• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आज जनकपुरमा लङ्गरो जुलुस प्रदर्शन

रोशनकुमार झा
जनकपुरधाम, पुस ८, आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुले आज जनकपुरमा लङ्गरो जुलुस प्रदर्शन गरेका छन । सरकार लङ्गरो भएर आफ्नो माँग पुरा गर्न असमर्थ रहको भन्दै उनिहरुले लङ्गरो जुलुस प्रदशर्न गरेका हुन ।


जनकपुर नगरपालिका परिसरबाट निस्केको कर्मचारीहरुको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य रामभजन यादवले स्यनीय निकायका कर्मचारीहरु संग सहमति गरेर पनि कार्यान्वयन गर्न नसक्ने सरकार अपाहिज रहेको आरोप लगाउनु भयो ।
त्यस्तै नगरपालिका कर्मचारी एशोसिएशनका केन्द्रिय सदस्य परमेश झाले लङ्गरो मानसिकताका साथ कर्मचारीहरु कार्य गरिरहेकोले यसलाई प्रतिविम्वित गर्न लङ्गरो जुलुस गर्नु परेको आरो लगाउनु भयो ।
त्यस्तै गाविस कर्मचारी संघका केन्द्रिय सदस्य राजकुमार मण्डलले आपुपहरुको जायज माँगलाई वेवास्ता गरिए अझ कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।


कार्यक्रममा मन्तव्य राख्दै जिविस कर्मचारी संघका अध्यक्ष ज्ञानेन्द्र देवले माँग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बाताउनु भयो ।
सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न कर्मचारीहरु मंसीर ३० गते देखि स्थानीय निकाय ठप्प गर्दै आन्दोलन गर्दै आई रहेको छ । स्थानीय निकायले गत ५ गते देखि सरसफई पनि बन्द गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: