याइँ नभएर तत्कालिन माओवादी सरकारको निर्णय र उसको प्रतिकि्रयास्वरुप राष्ट्रपतिले चालेको कदमको पनि विधि सापेक्षताको परिणममात्रै हुन सक्छ । जबसम्म न्यायिक सर्वोच्चताको व्यवस्था अंगालिन्छ त्यसको टुंगो लगाउने जिम्मा न्यायलयको हो । उसको व्याख्यालाई सबैले मान्नु नै पर्ने हुन्छ । न्यायलयको निर्णय मान्नुपर्ने एउटा क्रमिक प्रकि्रयाको रुपमा चल्दै आएको छ । तर यदि न्यायलयले पनि गरेका कतिपय निर्णय वा फैसलाहरु त्यस्ता हुँदै आइरहेका छन् जुन जनताको चाहना र भावनाविपरित समेत हुने गरेको उदाहरणहरु पनि हाम्रा सामु छर्लङ्ग भएका छन् । यसर्थ नागरिक सर्वोच्चता वा नागरिक अधिकारका कुरा सत्ता साचालक वा न्यायलयले समेत सचेत भएर प्रतिप्रश्न नआउने खालका निर्णय तथा कदमहरुलाई निरन्तरता दिने प्रथाको थालिनी गर्नु पनि आजको नयाँ संरचनामा आधारित राज्यव्यवस्थाको जिम्मेवारी हुन आउँछ ।
त्यसैले यिनै संवैधानिक सर्वोच्चताका आधारमा सबै बाधा अड्चन फुकाउने व्यवस्था संविधान आफैँले गरेको हुन्छ । संविधानको मौलिक हकलाई हामी सबैभन्दा सर्वोच्च अन्तरवस्तुको रुपमा लिन्छौँ । मौलिक हक भन्नाले मानिसले जीवनयापनका लागि जन्मदेखि पाउने आधारभूत  हकअधिकार हो । मौलिक हक नागरिकको जन्मसिद्धि अधिकार हो । मौलिक हकलाई संविधानमा स्पष्ट उल्लेख गरिनुपर्छ । मौलिक हकमा नागरिकको स्वतन्त्रता समानता रोजगारी धर्म न्याय शिक्षा सामाजिक सुरक्षा सूचना व्यक्ति जाति वर्ग समुदाय थिचोमिचो भेदवाभ निःशुल्क शिक्षा छुवाछुत जातीय भेदभाव साथै महिला बालबालिका अपाङ्ग अल्पसंख्याक वृद्ध-वृद्धा आदि सबैलाई समान हैसियतमा समेट्ने किसिमले संविधानमा मौलिक हकको व्यवस्था हुनुपर्छ ।
संविधानमा मौलिक हकको व्यवस्था गर्नु अघि यसका तीन अवधारणा बुझ्न जरुरी छ । पहिलो सामान्य कानुनका अघि सबै नागरिक समान संरक्षण भन्ने बुझिन्छ । समाजमा विभेद छ भने पछाडि परेको वर्ग नागरिक माथि ल्याउन खास काम गर्नुपर्ने हुन्छ । राज्यको साधन स्रोत परिचालन गर्नुपर्ने हुँदा दावी गरिने अधिकारका रुपमा लिइन्छन् । यो स्वतन्त्रताको अधिकार पनि हो । स्वतन्त्रताको अधिकारलाई सम्मानमात्र गरिदिए पुग्छ । दोस्रो सकारात्मक र नकारात्मक मौलिक अधिकार हुन् । सामान्यतयः जुन अधिकार उपभोगमा राज्यको सहभागिता हुन्छ त्यसलाई सकारात्मक मौलिक अधिकार भनिन्छ । नकारात्मक अधिकार जुन अधिकार उपभोगमा राज्यको सहभागिता आवश्यक पर्दैन ती अधिकारहरुमाथि समान रुपमा उल्लेख गरिएको हुँदैन । जसमा राज्यबाट  केही गर्ने अधिकार परिधीय रुपमा सीमित गरिदिएको हुन्छ । तेस्रो यसका व्यक्तिगत वा सामुहिक भन्ने बुझिन्छ । साधारणतयः व्यक्ति वा नागरिकका कारण उपभोग गर्ने अधिकार व्यक्तिगत प्रकृतिका अधिकार हुन् । सामुहिक रुपमा उपभोग गर्नु जस्तै शान्ति विकास लगायतका अधिकारहरु सामुहिक अन्तर्गत पर्दछन् । विकास शिक्षा र स्वास्थ्य पहिचानको अधिकारलाई सामुहिक अधिकारमा लिइन्छ । अब बन्ने नयाँ संविधानमा यी सबैप्रकारका अधिकार राखिनुपर्दछ ।
जनताका प्रतिनिधिद्वारा निर्माण हुने भावी संविधान सम्पूर्ण नेपालीले मेरो संविधान भनेर गर्व गर्नसक्ने खालको हुनुपर्छ । ६०१ जनको संविधानसभा सरकार बनाउने;गिराउने तल्लोस्तरको खेलका लागि मात्र होइन । व्यवस्थापिका संसदका सभासदहरुले बुझ्नु जरुरी छ । नेपाली जनताले गणतन्त्र आएपछि जनस्तर उठाउने खालका नीति नियम कार्यक्रम खोजेका छन् । सबैभन्दा पहिला आफ्नो संविधान खोजेका छन् । जनतामा आशंका उठ्न थालिसकेको छ कतै जनताले बगाएको रगत पसिना खेर जाने त होइन  देशको राजनीतिक खिचातानीले समग्र देश संविधान विहिन अन्धकार त हुँदैन  नेपाली जनताका सारा सपना त्यसै सबै तुहिएर जाने त होइन  चाहे त्यो नागरिक सर्वोच्चताको नाममा सरकारको तर्फबाट भएका एकतर्फी निर्णयहरु हुन् अथवा सरकार ढाल्ने र पुनर्गठन गर्ने नाममा देखिएको दलहरुका सकि्रयता हुन् । यी सबै घटनाक्रमले नेपालको वर्तमान अवस्था गणतान्त्रिक मूल्य र मान्यताको अनुशरण होइन कि त्यसको उपहास भइरहेको छ । यहाँ यस्ता प्रकि्रयाहरुले न त नगरिक सर्वोच्चताको विषयले पूर्णता पाउने छ न त नयाँ संविधान लेखनको कार्यलाई निष्कर्षमा पुर् याउन सक्नेछ । यसर्थ दलीय स्वार्थ र राजनीतिक मुद्दाभन्दा माथि रहेर जनताको आधारभूत मुद्दालाई प्रधानता दिनु आजको आवश्यकता हो ।


नेपाली मुस्लिमहरुको अवस्था तथा संघिय लोकतान्त्रिक गणतन्त्र

नेपालका मुस्लिमहरु राजा रत्न मल्लको पालादेखि नेपालमा व्यवसाय गर्ने उद्देश्यले उपत्यकामा पहाडी मुस्लिमहरुले बसोबास गरेको पाईन्छ भने तराइका पूर्बदेखी पश्चिम जिल्ला सम्म परापूर्बकालदेखी आदिवासी जनजाति सरह बसोबास गरेको पाईन्छ ।नेपाल प्राकृतिक सुन्दरताले भरिएको संसारको अति नै बिकाशोन्मुख देश हो ।जुन भौगोलिक संरचना अनुसार तिन भाग तराई,पहाड र हिमालमा बाडिएको छ ।हाल नेपालको आर्थिक मेरूदण्ड प्रवासीहरुले रेमिटेन्स गरेको रकमबाट धाईरहेको छ । देशको आर्थिक अवस्था जर्जर रहेको छ भने राजनीतिक अवस्था अत्यन्तै तरल देखिन्छ ।नेपालमा २५० बर्ष पुरानो शाहबंशीय शासन समाप्त भई संघिय लोकतान्त्रिक गणतन्त्रको निर्माण भईसकेको तथा संबिधान लेख्ने कार्य जारि छ। अन्तरिम संबिधानमा राज्य बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक ,बहुसांस्कृतिक ,विशेषतायुक्त सार्बभौमसत्ता सम्पन्न ,धर्म निरपेक्ष ,समावेसी तथा संघिय लोकतान्त्रिक गणतन्त्र राज्य भनि उल्लेख गरिएको छ । देशमा सबैकुरा नयाँ तथा परिवर्तित भएको हामीले अनुभव गरिसकेका छौ तर नेपालि मुस्लिमको अवस्था जस्ताको त्यस्तै अर्थात २५० बर्ष पुरानो नै छ । जनजाति दलितहरुको हकहितका लागी राज्यसंचालक तर्फबाट उनीहरुको हकहित,अधिकार,धार्मिक तथा सांस्कृतिक संरक्षणको लागी साझा सवाल तथा विभिन्न किसिमको कार्यक्रम भईरहेको पाईएको छ । तर मुस्लिमहरुको लागि ईद,बकरा ईदको छुट्टीले सरकारद्वारा चित्त बुझाईदैछ ,तिमीहरुलाई दिनेकुरा दिईसके अब धेरै पाईदैन भन्ने जस्ताकार्य भईरहेको छ । खासगरी मुस्लिमहरुको अगुवाहरुले मुस्लिमहरुको अधिकारको निम्ति मौन बसेको पाईदैछ । यस अवस्थामा आम मुस्लिम नागरिकले सचेत हुनु जरूरी देखिन्छ तर आफ्ना मागहरु सरकार समक्ष पेश गर्न जरूरी देखिन्छ। के बन्द,हडताल तथा तोडफोड तथा चक्काजामले मात्र हक,अधिकार पाईन्छ ?याद रहोस नेपालि मुस्लिमहरु कहिलेपनि नेपालको अखंड़तामाथि आंच आउने खालको काम गरेको छैन न त गर्ने नै छन भन्ने कुराको बिश्वाश यस सानो लेखबाट दिलाउन चाहन्छु । अर्को कुरा नेपाल बसोबास गर्ने जुनसुकै जातजाती तथा धर्मावलम्बीलाई पाखा लगाई नयाँ संबिधान बनाईयो तथा कुनै एक जातिले बनाएको संबिधान मान्नबाट ईन्कार गर्यो भने त्यो संविधानको कुनै औचित्य रहदैन। त्यसैले सबै जातजाति लाई समेटेर नयाँ संबिधान बनाउनुपर्दछ अनिमात्र नयाँ नेपाल शान्ति तथा समृद्ध नेपाल बन्न सक्दछ । सबै जातजातिहरुको सामाजिक,आर्थिक,धार्मिक तथा सांस्कृतिक अधिकारको सुरक्षा गर्नसके मात्र नयाँ नेपालको निर्माण गर्न सकिन्छ। नेपालमा नेपालि मुस्लिमहरु पहिल्यै देखि हेपिएका ,चेपिएका छन् जुन सर्बबिदित्तै छ ।
त्यसैले नेपालि मुस्लिमहरुको आफ्नो धर्मानुसारका आफ्ना माँग हरु ति माँगहरु निम्न छन् ।
१) मुस्लिम समुदायको पहिचान संविधानको प्रस्तावना उल्लेख हुनुपर्ने ।
२) मुस्लिमहरुको हकहित तथा अधिकारको सुनिश्चितता नयाँ बन्ने संबिधानमा नै लेखिनुपर्दछ ।
३)मुस्लिमहरुको मदरसा ,मस्जिद,ईदगाह्को बोर्ड गठन गरि त्यसको सुरक्षा तथा निर्माणसम्भारको जिम्मा सरकारले लिनु पर्दछ ।
४)मदरसाबाट प्राप्त शिक्षालाई राष्ट्रिय शिक्षा सरह मान्यता प्रदान गरि सरकारी निकायमा रोजगारी दिने जिम्मा सरकारले लिनु पर्दछ ।
५)हज हाउसको निर्माण तथा हज कमिटिको गठन गरिनुपर्ने जसमा मुस्लिम धार्मिक कार्य बाहेक कुनै किसिमको राजनीतिक हस्तक्षेप हुनु नहुने।
६)सरकारी तथा गैरसरकारी निकायमा रोजगारीको व्यवस्था गा.वि.स.,जिल्ला,अंचल,क्षेत्रीय तथा राज्यस्तरमा समानरूपमा गरिनुपर्दछ।
७)मुस्लिमहरुले आफ्नो परम्परानुसार (कुरानमा उल्लेख गरिएअनुसार) कानुनी बाधा अडचन बिनाको सहज र सरल तवरले गर्न बैवाहिक कार्य गर्न पाउनुपर्दछ ।
८)मुस्लिमहरुको जनसंख्याको आधारमा सरकारी तथा गैरसरकारी स्तरमा रोजगार तथा राष्ट्रनिर्माण कार्य तथा संबैधानिक निकायमा आरक्षणको व्यवस्था हुनुपर्दछ ।
९)उच्च शिक्षा जस्तै डाक्टर,ईन्जिनियर लगायत शिक्षामा आरक्षणको व्यवस्था तथा आर्थिक सहयोग सरकारबाट हुनुपर्दछ ।
१०)मुस्लिमहरुको सामाजिक ,आर्थिक,धार्मिक तथा राजनीतिक जस्ता क्रियाकलापमा स्थायी आरक्षण हुनुपर्दछ ।
– अजिजुर रहिमान शेख
प्रथम उपाध्यक्ष
गैर आवासीय नेपाली संघ ,दोहा,कतार
कुराभन्दा बढी काम गर्छु president nrn
मुलुकलाई अप्ठ्यारो परेको समयमा नै लगानी बढाउनुपर्छ भन्नेमा हामी सचेत छौं। सरकारले वातावरण निर्माण गरिदेओस्, एनआरएनले व्यापक मात्रामा लगानी विस्तार गर्नेछ।देवमान हिराचन, अध्यक्ष,गैरआवासीय नेपाली संघ
जापानस्थित नेपाली देवमान हिराचन गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष निर्वाचित भएका छन् रामप्रताप थापा भीम उदासले हिराचनलाई समर्थन गरेपछि उनी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् ।मुस्ताङको मार्फामा जन्मिएर विद्यार्थीको रूपमा जापान छिरेका हिराचन ३६ वर्षदेखि जापानको ओसामा बस्दै आएका छन् हिराचन सुनको व्यापार, पर्यटन, सूचना प्रविधि, रियल स्टेटको व्यवसायमा संलग्न छन्
नेपालमै भेटिएका एक जापानिज चिकित्सकसँगको सामीप्यताबाट उनी जापान गएका हुन् उनले रेडियोलोजीमा स्नातक गरेका छन् जापान बसाइको क्रममा उनले जापानिज नागरिकसँग विवाह गरे तीन दाजुभाइ रहेका हिराचनका अन्य दाजुभाइ पोखरामा व्यापार गरिरहेका छन् भने उनकी श्रीमती, एक छोरा एक छोरी जापानमा छन् ।एनआरएनको अध्यक्षमा निर्वाचित भएपछि नेपाली कला संस्कृतिको जगेर्ना गर्ने, दोहोरो नागरिकताका लागि पहल गर्ने नेपालको आर्थिक सामाजिक विकासमा एनआरएनलाई सहभागी गराउने बताएका छन

मुलुकलाई अप्ठ्यारो परेको समयमा नै लगानी बढाउनुपर्छ भन्नेमा हामी सचेत छौं। सरकारले वातावरण निर्माण गरिदेओस्, एनआरएनले व्यापक मात्रामा लगानी विस्तार गर्नेछ।
एनआरएनका लागि संस्थागत प्रारूप भइसकेकोले नयाँ नेतृत्वले सबैलाई समेटेर नेपालको समृद्धिमा कार्यक्रम ल्याउन ढिलाइ गर्नेछैन। डा. महत्तो नयाँ कार्यसमितिमा नरहे पनि उहाँको सक्रियतामा कुनै कमी नआउने मैले विश्वास लिएको छु।

तपाईका कार्यक्रम के–कस्ता छन?

कुराभन्दा काम बढी गर्न रुचाउने व्यक्ति हुँ। सबैलाई समेटेर नेपाल समृद्ध गर्ने विषय मेरो प्रमुख प्राथमिकताअन्तर्गत रहेको छ। काम गरेपछि नै मेरो मूल्यांकन गर्नु राम्रो होला।

निर्वाचन हुने चर्चालाई चिर्दै निर्विरोध हुँदा कस्तो लाग्यो?

साथीहरुले त्याग देखाएर मलाई निर्विरोध बनाउनुभयो। नेपालका राजनीतिक नेताहरुका लागि पनि यो उदाहरणिय विषय हो। विशेषगरी अध्यक्ष पदका दाबेदार राम थापा भीम उदासको त्यागलाई नेपालका नेताले अनुशरण गर्नुपर्छ भन्ने मलाई लागेको छ। निर्विरोध भएकाले जिम्मेवारी अझै थपिएको मैले महसुस गरेको छु। त्यसलाई इमान्दारिताका साथ पालना गराउने प्रतिबद्धता व्यक्त गर्दछु।
एनआरएनले हल्ला गरेजस्तो नेपालमा लगानी नगरेको भनिन्छ नि?

लगानी पक्कै आउँछ। तर, त्यसका लागि नेपाल सरकारले वातावरण निर्माण गरिदिनुपर्छ। मुलुकलाई अप्ठ्यारो परेको समयमा नै लगानी बढाउनुपर्छ भन्नेमा हामी सचेत छौं। सरकारले वातावरण निर्माण गरिदेओस्, एनआरएनले व्यापक मात्रामा लगानी विस्तार गर्नेछ।
एनआरएनमा निवर्तमान अध्यक्ष महत्तोको अभाव खडकिने चर्चा नि?

हो, डा. महत्तोले वर्षसम्म यसको नेतृत्व सम्हालेर अनुकरणीय कार्य गर्नुभएको छ। यसका लागि उहाँलाई धन्यवाद दिनैपर्छ। तर, एनआरएनका लागि संस्थागत प्रारूप भइसकेकोले नयाँ नेतृत्वले सबैलाई समेटेर नेपालको समृद्धिमा कार्यक्रम ल्याउन ढिलाइ गर्नेछैन। डा. महत्तो नयाँ कार्यसमितिमा नरहे पनि उहाँको सक्रियतामा कुनै कमी नआउने मैले विश्वास लिएको छु।
वातावरण अनुकूल भन्नाले?

सर्वप्रथम सरकारले हामीलाई दोहोरो नागरिकता दिनुपर्छ। यसका लागि मेरो सक्रियता सुरुदेखिनै हुनेछ। शान्ति सुरक्षा लगानीमैत्री वातावरण एवं लगानीको प्रत्याभूति पनि वातावरण अनुकूलभित्र पर्छ। झन्झटिलो ऐन कागजी झमेला हटाउनुपर्छ। सरकारले यी काम गरे मुलुकलाई समृद्धशाली बनाउन एनआरएनले ठूलो भूमिका खेल्नेछ।

-दैनिकी बाट

पत्रकारिता, भाषा मधेस amarendra

मधेसी पत्रकारहरुको संलग्नतामा पछिल्लो पटक नेपाली भाषामा सहारा टाइम्स पाक्षिक पत्रिकाको प्रकाशन शुरु भएको प्रवेशांकको कागज साजसज्जाले यो भरपर्दो दीर्घजीवि हुने विश्वास दिलाउँछ अक्षर शब्दहरुका साथै सम्बद्ध पत्रकारहरुको मनसाय बुझ्दा यसले मधेसकेन्द्रित पत्रकारितालाई लक्षित गरेको देखिन्छ राजधानीमा सम्पन्न विमोचन समारोहमा युवा, पत्रकार, नेता लगायत मधेसीका विभिन्न व्यक्तित्वको उत्साहजनक उपस्थितिले समेत यसको औचित्य महत्वलाई पुष्टि गर्दछ यसको अर्को विशेषता के भने मधेसी महिलाको समग्र अवस्था संतोषजनक नरहेको बेला पत्रिकाका सम्पादक, प्रकाशक व्यवस्थापक महिला छन्

केही वर्षदेखि जनजाति दलित पत्रकारितासम्बन्धी बहसकासाथै यी समुदायका पत्रकारको हकहितका लागि संघसंस्था खुलेजस्तै मधेसी पत्रकार पत्रकारितासँग सम्बन्धित संघसंस्थाको स्थापना मधेसी पत्रकारिताको विषयमा बहुकोणिय बहस शुरु भएको यसका साथै मधेसी पत्रकार पत्रकारिताको भविष्यसँग जोडिएका विभिन्न प्रश्न उठेको यसको जवाफ खोज्ने प्रत्यन्न पनि शुरु भएको गोरखापत्रको प्रधानपम्पादक तथा पत्रकार महासंघको अध्यक्षसम्म मधेसी पुगिसकेको वर्तमान अवस्थामा के मधेसी पत्रकारहरुको अवस्था संतोषजनक ? नेपाली मिडियाले मधेसका माग मुद्दालाई समुचित महत्व स्थान दिएको ? मधेसका मातृभाषाहरुमा पत्रकारिताको अवस्था कस्तो ? सरकार नेपाली संचारमाध्यमले मधेस मधेसी समुदायका लागि के गर्नुपर्दछ ? यस्तै प्रश्नको सेरोफेरोमा पत्रकारिता मधेससँ सम्बन्धित मुख्यतः तीनटा सवालमा बहस शुरु भएको पहिलो, राष्ट्रिय संचारमाध्यममा मधेस वीटको मान्यता दोस्रो, सरकारी निजी संचारमाध्यममा मधेसी पत्रकारको समुचित उपस्थिति तेस्रो, मधेसप्रति सहानुभूति राख्ने तथा मधेसका लागि आवाज बोलिदिने संचारमाध्यमको स्थापना राजधानीकेन्द्रित मिडिया समावेशी निश्पक्ष नभएको वषौं पुरानो गुनासो सहित मधेसी समुदाय यी सवालमा केन्द्रित भएको देख्न सकिन्छ किनभने यी सवालभित्र उनीहरुले आफ्नो संघर्ष, चुनौति, लक्ष्य भविष्य देखेका छन्

हालै भएका मधेस आन्दोलनमा मूलधारका मिडियाले साथ नदिएको तितो अनुभव मधेसी समुदायसँग नेपाली संचारमाध्यमले त्यसअघिदेखि नै राज्य सरकारझैं मधेसलाई गलत रुपमा बुझ्ने प्रस्तुत गर्ने गरेको आरोप उनीहरुको हाल मधेसप्रति रुची आकर्षण बढेपनि नेपाली संचारमाध्यम पूर्ण रुपमा सहिष्णु बन्न नसकेको गुनासो अहिले पनि मधेसीमा यसैले होला, मधेसवादी एवं मधेसकेन्द्रित ठूला संचारमाध्यमको सपना देखिन थालिएको यसको मतलव मूलधारका संचारमाध्यम मधेसप्रति पहिलेभन्दा बढी मैत्री एवं सहिष्णु नभएको भन्न खोजिएको कदापि होइन

२००७ सालको परिवर्तनदेखि नै मधेसी पत्रकारितामा संलग्न भएको नेपालको पहिलो पत्रकार मधेसी नै भएको दाबी गरिन्छ तर मधेसीको संलग्नता भएको दशक बितिसक्दा पनि व्यावसायिक पत्रकारिताको परम्परा सुदृढ हुन सकेको छैन प्रजातान्त्र पुर्नस्थापनापछि मधेसीहरुको रुची यस क्षेत्रमा बढ्न थालेको दोस्रो जनआन्दोलन तथा मधेस विद्रोहपछि मधेस मधेसी पत्रकारलाई सकारात्मक रुपमा हेरिन थालिएको देखिन्छ तर हरेक संचारमाध्यमका लागि मधेस एउटा छुट्टै अनिवार्य बीट अहिले पनि बन्न सकेको छैन यस्तै प्रतिकुल परिस्थितिलाई चिर्दै मधेसी युवाहरु केही वर्षदेखि आफूलाई पत्रकारको रुपमा उभ्याउन मधेसवादी संचारमाध्यम स्थापित गर्न लागि परेका छन् त्यही प्रयासको पछिल्लो कडीको रुपमा सहारा टाइम्सको प्रकाशनलाई लिन सकिन्छ

पत्रकारिताले कुनै कुनै भाषालाई माध्यम बनाउनुपर्ने हुन्छ पत्रकारिता व्यवसाय पनि भएकाले बजारले यसको वर्तमान एवं भविष्यलाई निर्धारित गर्दछ बजारलाई प्रभावित सुनिश्चित गर्ने तत्वहरुमध्ये संचारमाध्यमले प्रयोग गर्ने भाषाको भूगोल सबभन्दा महत्वपूर्ण हो तराईमा आधा दर्जन बढी सक्षम भाषा हुनु तर तीमध्ये कुनैपनि भाषा सम्पूर्ण भूभागका लागि सर्वमान्य नहुनुलाई मधेसवादी पत्रकारिताको विकास विस्तारमा बाधक मानिन्छ नजिकका दुई ठूला भाषाहरुमध्ये नेपाली भाषा शासकहरुको भएको छाप हिन्दीलाई अपनाइयो भने आफ्नै भाषाको अस्तित्व खतरामा पर्ने डर मधेसी मानसिकतामा रहेकोले पनि सर्वस्वीकार्य संचारमाध्यमको विकास नभएको ठम्याई यसरी भाषिक विविधताले जन्माएको द्धिविधा सबैलाई समेट्ने चाहनाका कारण एउटै पत्रिकामा एक भन्दा बढी भाषा प्रयोग भएको देख्न सकिन्छ

तराईमधेसमा सर्वप्रिय संचारमाध्यमको अभाव भएपनि स्थानीय स्तरमा मातृभाषामा पत्रपत्रिका एफएम रेडियो प्रशस्तै खुलेका छन् खासगरी २०४६ सालपछि स्थानीयभाषामा दैनिक, साप्ताहिक मासिक पत्रिका संचालनमा आएका हुन् सरकारको उदासिनताले गर्दा मातृभाषामा लेखपढ परम्पराको समुचित विकास नभएको कारण ती पत्रपत्रिकाको बजारविस्तार अपेक्षाकृत हुन नसकेको सही हो तर पछिल्लो समयमा स्थानीय भाषाहरुमा खुलेका एफएम रेडियोहरुले उत्साहजनक परिणाम देखाएका छन् रेडियो सुन्नका लागि लेख्य भाषाको ज्ञान हुनु नपर्ने भएकोले विगत ÷ वर्षमै मातृभाषाहरुमा रेडियो पत्रकारिताको विकास हुनु अत्यन्तै शुभसंकेत हो

तराईमधेसमा दुई किसिमका पत्रकार एवं पत्रकारिताको विकास भएको पाइन्छ पत्रकारिता धर्म निर्वाह गरेर समाज जनताप्रति इमान्दार भएर काम गर्ने श्रमजीवी पत्रकार एवं संचारमाध्यम अर्को, स्थानीय व्यापारी, भ्रष्ट कर्मचारी आपराधिक समुहसँग साँठगाँठ गरेर पत्रकारिता गर्ने संचारकर्मी एवं संचारगृह भनिन्छ, तराईमधेसका केही सहरमा लेख्ने भन्दा नलेख्ने पत्रकारले बढी कमाउछन् यस्तो पत्रकारिता अस्तित्व एवं परम्पराका लागि संघर्षरत पत्रकार एवं संचारमाध्यमका लागि फाइदाजनक हुने कुरै भएन यस्तै, राजधानीमा रहेका मधेसवादी संचारमाध्यम एवं पत्रकारहरुमा पनि दुई किसिमका संस्कार÷प्रवृति देखिन्छ देश, जनता मधेसी समुदायका लागि काम गर्र्ने संस्कार दोस्रो, पैसा, पद अप्रत्यासित पहँचका निमित्त विदेशी दूतावास, व्यापारिक घराना वा कुनै समुहको हितमा काम गर्ने प्रवृति

पत्रकारिताको आफ्नो कुनै जात विचार हुन नहुने प्रसिद्ध आदर्शवादी अवधारणा नेपालमा पनि खण्डित भइसकेको अवस्थामा सहारा टाइम्स पनि नेपाली मिडियाको सोच परिधिभन्दा भिन्न देखिन्न तर पहिलो अंकबाटै उपराष्ट्रपति शपथ प्रकरणको बहानामा हिन्दीको घोर पक्ष लिएर यसले सम्पूर्ण देशका साथै तराईमधेसका लागि समेत नकारात्मक सन्देश दिएको आफूलाई मधेसवादी दाबी गर्ने तर कुनै दूतावास वा शक्ति केन्द्रका लागि काम गर्ने पत्रकारिताको कित्तामा सहारा टाइम्सले आफूलाई उभ्याउन खोजेको हो ? यसको सम्पादक, प्रकाशक व्यवस्थापकमा तीन जना महिलाको नाम दर्ज हुनु ऐतिहासिक हो तर के उनीहरु वास्तवमै प्रकाशक, सम्पादक व्यवस्थापक हुन् वा शो पिस मात्र हुन्, यो हेर्न बाँकी यी प्रश्न आशंकाका बाबजुद आवाजविहिनहरुको आवाज मानिने पत्रकारिता जगतमा उदाएको सहारा टाइम्सले उपेक्षित मधेसी समुदायका साथै अन्य समुदायको पक्षमा आबाज बुलन्द गर्ने अपेक्षा गर्दछु

(लेखक नेपाली मैथिलीमा पत्रकारिता गर्छन् ।)

शपथ, सर्वोच्च भाषिक आन्दोलनamrendra-yadav– अमरेन्द्र यादव

हिन्दी शपथ प्रकरणमा सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झालाई नेपाली भाषामै पुनः शपथ लिनुपर्ने फैसला गरेपछि भाषासम्बन्धी विवाद उठ्यो यस्तो अनुदार फैसलाले भाषिक आन्दोलन भाषिक अधिकारका चाहनालाई पुनः ठेस पुर्‍यायो एक वर्षअघि उपराष्ट्रपतिले हिन्दीमा शपथ खाएर सम्पूर्ण भाषाभाषीलाई मर्माहत तुल्याएका थिए यो फैसलाले मधेसी तथा जनजातिको भाषिक अधिकारलाई कुण्ठित पार्ने दस वर्षअघिको फैसलालाई सम्झाइदियो। धनुषा जिविस, जनकपुर राजविराज नगरपालिकाले मैथिली, काठमाडौं महानगरपालिकाले नेवार भाषालाई पनि स्थानीय कामकाजको भाषा बनाउने निर्णयलाई सर्वोच्चले खारेज गरेको थियो त्यही निर्णयलाई नजिर मानेर हिन्दी शपथ प्रकरणमा नयाँ फैसला भएपछि गैरनेपालीभाषी जनताले आफूमाथि अन्याय भएको महसुस गरे अन्तरिम संविधानको शब्दअनुसार यो फैसला गलत देखिँदैन, तर संविधानको घेराभित्र रहेर गरिएको यस फैसलाले पनि न्याय दिन सकेन मुलुक संघीयतामा गइरहेको वेला यस फैसलाले बहुसंख्यक जनताको समान भाषिक अधिकारको चाहनालाई लगाम लगाउन खोज्यो जनआन्दोलनमा पोखिएको भावनालाई आत्मसात् गरेर सर्वाेच्चले मातृभाषामा पुनः शपथ खान भन्न सक्थ्यो संविधानमा उल्लेख नभए पनि आवश्यकताको सिद्धान्तअनुसार नयाँ नजिर स्थापित गर्न सक्थ्यो त्यस्तै, विभिन्न भाषामा शपथ खाएका सभासद्ले उपराष्ट्रपतिलाई निर्वाचित गरेको तर्क गर्दै सो शपथलाई सदर गर्दै समय सुहाउँदो फैसला गर्न सकिन्थ्यो उपराष्ट्रपतिको कार्यकाल दुई वर्षभन्दा बढी नभएकाले यस मुद्दाको सुनुवाइलाई पनि सार्दै जान सकिन्थ्यो किनभने सर्वाेच्चले राष्ट्रपति प्रधानसेनापतिसम्बन्धी मुद्दाको सुनुवाइमा ढिलाइ गर्दै आएको

संविधानमा देशभित्र बोलिने हरेक भाषालाई राष्ट्रभाषा भनिएको , तर एकल भाषानीतिलाई नै अख्तियार गरिएको जुनजुन भाषामा राष्ट्रपति उपराष्ट्रपतिले शपथ लिन पाउँदैनन् ती भाषालाई राष्ट्रभाषाको कागजी सम्म्ाान दिनुको के अर्थ ? यस्तो प्रावधान देशका ९१ वटा भाषाका लागि संवैधानिक धोका हो

संविधानसभामा पार्टीहरूले प्रस्तुत गरेको भाषिक नीतिसम्बन्धी अवधारणाले समेत जनतालाई निराश नै तुल्यायो कांग्रेस एमालेको एकल भाषानीतिअन्तर्गत नेपाली भाषालाई मात्र प्राथमिकता दिए मधेसवादी दलहरूले हिन्दीलाई केन्द्र सरकारको भाषा बनाउनुपर्ने आत्मघाती अडान राखे एकीकृत माओवादीले मात्र बहुभाषिक नीतिको पक्ष लिएर आफूलाई सम्पूर्ण भाषाभाषीको चाहना सम्बोधन गर्न खोज्यो दलहरूको यस्तो अवधारणा उपराष्ट्रपति शपथ प्रकरणमा समेत देखियो उपराष्ट्रपतिमा निर्वाचित भएपछि झाले एकल भाषिक वर्चस्वविरुद्ध विद्रोह गरे तर त्यसलाई दक्षिण एसियाकै विस्तारवादी भाषा मानिएको हिन्दीको पाउमा समर्पण गरे त्यतिवेला उनले मातृभाषा मैथिलीमा शपथ खाएको भए राम्रो हुन्थ्यो भन्ने जनचाहना थियो उनले मातृभाषालाई सम्म्ाान गरेका भए देशका ९१ वटा भाषाले त्यसलाई आप\mनो सम्मानको रूपमा लिन्थे सडकमै उनको समर्थन गर्थे सर्वोच्चले हिन्दी शपथलाई बदर गर्दै नेपालीमा पुनः शपथ खान आदेश दिएपछि भने उनले सम्पूर्ण गैरनेपाली भाषाभाषीको सहानूभूति पाए किनभने उनीहरूले सो फैसलालाई भाषिक अधिकारविरोधी आदेश ठाने त्यसैले भाषिक आन्दोलनका अगुवाहरूले उनलाई भेटेर शपथ लिनुपरे मातृभाषालाई सम्म्ाान गर्न आग्रह गरे उनीहरू भ्ााषिक अधिकार कुण्ठित पार्ने फैसलाविरुद्ध आन्दोलन गर्नसमेत तम्सिए तर, अहिले यस्तो गरिए यसले हिन्दीको समर्थनमा आन्दोलन गरेको अर्थ लाग्न सक्ने त्यसले हिन्दीवादी दललाई मात्र फाइदा पुग्ने देखेर उनीहरू चुप लागे मधेसवादी दलले यस प्रकरणलाई हिन्दी आन्दोलनका रूपमा विकसित गर्न खोजे शपथसम्बन्धी फैसलाले देशका आमनागरिकलाई नेपालीभाषी गैरनेपालीभाषी कित्तामा उभ्यायो यसले एकल भाषिक वर्चस्व भाषिक अधिकारवादीबीचको संघर्षलाई समेत सतहमा ल्यायो यसले केही हिन्दीवादीलाई फाइदा पुर्‍याउन सक्छ यही मौकामा मधेसवादी दलले झाको समर्थनमा आन्दोलन पनि थालिसके तर, दुर्भाग्य, भाषाको विवाद चर्किंदा यहाँ नेपाली हिन्दीका हक, अधिकार स्थानको विषयमा मात्रै बहस चलेको देखियो वञ्चितीकरणमा परेका सम्पूर्ण भाषाको समुचित स्थान अधिकारको बारेमा बोलिदिने कोही देखिएन यसले गर्दा जनआन्दोलन, मधेसविद्रोह संविधानसभा निर्वाचनमा व्यक्त भाषिक अधिकारसम्बन्धी चाहना पूरा होला भन्नेमा शंका उब्जिएको के नयाँ संविधानमा भाषिक अधिकार सुनिश्चित गर्न पनि नेपाली जनताले भाषिक आन्दोलन गर्नुपर्ने हो ?

14 Responses

  1. HI

    Dear sir amar ji apne kahanab bilkul jaij che apne ke bat me ham 100 parsent sahmat ji

  2. ke tapai india ko isarama kena nepali bhasa ko berod gare rahanu bhaya ko cha maile kura bujena india le nepal ko siman mecda kena bolnu huna

  3. ke tapai india ko isarama kena nepali bhasa ko berod gare rahanu bhaya ko cha maile kura bujena india le nepal ko siman mecda kena bolnu huna

  4. im ram narayan ray nepal danusy satsyr nu (k.s.a.)riyadh u .r.nws dgred teku

  5. Namaskar yadav ji ma yak pahade samudai ko choro tara mero birth terai ma vayeko ho jeevan ko 25 basanta maile terai ma bitayeko chu malie pahad ko vanda mero matravumi madhes ko dherai maya lag6 ani mero madhes ko bhasa bhojpuri mero lagi jati nepali bhasa ko manayta cha tetinai ma mero bhojpuri bhasa lie maya garchu tara mero des nepal ma aaja 2-4 jana madhesi neta haru jasle hindi bhasa lie hami sabai terai basi pahade, madhesi,tharu wa vanau muslim jasle hamro terai ko aafani bhasa bhojpuri , maithili wa vanau jati pani terai basi nepali haru ko bhasa cha teslie vanda badi manayta diyera ma lagayt mero sathi haru wa vanau mero ghar najik ko choudary kaka jasle jivan ma aaja samma hindi bolnu vako chaina tiniharu mann ma kati chot puraula tyo ta taha nai hola anyway ma tapie ko statement sanga sahamat chu ani ma pani tapie le vane jasto ho harek madhesi patrakar le aafno chetra bata aafno bhasa ko lagi aawaz uthauna zaruri cha tara hindi ko lagi chai pls birod garnu hola that is not really our langauge thanks.

    • Mr. sanjeev!!!! U r absolutely right…that is an authentic notion and i really support it. we must concentrate in our languages not in a foreign language..it will really humiliate our nation.. our leaders are really fucking basterds who have never left a fucking abhoring thingh just to rise in the politics..if God would have given the power to this madheshi born in Siraha, I would have hanged these basterds…becasue of these fucking sick politicians …2.5million are suffering since they started rulling over innocent….

  6. naim nadaf

  7. this is for all those who r born interai with pahadi ethnicity tapai- hamro lagi madesi- hunu hunchha tara baki nepalli bhasi racist haru ko lagi pahadi hunu hunchha cz they ll not abuse u racily and pl go to wikipedia and see the defn of madesi -is there any people in india called madesi than let me know ,can u do a research pl with at least 100 … See Moreof pahadi people show them people standing infront of .janaki mandir and ask them about them n See -99 of 100 ll say they are madesi and one ll be u who ll say madesi nepali not nepali madesi -so i m madesi first and nepali second -cz to be real patriotic neplai u have to have to get dominated by nepali language -and remember if there wd be cond to be nepali with preferences to nepali language than forget about it that we r nepali we r madhesi and only madesi -AND REGARDING SIKKIM -the population of madesi in sikkim was 1% only when it was assembeled in india there was all so called pahadi to make sikkim india not even single madesi ws there we dont have any problem with nationality cz we know that we dont have any national threat from india for being national and patriotic u need to be dominated than rather to fight cz ITS ALL THE MATTER OF ATTITUDE say me any illitrate madesi who know pahadi and madesi deff these are all the educated pahadi and madesi with racism and hate respectively towards each
    Sat at 9:35am ·

  8. Nepal Government would develop a policy of Nepali Muslim in different particular sector, these follings sectors are
    a) Nepal Muslim Educational Board.
    b) Islamic University Board
    c) Nepal Muslim Haz Committee Board.
    d) Muslim Personal Law Board.
    e) Equal Participation of all government leveled Board in Nepal to the proportion of Nepali Muslim Population,
    Thanks Insaallah
    Meraj Khan
    mairajkhan52912@gmail.com
    Kapilvastu Taulihawa
    Cell # 9847052912

  9. madeshi badi netaharu lai madesh lai bachyer rakhan parecha

  10. namashkare hamare nam binod thakur
    gmail vinod.thakur911@gmail.com
    phon n 00971555134653

  11. news dali apdetgarnu purano news saedbat hatauda ramro huncha
    my name binod thakur
    sirsha
    jayapur -8
    fullkashakatti-8
    now abudhabi

  12. samachar apdet garu

  13. tnepal.com ramro said ho tara news
    shadai purano matra hunacha news uaplode
    shadhai garnu ok bay

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: