• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

गणराज्य घोषणा अन्तरीम संविधान अनुसार नै

चिरन्जीवी  मास्के
०६६ पुष चरिकोट/ एकिकृत नेकपा माओवादीका स्थाई समिति सदस्य एवं संयुक्त जन आन्दोलन समितिका महासचिव नेत्रबिक्रम चन्दले तत्कालिन प्रधान सेनापति रुकमाङ्गत कटुवालले जनताद्वारा निर्वाचित सरकारको निर्देशन नमानेकोले उसलाई हटाउने निर्णय गरिएको चर्चा गर्नुहुदै नेपाली सेनाले जनतालाई धोखा दिए माओवादी त्यसको विरुद्ध लड्न तयार रहेको बताउनु भएको

 

योङ्ग कम्यूनिष्ट लिग वाईसिएल दोलखाको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्नुहुदै माओवादी स्थाई समिति सदस्य चन्दले भन्नु भयो- हामी संग जन सेना छ पाँच लाख भन्दा बढी वाईसिएल छन् अनि आम जनताको साथ र सहयोग छ त्यसैले नेपाली सेनाले जनतालाई धोखा दियो भने हामी उ संग लड्न तयार छौ ।

माओवादी स्थाई समिति सदस्य चन्दले आफ्नो पार्टीले घोषणा गरेको संयुक्त गणराज्य अन्तरीम संविधान बृहत शान्ति संझौता र १२ बुदे सहमति अनुसार नै भएको उल्लेख गर्नु हुदै नयाँ संविधान निमार्ण भन्दा अघि गरिनु पर्ने गणराज्य घोषणामा कांग्रेस एमाले उदासिन देखिएकोले माओवादीले एक कदम अगाडि बढेर यस्तो काम गरेको बताउनु भयो । उहाँले कांग्रेस एमाले जनताको संविधान लेख्ने पक्षमा नदेखिएकोले पनि आफुहरुले गणराज्य घोषणा गर्नु परेको बताउनु भयो । नेता चन्दले कांग्रेस वा एमालेको नेतृत्वमा संविधान लेख्ने कुरा आफुहरुलाई मान्य नहुने उल्लेख गर्नु हुदै विदेशीको इसारामा बनेको बर्तमान कठपुतलि सरकारको बिकल्पमा माओवादीको नेतृत्वमा नयाँ राष्ट्रिय सरकार बनि त्यसैले नयाँ संविधान बनाउनु पर्ने बताउनु भयो ।
– दोलखा संवाददाता

नेता चन्दले माओवादीले आफुखुसि सरकार छोडेको भनि चलाईएको हल्ला निराधार भएको उल्लेख गर्नुहुदै माओवादी सरकारमा जाने बित्तिकै देखि सरकारबाट हटाउने खेल भएको बताउनु भयो । उहाँले भन्नु भयो – विदेशिको सहयोगमा कांग्रेस एमालेले षडयन्त्र गरी माओवादीलाई सरकारबाट हट्न बाध्य बनाएका हुन कटुवाल त केबल निमित्त मात्र थिए । माओवादी स्थाई समिति सदस्य चन्दले माओवादी सरकारबाट नहटेको भए मुलुकमा ठूलो गृह युद्ध हुने खतरा रहेको उल्ले गर्नुहुदै माओवादीले युद्ध नचाहेकोलेनै सरकारबाट हटेको बताउनु भयो ।

नेता चन्दले भन्नु भयो- माओवादी युद्ध चाहदैन तर युद्धबाट पछि हटेको पनि छैन् । आवश्यक पर् यो भने माओवादीले ठूलो युद्ध गरी जनताको अधिकार स्थापित गरीछाड्ने नेता चन्दको भनाई थियो । उहाँले भन्नु भयो – तर अहिले त्यसरी युद्ध गरीहाल्नु पर्ने अवस्था भने आएको छैन् ।

नेता चन्दले राष्ट्रपति रामवरण यादवले अन्तरीम संविधान मिचेर काम गर्न लागेकोले आफुहरु राष्ट्रपतिलाई संवैधानिक दायरामा ल्याउने अभियानमा रहेको उल्लेख गर्नु हुदै संविधान भन्दा माथि कोहि पनि रहन नसक्ने बताउनु भयो ।

वाईसिएल दोलखाका अध्यक्ष राम पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य कुलप्रसाद केसी केन्द्रीय सदस्यहरु दिनेश शर्मा गंगा कार्की र कृष्ण भुजेल तथा सभासद् देवी खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: