• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

चालकको हत्या, चारजना पक्राउ

केशव दास
मोरंग, पुस, ७, घरायसी कामले हिंडेका कोसी अञ्चल श्रम कार्यालयका सवारीचालकलाई आइतबार राति एक समूहले कुटेर मारेको छ । पैसा लेनदेनको विषयमा भएको विवादमा एक समूहको कुटाइ बाट मोरङ दर्वेशा १ घर भएका ३२ वर्षीय चालक उद्धव कोइरालाको मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दर्वेसा( २ का २८ वर्षीय देवकुमार धमला, १६ वरषका सुमन दाहाल, इनरुवा( ७ बस्ने २१ वर्षीय रोशन कार्की उनका १८ वर्षीय भाई रविनलगायत छन् । प्रत्यक्षदर्शी  एक स्थानीयवासीले भने ुउनीहरूले कुटपिट गरिरहेको देखेर छुट्याउन गएको थिए । मलाई उल्टै कुटेर पठाए ।ु राति साढे १० बजे भएको झगडापछि कुर्टाईले कोइराला अचेत भएका थिए ।
घटनापछि कोइरालाका परिवारलाई आफूले खबर गरेको उनले  बताए । प्रहरीका अनुसार दाजु कुमारले गम्भीर अवस्थामा अचेत घर लगेपछि विहान उद्धवको मृत्यु भएको हो । घाँटीको ुथाइरलाइड काटिलेजु भाँचिएर सास लिन अप्ठ्यारो भई उनको मृत्यु भएको जिल्ला अस्पताल रंगेलीका प्रमुख डा। प्रमोदकुमार यादवले बताउनुभयो । मृतकको घाँटीमा डोरीले बाँधेको डाम र शरीरको विभिन्न भागमा चोटपटक लागेको खत देखिएको जानकारी उहाँले दिनुभयो । शव पोष्टमार्टमका लागि लगिएपछि अस्पतालमा केहीबेर विवाद भएको थियो । रिपोर्ट आफूहरूले पनि सुन्न पाउनुपर्ने भन्दै मृतकका आफन्तले डा। यादवलाई पोष्टमार्टम रूममा करिब आधा घण्टा थुनेका थिए । पछि प्रहरीले उनलाई त्यहाँबाट बाहिर ल्याएको थियो । रिपोर्ट सार्वजनिक नगरे शव नउठाउने भन्दै विवाद बढेपछि अस्पतालले उनीहरूलाई मृत्युको कारणबारे बताएको थियो ।
पक्राउ परेमध्येका देवकुमार धमलाले लेनदेनका कारण कुटपिट भएको बयान प्रहरीलाई दिएका छन् । इप्रका रंगेलीका प्रहरी निरीक्षक राजेश थापाका अनुसार ुउद्धवले २ हजार ७ सय रुपैयाँ र एउटा मोबाइल सेट दिनुपर्नेमा माग्दा नदिएपछि झगडा भएकोु बयान धमलाले दिएका छन् । प्रहरी निरीक्षक थापाले भन्नुभयो ुप्रारम्भिक बयान आएको छ, हामी विस्तृत छानबीन गर्दैछौं ।ु सो घटनाबारेमा नेपाल निजामति कर्मचारी संगठन मोरङले विज्ञप्ति जारी गरेको छ । संगठनका उपाध्यक्ष राजेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने र घटनामा संलग्नमाथि कडा कार्वाही हुनुपर्ने माग गरिएको  छ ।

One Response

  1. KILLED HIM

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: