• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मधेस टुक्रयाउन खोज्नेलाई नै टुक्रयाउनेछौ :- अध्यक्ष यादब

बीरगंज, मंसिर ३०, मधेसी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादबले गणराज्य घोषणा गर्ने नाममा मधेस टुक्रयाउने अधिकार कुनै दाहाल र खनालसंग छैन । यदि गर्छन भन्ने मधेसी जनताले उनीहरुलाई कहिल्यै माफ गर्ने छैन भनी बताउनु भएको छ । आज बीरगंजको घण्टाघरमा भएको आमसभालाई सम्बोधन गर्ने क्रममा यादबले यस्तो बताउनु भएको हो । मधेसमा कतिवटा प्रदेश हुनुपर्छ वा हुदैन भन्ने कुराको निर्णय गर्ने अधिकार केवल मधेसी जनतालाई मात्रै भएकोले यदि कसैले जबरदस्ती गरेर मधेसको टुक्रा पार्न खोज्छ भने, मधेसीहरुले बरु मधेसका दुश्मनहरुको टुक्रा टुक्रा पार्छन तर सिगो मधेसलाई एक प्रदेश बनाई छाडनेछन्( यादबको दावी थियो । यो आमसभा तेस्रो आन्दोलनको तयारीको लागि भएको दावी गर्नुभयो ।
नेपाली काग्रेस र एमाले मधेस विरोधी चरित्रको भएकोले उनीहरुले समयभित्रै संविधान निर्माण होस भनेर नचाहेको आरोप लगाउदै अध्यक्ष यादबले यी दुबै पार्टी लगायत सरकारमा सहभागि दलहरु सबै संघीयताको विरोधी भएको आरोप लगाउनु भयो । तमलोपा र सदभावनालाई कांग्रेस र एमालेको चट्टाबट्टा भएको आरोप लगाउदै अध्यक्ष यादबले दुबै मधेसबादी दललाई कुल्हाडीको पछाडी लगाएको बासको डण्डा जस्तै भएको बताउनु भयो । जसको तागतमा सत्ताधारीले मधेसीलाई काटिरहेको आरोप लगाउनु भयो । अध्यक्ष यादबले तमालोपा र सदभावनालाई सत्ताको मोह छाडेर मधेसको हक अधिकार र सम्प्रभुत्ताको लागि मधेस आन्दोलनमा आउन आग्रह गर्नुभयो ।
वर्तमान सरकार मधेसीको भन्दा पनि कोईराला, खनाल, नेपाल र दाहालको मात्रै प्रगति चाहेको आरोप लगाउदै अध्यक्ष यादबले यदि सतारुढ पार्टीले मधेसीसंग गरेको सम्झौता र सहमतिलाई इमान्दारिपूर्वक पुरा गर्दैन भने मधेसमा तेश्रो आन्दोलन हुनेछ जसले सबैलाई समाप्त पार्नेछ भनेर चेतावनी दिनुभयो । पटक पटक सहमति र सम्झौता गरेर पनि उनीहरु मधेसीको राष्ट्रिय पहिचान, समावेशि, संघियता र स्वायत्त मधेस प्रदेश, जल जङ्गल र जमिनमा मधेसी एक्राधिकार प्रंति इमान्दार नभएकोले तेस्रो मधेसी आन्दोलनको आवश्यक भएकोमा जोड दिनुभयो । मधेसी जनअधिकार फोरम नेपालले देशब्यापी आमसभाको आयोजना गरी मधेसी जनतालाई आफनो हक अधिकार प्राप्तिको लागि आन्दोलन गर्न तयार रहन आग्रह समेत गर्नुभएको थियो ।
हिन्दी भाषा लगायत सबै भाषालाई मान्यता दिनुपर्नेमा जोड दिदै अध्यक्ष यादबले केवल भाषाको कुरालाई लिएर उपराष्ट्रपतिको अधिकारलाई जसरी खारेज गरिएको थियो त्यो अधिकारलाई ससम्मान वहाली गरी मधेसी जनतासंग वर्तमान सरकारले माफी माग्नु पर्नेमा जोड दिनुभयो ।
वर्तमान अवस्थामा मधेस सबैभन्दा असुरक्षित छ । तर सरकारले यसको सुरक्षाको दिनुको साटो मधेसलाई सुरक्षा दिने नाममा विशेष सुरक्षा समिति अगाडी बर्ढाई मधेसमाथि दमन गर्न खोजेको आरोप लगाउनु भयो ।
फोरमका सह अध्यक्ष जेपी गुप्ताले मधेसबादी दलसंग सहमति र सम्झौता गरेर कार्यान्वय गर्न नखोजेकोमा आक्रोशित हुदै नेता गुप्ताले यदि मधेसीको भावनासंग खेल्न खोज्यो भने कांग्रेसलाई मधेसमा पस्न गाहृो हुनेछ, एमालेलाई देशको सीमा नै कर्टाई दिनेछौ र माओबादीलाई फेरी लहान र गौरमा सिखाएको पाठ दोहोरोयाउने चेतावनी दिनुभयो ।
अब हुने मधेसको आन्दोलन कांग्रेस, एमाले र माओबादीलाई समाप्त पार्नको लागि हुनेछ भनेर गुप्ताले बताउनु भयो । होईन भने मधेसमा आएर आफुखशि गणराज्य घोषणा नगर्न चेतावनी समेत दिनुभयो । उहाले बिजय कुमार गच्छेदारलाई मरेको घोडाको संज्ञा दिदैं । अब त्यो घोडाले कुनै पनि आन्दोलन गर्न सक्दैन । उसले केवल सिहदरबारमा बसेर नेपालको चाप्लुसी मात्रै गर्न सक्छ भन्नुभयो । रहयो महन्थ ठाकुर र राजेन्द्र महतो सम्प्रभुत्ताको नाम लिएर सत्ताको चासनीमा डुवेको आरोप लगाउनु भयो ।
फोरम जिल्ला अध्यक्ष शशिकपुर मियाको अध्यक्षतामा सम्पन्न भएको आमसभामा पार्टीका महासचिव रामसहाय यादब, कोषाध्यक्ष श्रीमती रेणु यादब, सचिव लालबाबु राउत गदी, सभासद आत्माराम साह, बारा अध्यक्ष चुमनबाबु केवट र रौतहट अध्यक्ष रामकिशोरी यादब लगायतकाले आफनो मन्तब्य राख्नु भएको थियो । आमसभा दुइ घण्टा ढिलो शुरु भए पनि उल्लेखनिय जनसहभागिता रहेको थियो ।

3 Responses

  1. neta jyu tapai ko pratikriya sahi ho.

  2. HO MANOJ JI YES R YOU RIGR NETA JI IS RONGGGGGGGGGGGGG

  3. upander yadav choor .all madhesi naklet you . I AM MADESH .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: