मैना सुनुवार हत्या प्रकरणको छानबिन शुरु

पुस,७ काठमान्डौ – मैना सुनुवार हत्या प्रकरणका आरोपित सेनानी निरन्जन वस्नेतलाई शान्ति सेनावाट फिर्ता पठाएकोवारे छानविन गर्न गठित नेपाली सेनाको कोर्ट अफ इन्क्वाइरी बोर्डले आजदेखि छानविन सुरु गर्ने भएको छ ।सहायक रथी प्रदिप वहादुर सिहको सयोजकत्वमा हेडक्वाटरमा कार्यरत महासेनानी शिवराम खरेल र सैनिक प्रहरीका प्रमुख सेनानी रविन्द्र केसी सदस्य रहेको कोर्ट अफ इन्क्वाइरी बोर्डले मिसनबाट फर्काइनुको कारणबारे अनुसन्धान गर्ने प्राड विभाग प्रमुख वि एम कुमार शर्माले जानकारी दिनुभयो । बार्डको अनुसन्धान गर्ने समय अवधि भने तोकिएको छैन ।शर्माका अनुसार भोलीदेखी काम थाल्ने इन्क्वाइरी सम्वन्धीत पक्षसग छलफल गरि प्रधानसेनापती समक्ष प्रतिवेदन वुझाउने छ ।

शशस्त्र द्धन्द्धकालमा काभ्रे खरेलथोककी १५ वर्षे किशोरि मैना सुनुवारको अपहरणपछि हत्या गरेको घटनामा दोशी ठहर गर्दै संयुक्त राष्ट्रसघले सेनानी वस्नेतलाई हालै मात्र द्धन्द्धग्रस्त चार्डको शान्ति सेनावाट फिर्ता पठाएको थियो ।स्वदेश फर्किए लगतै सेनानी वस्नेतलाई अन्तराष्ट्रिय विमानस्थालवाट नियन्त्रणमा लिएको सेनाले प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशन अस्विकार गर्दै सेनानी वस्नेतलाई नागरिक अदालतमा वुझाउन आलटाल गरिरहेको छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: