प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सभामुख कार्यकक्षमा जारि

काठमाण्डौ ,पुस,८ – संवैधानिक समिति अन्तर्गत केहि  समितिमा सहमति हुन बांकी मूलभूत विषयमा सहमति जुटाउन सभामुख सुवासचन्द्र नेम्वाङ्गले प्रमुख तीन दलका शिर्ष नेताहरु सहित समितिका सभापति निलाम्वर आचार्य सित विमर्श गरिरहनुभएको छ ।संहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा विवादित विषयमा सहमति खोज्न प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालसित सभामुख नेम्वाङ्ग विमर्श गरिरहनुभएको छ ।विमर्शमा तीनू दलका प्रमुख सचेतक हरुको पनि सहभागिता रहेको छ ।प्रमुख नेताहरुसित जारी विमर्श भईसकेपछि अहिले केहि बेरमा  संवैधानिक समितिको अनौपचारिक बैठक बस्ने छ ।बैठकमा  मतदान बाट  निर्णय गरिने  विषयको सूची तयार गरिने र सोहि सुचीलाई भोली बस्ने समितिको बैठकमा पेश गरिने संविधान सभाका सचिव टेकप्रसाद ढुंगानाले  बताउनुभयो ।दलहरुबीच नयाँ संविधानको नाम, प्रस्तावना ,संक्रमणकालिन अवस्था, संसोधन प्रकि्रया, राष्ट्रिय झण्डा र राष्ट्रिय चिन्ह सहितको विषयमा विवाद रहेको छ ।

Advertisements

One Response

  1. MOIEST OUT OF THE NEPAL

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: