भारतीय गुप्तचर पक्राउ

केशव कुमार दास

सीमावर्ती क्षेत्रमा मदिरा सेवन गरी नेपालीहरूलाई धम्क्याउने एक भारतीय गुप्तचरलाई विराटनगरमा पक्राउ गरिएको छ । भारत सिक्किमका विज्ञान शर्मा भनिने आकाश आचार्यलाई प्रहरीले शनिबार पक्राउ गरी आइतबार सार्वजनिक मुद्दा चलाएको छ । विराटनगर भन्सार क्षेत्रमा नेपालीहरूलाई धम्क्याउदै हिँडेको जानकारी पाएपछि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । पक्राउ परेका व्यक्तिको साथबाट गुप्तचरको परिचयपत्र फेला परेपनि उनले सो परिचयपत्र आफ्नो नभएको प्रहरीलाई बताएका छन् । यसैबीच विभिन्न बहानामा चन्दा उठाएर हिँड्ने दुइ युवालाई विराटनगर भन्सार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर(४ बरगाछीका मुरारी कटुवाल र विराटनगर(१७ का विशाल कार्की रहेका छन् । उनीहरूको साथबाट चन्दा उठाएको रसिद पनि फेला परेको छ । पक्राउ परेका दुवैलाई सार्वजनिक अपराध ऐनअर्न्तर्गत मुद्दा चलाइएको प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

One Response

  1. HI DEAD GIVE YOUR ……… . I GIVE MOR MONEY

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: