स्वाइनफ्लु भएको भन्दै चौधरीको गाउँबाट उठिवास

कैलाली,पौष १/ मानव सचेत प्राणि हो भन्नेमा कहिलेकाही आशंका गर्नुपर्ने स्थिति आउँछ। अब हेर्नुस न कैलालीको जानकीनगर वडा न .५ खगारौलमा स्थानीय बासिन्दाहरुले सोहि गाउँमा बस्ने ठाकुरप्रसाद चौधरीलाई स्वाइनफ्लु लागेको आशंकामा गाउँ निकाला गरेका छन्। बिचरा चौधरी आफ्नो शरीरमा स्वईन् फ्लू भयो भन्ने गाउँलेहरुको आरोपलाई खण्डन गर्न उपचारको निम्ति सपरिवार नेपालगन्ज पुगेका छन् । चौधरीले आफू भारतको पुनाबाट बिरामी भएपछि घर फर्केको तर गाउँले हरुले आफूलाई स्वईन्फ्लू भएको भन्दै गाउबाट निकालेको दुखेसो पोख्दै उनले आफूलाई स्वईना फ्लू नभएको बताएका छन् ।

चौधरीले आफूले दुई सातापहिले भारतको पुनामा स्वास्थ्यपरीक्षण गराउँदा त्यहा स्थित क्रुसान हस्पिटलका डाक्टर मधुकान्त नन्दले आफूलाई स्वईन्फ्लू नभएको बताएका छन्।उनले आगाडी भने आफूले सो अस्पतालका स्वास्थ्य जाँचकोपरीक्षण गरिएको कागजपत्र र औषधिहरु गाउलेहरुलाई देखाउँदा पनि गाउलेहरुले आफूलाई अविश्वास गरेको बताए। कसैलाई फलानो रोग भयो भन्दै गाउलेहरुले गाउँ निकाला गर्नु तपाइहरुलाई कतिको उचित र न्यायसंगत लाग्छ ?

4 Responses

  1. gaunle haru ko faisla kunai adalat ko faisala haina . tara pani gaunle haru aafain bi4 puryawunu par 6 . yasto gaun nikala garnu ramro haina.

  2. ajai pani hamro desha ma shechhako kati kami cha yastaikura bata thaha hudai cha………..

  3. MAHA MURK MANUSY CHA YAR DIMAG N BHYKO SET

  4. गाउ ले हरु यसो नगर्ने हुन्थे !किन कि बिरामी ज ले पनि हु न सक्छ तर गाउ बाट निकाल्न सार्है नराrम्रो हो , यो त हेला गरेको रहेछ बरु उनीहरु बिरामी मान्छे लाई उपचारमा मदत गर्नु पर्छ!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: