• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बीरगंज विश्वविद्यालय बन्नेमा सबैको जोड

बीरगंज, मंसिर २४, शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले म गद्धार होईन बरु प्रस्तावित बीरगंज विश्वविद्यायलयलाई सहयोग नगरी यसको बिरोध गर्नेहरु गद्धार हुने बताउनु भएको छ । 
प्रस्तावित बीरगंज बिश्वविद्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री कुशवाहाले यस्तो बताउनु भएको हो । नेपालमा पशुपतिनाथको मन्दिर एउटै भए पुग्छ तर विश्वविद्यालय करिव १० वटा हुनुपर्नेमा जोड दिनु भएको छ । किन भने विश्वविद्यालय एउटा मात्रै होईन, वातावरण, मेडिकल र पत्रकारहरुको लागि समेत हुने खालेको विश्वविद्यालय हुनुपर्नेमा जोड दिनुभयो । बीरगंज बिश्वविद्यालयको बजेट र नीतिको कार्यक्रम आइसकेकोले अब कुनै पनि शक्तिले यसले पाउने स्वीकृतिलाई रोक्न नसक्ने मन्त्री कुशवाहाको दावी थियो । तर बीरगंज विश्वविद्यालय प्रस्तावित बिश्वविद्यालय भएकोले आफुले सरकारी विश्बविद्यालयको लागि ठाकुरराम विश्वविद्यालयको लागि सबै वर्ग र क्षेत्रका जनता, टोलबासी र प्रोफेसरलाई जगाउने प्रयास गरेको बताउनु भयो । किनभने लोकतान्त्रिक पद्धतिमा सबैलाई जगाउनु र बताउनु लोकतान्त्रिक नेताको दायित्व पनि भएको बताउनु भयो । तर यसलाई केही दल र त्यसका नेताले राजनीति गर्न खोजेको आरोप लगाउदै, विश्वविद्यालयमा राजनीति नगर्न मन्त्री कुशवाहाले सबैसंग आग्रह गर्नुभयो ।
सरकारले विश्वविद्यालयलाई ९२ प्रतिशत सहयोग दिने भएकोले विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रता भए पनि विश्वविद्यालय स्वतन्त्रता भने नहुने बताउनु भयो । अहिले शिक्षाको क्षेत्रमा थुप्रै बौद्धिक ठगहरु रहेकोले उनीहरु शिक्षा क्षेत्रलाई तहसनहस पार्न लागेको आरोप लगाउदै यदि केशरमहलस्थित शिक्षा मन्त्रालय र कान्तिपुरमहलस्थित त्रिभुवन विश्वविद्यालयमा संबाद टुटे शिक्षा क्षेत्रमा ठुलो दुर्घटना हुने चेतावनी दिनुभयो ।
नेकाका जनार्द्धन सिंह क्षेत्रीले नेपाल सरकारको एउटा पक्ष नया बन्ने संविधानको प्रस्तावनामै शिक्षा र स्वास्थ्य सबैको नैसर्गिक अधिकार हो भनेर लेखिनुपर्नेमा जोड दिईरहेकै बेला सरकारले अर्कोतिर शिक्षालाई ठेक्का दिन खोजेको आरोप लगाउनु भएको छ । यस्तो दोहोरो चरित्रले शिक्षाको विकास नहुने भनेर जोड दिनुभयो । मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष शशिकपुर मियाले बीरगंज विश्वविद्यालयको सिलान्याश होईन स्वीकृती चाहिएको बताउनु भएको छ । सदभावना पार्टीका जिल्ला अध्यक्ष नेजामुद्धिन समानिले बीरगंजमा विश्वविद्यालयको अति नै आवश्यक्ता भएको र यो बनाई छाडने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा डा. भगवान प्रसाद यादब, रामदेव तिवारी, रघुनाथ गुप्ता, मनोज यादब, राजेन्द्र कोईराला, महेश दास लगायतकाले आफनो मन्तब्य राख्नु भएको थियो ।

2 Responses

  1. auta mantri le auta ramro tara thulo kam garnu paryo.aru ko agadi pani vinna kisim ko kam garera dekhauinu paryo.bektigat faida herinu vayena.des r janta ko nimti huna paryo.auta sabhasad le auta arko ramro kam garnu paryo.ramro kam garni ma hodbaji chalnu parcha.

  2. nepal ma bolnlai kasle k vancha ra?aja bolyo voli birsinchan nepalka neta harule.mantri ji ka barema dherynai kura sunnma aayeka chhan.lage raho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: