मुटुरोगिलाई सहयोग हस्तान्तरण

राई रमेश गाउँले
तपाईको सानो सहयोगले मानिसले जीवनदान पाउन सक्छ त्यसैले आउनुहोस् जीवनबचाउन हामी सबै एकजुट होऔं ।कतारमा कार्यरत किरात राई यायोक्खा शाखा दोहा कतार र खोटाङ्ग हलेसी वचत तथा ऋण समुह कतारको सकि्रयतामा संङ्ककलन गरिएको एक लाख सैतिस हजार रकम खोटाङ्ग दुर्छिम – ६ का मुटु रोग पिडीत कोपिला राई तथा सुवास राई लाई हस्तान्तरण गरियो ।
सदरमुकाम दिक्तेल स्थित रुपाकोट सामुदायिक रेडियोको कार्यलयमा हालै एक पत्रकार समेलन गरी उक्त रकम यी दुवै संस्थाका सल्लाहकार रमेश राई ुगाउँलेु ले कोपीला राईलाई प्रदान गर्नुभयो । सो अवसरमा रुपाकोट रेडियोका स्टेशन म्ोनेजर टंक थापा पत्रकार माहासंघका दिक्तेल शाखाका अध्यक्ष डम्वरिसं राई प्रेस चौतारीका सचिव सईन्द्र राई लगायतका अन्य पत्रकार माहानुभावहरुको उपस्थिती र्हेको थियो ।
२१ वर्षिय कोपीला राई र उनकै भाई १९ वर्षिय सुवास राई दुवै मुटुरोगि हुन् । मुटुको अप्रेसन गर्न आर्थिक अभावभएको भन्दै शाखाले कतारमा रहेका नेपालीहरुमार्फत रकम संङ्कलन गरिरहेको छ । किरात राई यायोख्खा शाखा दोहा कतारको तर्फबाट ९१ हजार ८ सय र खोटाङ हलेशी वचत तथा ऋण समुह कतारले ४६ हजार रुपैया संङ्कलन गरिएको एक मुस्ठ रकम संस्थाका सल्लाहकार संयोजक राईले पत्रकार सम्मेलन गरि प्रदान गर्नुभएकोथियो ।
रकम प्रदान गर्नुहुदै राईले भन्नुभयो -देशको माया देश बाहिर गएपछि मात्र हुन्छ । सामाजिक काममा सकि्रयताका साथ लागि पर्नुभएका राईले खोटाङमा पनि रकम संङ्कलन गरि मुटुरोगिलाई नयाँ जीवन दिन लागिपरेको बताउनुभयो ।
मुटुरोगि कोपीलाको अप्रेसन नै गर्नुपर्ने र अर्का सुवास राईको भने औषधिले काम गर्ने बताईएको छ । कोपीलाको मुटुमा प्वाल परेको पत्रकार सम्मेलनको अवसरमा जानकारी गराईयो । सो अवसरमा राईले यथासक्य सहयोग गर्न सवैलाई अनुरोध गर्नुभएको थियो । उक्त पत्रकार सम्मेलनकै अवसरमा सल्लाहकार राईको संयोजकत्वमा ११ सदस्यिय मुटु र्ोगी कोपिला राई सहयोग समिति गठन गरेकॊ छ । त्यस्तै स्थानिय रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक एफ।एम।ले सहयोगीहरुको नामावली र सहयोगको लागी आव्हान गर्दै नि शुल्क प्रचार प्रसार गरी दिने सहमति गरेका छन्।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w

%d bloggers like this: