• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मधेशी सभासद्लाई ५० लाख

राहतका लागि २ करोड दिने निर्णय
अमरेन्द्र यादव
काठमाण्डौ, पुस ३, सरकारले सत्तारुढ गठबन्धनभित्रका दलहरूलाई खुशी राख्न उनीहरूको मागअनुसारको रकम उपलब्ध गराउने निर्णय गरेको छ। तराइ(मधेश पार्टीका सभासद्हरूले आफ्नो जिल्लाभित्र खर्च गर्न पाउने गरी प्रति सभासद् ५० लाख रुपैयाँ उपलब्ध गराउने सरकारले मधेश आन्दोलनका घाइतेलाई क्षतिपूर्ति दिन थप २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पछिल्लोपल्ट मन्त्रिपरिषद्को मंसीर २४ गतेको बैठकले ुतराइ(मधेश आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई दिन बाँकी रकम भुक्तानी गर्न, घाइते तथा अंगभंग भएकाको उपचारका लागि रकम उपलब्ध गराउनु २ करोड रुपियाँ निकासा दिने निर्णय गरेको हो। उक्त रकम अर्थ मन्त्रालयले शान्ति तथा पुनः निर्माण मन्त्रालयलाई निकासा दिने निर्णय गर्ने सरकारले ुस्वीकृत मापदण्डु अनुसार उपलब्ध गराउने निर्णयमा उल्लेख छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार, क्याबिनेट बैठकको अन्तिममा उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले उक्त शीर्षकमा रकम उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका थिए, जसलाई सद्भावना पार्टीका अध्यक्षसमेत रहेका राजेन्द्र महतोले पनि तत्काल समर्थन गरेका थिए। मधेशी जनअधिकार फोरमले फेरि आन्दोलनको घोषणा गरेकाले उक्त रकम छिटो उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
मधेश(आन्दोलन प्रभावितलाई राहत दिन रकम निकासा दिने निर्णय गरिए पनि २०६३ माघमा भएको मधेश आन्दोलनका बेला केन्द्रीय परिचालन समितिमा रहेका एक जना सभासद्ले नाम नलेख्न आग्रह गर्दै भने, ।।।हामीले भारतीय राजदुतलाई भनेर नयाँदिल्लीस्थित एपोलो अस्पतालमा घाइतेलाई हामीले पुर्‍याएका थियौं, तर पीडितका लागि २ करोड निकासा भएको जानकारी छैन।ु
उक्त शीर्षकमा पाँच करोड रुपैयाँ माग गरिंदै आएको भए पनि अर्थमन्त्रीले त्यत्तिका रकम उपलब्ध गराउन नसक्ने बताएपछि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। ुराहत पाउन बाँकी मधेश आन्दोलनमा मृत्यु भएकाको परिवार र घाइतेलाई दिनुपर्छ भनेर बारम्बार उठिरहेका विषय हो, पुरानै मापदण्ड अनुसार दिने निर्णय गरिएको होु, कानूनमन्त्री प्रेमबहादुर सिंहले भने। त्यत्ति रकम खर्च नहुन पनि सक्ने उनले दाबी गरे।
शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले आइतबार ९मंसीर २८ गते० संसद्को विकास समितिको बैठकमा दिएको जानकारी अनुसार, मधेश आन्दोलनमा मृत्यु भएका २३ जनाको परिवारलाई यसअघि शहीद घोषणा गरेर प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ। ु२९ जना शहीद घोषणाको प्रक्रियामा छन्ु, उनले भने। क्याबिनेटले चाँडै निर्णय गर्ने उनले जानकारी दिएका थिए।
सभासद्लाई ५० लाख
मधेशवादी दलका सभासद्ले तोकेको योजनामा रकम खर्च गर्न पाउने गरी अर्थ मन्त्रालयले प्रतिसभासद् ५० लाख रुपैयाँ निकासा दिएको छ। यसरी रकम पाउने सभासद्मा तराई(मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा० का २१ जना र सत्तारुढ गठबन्धनभित्रका सद्भावना पार्टीलगायत अरु सात सभासद् रहेको स्रोतले जनाएको छ।
एक सभासद्ले दिएको जानकारी अनुसार, प्रधानमन्त्री माधवकुमार नेपालको गठबन्धनलाई समर्थन गर्दा नै प्रति सभासद् १(१ करोड रुपियाँ उपलब्ध गराए पुग्ने, मन्त्री नचाहिने प्रस्ताव तमलोपाले राखेको थियो तर प्रधानमन्त्रीले मन्त्री बन्नैपर्ने बताएपछि मात्र सो पार्टीले मन्त्री स्वीकारेको थियो।
गत जेठदेखि नै सो पार्टीलेसभासद्ले तोकेको परियोजनामा खर्च गर्ने गरी जिल्ला विकास समितिमार्फत् रकम उपलब्ध गराउन माग गरे पनि बजेटमा परेको थिएन। तर, बजेट पारित गर्ने बेलामा रकम दिने शर्त राखेपछि अर्थ मन्त्रालयले रकम दिन बाध्य भएको थिए।
तमलोपाका ती सभासद्को तर्क छ, ुमाओवादीका सभासद्लाई बाबुराम भट्टराई अर्थमन्त्री हुँदा १ अर्ब १३ करोड दिए। सुरेन्द्र पाण्डेले एमालेका सभासद्ले खर्च गर्न पाउने गरी ६८ करोड रुपैयाँ उपलब्ध गराए, उनले कांग्रेस सभासद्लाई ५३ करोड दिए, त्यसैले हामीले पनि रकम मागेका हौं।ु मन्त्रीले दिने भने पनि कहिले दिने भन्ने नभएपछि दबाब दिनुपरेको उनले बताए। जिल्लामा एकमुष्ट जाने र त्यहाँबाट सभासद्का नाममा रकम बाँडिनेछ। बजेट निकासा भने चौमासिक रूपमा ३ किस्तामा निकासा हुने उनले बताए।

5 Responses

  1. ल बधाई छ नेपाली लाई . खै के भन्नु र अब हामीले . गरि खाऊ लोकहरु

  2. Madhesi netaharu madhesi janatako namama aafno pocket bhariraheka 6an tar ti bi4ara madhesi janataharu sittaima aafno jyan gumairaheka 6an. Kahile aula tiniharuko budhdi…??????????????

  3. बाउहरुले सम्पत्ति जोड दे कै हो। छोराहरुले खर्च गर्दै छ।

  4. लाज पचेका नकचरा लुटेराहरु, जनताको नाममा आफु रजाँई गर्ने छन् यिनले

  5. sarkar tikaune khel ta hoina?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: