अज्ञात समुहको गोली लागी एक सर्बसाधारणको मृत्यु

बीरगंज, मंसिर २५, बीरगंजको आदर्शनगरमा अज्ञात समुहले चलाएको गोली लागी पशुपति कैरियर्समा कार्यरत एक कर्मचारीको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको गोपालगंज निवसी हाल लामो समयदेखि पशुपति कैरियर्समा कार्यरत ५७ बर्षिय राजेश्वर दुवे रहेका छन् । दुवे आफनो कार्यालयमा बसेर बिल्टी बनाईरहेको बेला मोटरर्साईकलमा चढी आएको तीन जनाको समुहले कार्यालयभित्रै पसेर उनको छातीमा गोली हानी फरार भएका थिए । घाइते भएका दुबेलाई उपचारको लागि एएमसी अस्पताल ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
उनको मृत्युलाई लिएर दुवेका आफन्तजन र स्थानियबासीले दुबेको शवलाई पोष्टमार्टम गर्न नदिएर अस्पतालहाताबाट स्ट्रेचरमा राखी नगर परिक्रमा पश्चात माईस्थानचौकमा बाटोमै तेर्साएर राखेका थिए । प्रदर्शनको क्रममा नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षकलाई प्रदर्शनकारीहरुले हातपात समेत गरेका थिए । प्रदर्शनकारीहरुले स्थानिय प्रहरी प्रशासन विरुद्धमा चर्का नारा लगाउदै भोलीबाट बीरगंज बन्दको घोषणा गरेका छन् ।
गत मंसिर २२ गते बीरगंज ४ स्थित भगवती र्राईस मिल निबासी दारिका तुल्सियानको घरमा लुटपाट गर्न पसेका एक हतियारधारीको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले आजै मात्र आफनो कार्यालयमा पत्रकारहरुलाई बोलाएर परिचायत्मक कार्यक्रमको आयोजना गर्दै आजबाट बीरगंजबासीले शान्तिसुरक्षाको पूर्णरुपमा प्रत्याभुति पाउनेछ भनेर भनेको ६ घण्टा पनि बित्न नपाउदै दुबेको हत्या भएको हो । यसबारेमा बुझन खोज्दा प्रहरी बरिष्ठ उपरिक्षक केशव अधिकारी र प्रहरी उपरिक्षक श्रेष्ठ दुबैले आफनो मोवाईलको स्विच अफ गरेका छन् ।
यस अघि पनि मंसिर ७ गतेका दिन भारतीय अपराधि मुन्ना यादब समुहले यसै कैरियर्सलाई लक्षित गर्दै दुइ वटा बम बिष्फोट गराएको थियो । सो बिष्फोटमा कुनै मानविय क्षति नभए पनि क्यारियर्सको सटर भने फुटेको थियो ।

One Response

  1. yo sabee ko karan pulish nee ho yesma kune 2 mat cheen

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: