कविहरुले भने- बन्द सधैको लागि बन्द गरौ

पहाड तापमा डुब्यो मधेश मन्द मन्द छ
न फेर शास मूर्ख हो स्वदेश आज बन्द छ ।
-जीत कार्की
०६६ पुष ७ चरिकोट-  सधै हुने बन्दको विरोध दोलखाका साहित्यकर्मीहरुले अलिक फरक ढंगले गरे सोमवार । चरिकोट बजारको उचाँईमा रहेको चरिघ्याङ गुम्बा आसपास जम्मा भएका दोलखाली साहित्यकारहरुले आधाघण्टा भित्रै कविता तथा गजल लेखेर बाचन गरि सशक्त विरोध मात्र गरेनन् आफुहरु कहिल्यै बन्द कार्यक्रममा सहभागि नहुने प्रतिवद्धता पनि जनाए ।बन्द विरोधि गजल सुनाएका कवि जीतले राजनीतिककर्मीहरुलाई तिखो ब्यङ्गे गर्दै भने-

सदैव अग्नी झोस्छ उ डढाउदै सबै सबै
सुघेर गन्ध लासको र भन्छ क्या सुगन्ध छ ।
कवि कृष्ण रावल पनि के कम ब्यङ्गे गर्न । सधै हुने बन्दले आहत भएका कवि कृष्णले जीतलाई साथ दिदै कविता पढे-
सक्छौ भने
हावा रोक पानी पनि रोक
सारा देश मेरो मात्र
मेरो भनि रोक ।
कृष्णले आफुले लेखेको कविता मात्र पढेनन् । अन्य साहित्यकर्मीहरुले लेखि बाचि गरेको कविता गजलको समिक्षा समेत गर्न भ्याए र भने – बन्दको उपलब्धि के के फाईदा त्यसैले सबैको एउटै निष्कर्ष छ बन्द सधैको लागि बन्द हुनु पर्छ ।दोलखाली साहित्यकर्मीहरुले सुरु गरेको जमर्को साहित्यीक यात्राका सहयात्रि कवि शौरभ कार्कीले बनाएको योजना बास्तवमै सफल भयो । भलै दलहरुले यसलाई गम्भिरतापूर्वक लिएर बन्द सधैको लागि बन्द गर्लान या नर्गलान ।बन्द विरोधि कविता लेखन तथा बाचन कार्यक्रममा सहभागि पत्रकारमहासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धरले जान्दिन जान्दिन भन्दै लेखिहाले एक टुक्रा कविता ।
सारमा उनको कविताले भनेको थियो- कैले बन्द विरोधि कैले बन्द गराउन लौरो बोक्दै हिड्ने प्रवृत्तिको अन्त्य हुनु पर्छ । बन्द सधैको लागि बन्दै हुनु पर्छ । कार्यक्रमबारे विर्ख क्रान्ति भन्दै थिए- साहित्यकर्मीहरुको प्रस्तुत भावले बन्दप्रतिको वितृष्णालाई देखाएको छ । यसलाई सधै कायम राखि बन्द बिकृतिको विरोध गर्नु पर्छ । सहभागि केहिले बन्दलाई संस्कृतिको रुपमा प्रस्तुत गरेकोमा क्रान्तिको आपत्ति थियो । उहाँ भन्दै हुनुहुन्थ्यो – बन्द संस्कृति हैन बिकृति हो ।
सपनात देखेकैहो आज पनि सदाजस्तै
निन्द्रा खुल्दा जिन्दगीको लहरयो बन्द भयो ।
-करुणा शिवाकोटी
कार्यक्रममा कविहरु बिर्ख क्रान्ति अवतार ढकाल जीवन लामा शेरबहादुर भुजेल कृष्ण सागर भुपेन्द्र थापा गोविन्द काफ्ले शोक्ला पाखि्रन मिनु तमाङ पार्वती शिवाकोटी मुरारी दुलाल दिनेश भुजेल विश्वास भण्डारी शौरभ कार्की र चिरञ्जीवी मास्केले आ आफ्नो रचना लेखि बाचि गरेका थिए ।

– चिरञ्जीवी मास्के,चरिकोट

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: