दुवेलाई गोली हान्ने पक्राउ

बीरगंज, पौष १, जिल्ला प्रहरी कार्यालय पर्साले पशुपति कैरियर्सका प्रवन्धक राजेश्वर दुबेलाई गोली हानी हत्या गर्ने एक जनालाई आज र्सार्वजनिक गरेको छ । पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले आफनै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सो जानकारी दिनु भएको हो । प्रहरी उपरिक्षक श्रेष्ठले प्रहरी अनुसन्धानबाट ७ जना ब्यक्तिहरुको संलग्नता रहेको देखिए पनि, दुवेलाई गोली हान्ने जिल्ला पर्सा बीरगंज उपमहानगरपालिका वडा नम्बर १९ इनर्वा बस्ने बर्ष १८ को संतोष कुमार दासलाई पक्राउ गरेको जानकारी गराएको छ । पर्सा प्रहरी उपरिक्षक श्रेष्ठले पत्रकारहरुलाई पक्राउ परेका संतोष कुमार दाससंग प्रश्न नगर्न आग्रह गर्दै र्सार्वजनिक गरेको थियो ।


र्सार्वजनिक भएको दाससंग पत्रकारले सामान्य प्रश्न गर्न खोज्दा प्रहरी उपरिक्षक श्रेष्ठले दासलाई भित्र लैजाने आदेश दिएपछि एसपीको कार्यकक्षमा उपस्थित पत्रकारहरुले र्सार्वजनिक गरिएको ब्यक्तिसंग सोधपुछ नगरेसम्म हामी समाचार नलेख्ने भनेपछि प्रहरीले दासलाई पून बोलाईएको थियो ।
र्सार्वजनिक गरिएको दासले आफुलाई विहान शौच जाने क्रममा अपरिचित ब्यक्ति आएर पक्राउ गरी आखामा पट्टी बाधेर ल्याएको बताए । प्रहरीले भने मृतकको मोबाईलमा आएको फोनको आधारमा अनुसन्धान गर्ने क्रममा दासको नम्बर पनि फेला परेपछि उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा दास दोषी देखिएको र पर्सा प्रहरीले यसअघि पनि बि।स।२०६४ सालमा दासलाई हतियार सहित पक्राउ गरेको थियो ।
मृतक दुबे मंसिर २५ गते आफनै क्याविनकोठामा बसेर काम गरिरहेको बेला अन टेष्ट मोटरर्साईकलमा चढी आएका अज्ञात तीन जनाको समुहले दुवेलाई गोली हानी हत्या गरेको थियो । दुबेको हत्यालाई लिएर चौतर्फी विरोध भएपछि, पर्साका प्रहरी प्रशासनले दोषीलाई तत्कालै पक्राउ गर्ने प्रतिबद्धता गरेका थिए ।

2 Responses

  1. sale ko and sport maro kay dekte ho chehra deko n sale jeesa sasural aya hee lagta heeeeeeee

  2. acha hai ,,, atleast duniya ka bojh kam karaha hai … usko award dena chahiye … samaaj sewa karaha hai hehehehe

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: