• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

नाम कसैको, काम कसैको रे

बीरगंज, पौष २, बीरगंज १३ आदर्शनगरस्थित नवनिर्मित ग्यालेक्सी सेकेण्डरी विद्यालय भवनको उदघाटन भारतीय राजदुत राकेश सुदले गर्ने भनिए पनि सुद ब्यस्तताको कारण आउन नसकेपछि भारतीय महाबाणिज्यदुत त्रिभुवन अशोकले एक समारोहबिच रिवन काटेर स्कुलको उदघाट्न गर्नु भएको छ । 
नवनिर्मित स्कुल उदघाट्नको लागि भारतीय राजदुत राकेश सुद आज बीरगंज आउने भनेर स्कुल ब्यवस्थापनपक्षले पाहुना र पत्रकारहरुलाई निमन्त्रणा बाडेको थियो । तर आज विहान अन्तिम समयमा राजदुत सुद कार्यब्यस्तताको कारण कार्यक्रममा आउन नसक्ने जानकारी आएपछि बीरगंजस्थित भारतीय महाबाणिज्यदुत त्रिभुवन अशोकले भारतीय राजदुत सुदको ब्यानरमुनि बसेर नवनिर्मित स्कुल भवनको उदघाटन गर्नु भएको थियो । भारतीय राजदुत आउने भनेर कार्यक्रममा तोकिएको समयभन्दा करिव डेढ घण्टा ढिलोसम्म कुरेर बसेका पत्रकारहरुले प्रमुख अतिथि सुद नआउने भनेर थाहा पाएपछि कार्यक्रम नै छाडेर हिडेका थिए ।


नेपाल भारत सहयोग अर्न्तगत जिल्ला बिकास समिति पर्साले निर्माण गरेको सो स्कुल भवन निर्माणको लागि भारत सरकारले पहिलो पटक ७१,७३,७०६ रुपैया र पछि फेरी अपुग भएपछि ७ लाख रुपैया गरी जम्मा ७८,७३,७०६ रुपैया सहयोग गरेको थियो । तत्कालिन भारतीय राजदुत शिवशंकर मुखर्जीले २०६३ साल श्रावण ११ गतेका दिन सिलान्यास गर्नु भएको स्कुलको नवनिर्मित भवनमा जम्मा १८ वटा कक्षा कोठा रहेको स्कुलका प्रधानाध्यापक इला हन्दरले बताउनु भएको छ ।
कार्यक्रममा पर्साका प्रजिअ यादब कोइराला लगायत जिल्ला विकास समितिका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

Advertisements

One Response

  1. ANDE DESME BIDESHI LANGDA RAJA WEHI HAL HEE INDIYA KA DIKABA NEPAL ANDRSELUTABA INDIAN CHOR DESKO CHOR

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: