• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मधेसवादी दलसँग उपलब्ध छैन सहादत र शहिदको यकिन तथ्याक

अमरेन्द्र यादव
काठमान्डौ ,पुस,८ – मधेस आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिहरुको यर्थाथ विवरण उपलब्ध छैन मधेसवादी दलसँग । मधेसी जनअधिकार फोरम नेपालले वि.सं.२०६३ माघमा गरेको पहिलो र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले ०६४ फागुनमा गरेको दोश्रो मधेस आन्दोलनमा जीवन उर्त्र्सग गरेका तथा राज्यद्वारा  शहिद घोषणा गरिएका व्यक्तिहरुको यकिन विवरण राखेका छैनन मधेसवादी दलहरुले । अहिले दसवटा मधेसी दल अस्तित्वमा छन । मधेस आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिहरुकै कारण सरकारमा पटक पटक सहभागी भएका दलहरुले समेत उनीहरुको यर्थाथ विवरण राख्न सकेको छैन ।
मधेस आन्दोलनपछि दुइ पटक सरकारमा सहभागी भएका उपेन्द्र यादबको मधेसी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतोको सदभावना पार्टी तथा अहिलेसम्म एक एक पटक सहभागी भएका तर्राई मधेस लोकतान्त्रिक पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक० ले पनि उनीहरुको यकिन तथ्याक र तस्विर राख्न सकेको छैन ।
 मधेसी जनअधिकार फोरम नेपालका उपाध्यक्ष जयप्रसाद गुप्ताले मधेस आन्दोलनमा ५३ जना सहादत प्राप्त गरेको र २३ जनालाई राज्यले शहिद घोषणा गरिएको दावी गरे । तर्राई मधेस लोकतान्त्रिक पार्टी सहसचिब जितेन्द्र सोनलले पनि शहादतको संख्या ५३ रहेको अन्नपूण् पोष्टलाई जानकारी दिए । तर शहिद घोषणा भने २४ जना भएको दावी गरे ।राजेन्द्र महतो अध्यक्ष रहेका सदभावना पार्टी पनि यकिन तथ्याक उपलब्ध नभएको जनाएको छ । पार्टी सहमहामन्त्री मनिष सुमनका अनुसार ५४ जना सहादत र २२ जना शहिद घोषणाको सूचीमा परेको जानकारी दिए ।
तथ्याक राख्ने सबालमा बिजय गच्छदारको फोरम पनि इमान्दार देखिएका छैनन । मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक० का प्रवक्ता जितेन्द्र देवसंग यकिन तथ्याक नभएपनि उनले अडकल काट्दै भने, मधेसको दुवै आन्दोलनमा गरी करिब ५२ जनाले जीवन उर्त्र्सग गरेका थिए । त्यसमध्ये २३ जनालाई राज्यले शहिद घोषणा गरिएको उनको दावी छ ।खोलो तर्या लौरो विर्सयो उखान जस्तै सरकारमा गएपछि सहादत र शहिदको नाउ उच्चारणसम्म नगर्ने मधेसवादीदलहरु सरकारबाट र्झन नपाउदै पुन सहादत र शहिदकै मुद्दा झिकेर पटक पटक आन्दोलन गर्दै आएका छन । पछिल्लो पटक उपेन्द्र यादबले सहादत प्राप्त गरेकाहरुलाई शहिद घोषणा गर्नुपर्ने भनी पुनः प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापन पत्र बुझाएका छन ।
मधेसी जनअधिकार फोरम नेपालको तर्फाट वि।सं।०६४ कार्तिक २२ गते तत्कालिन केन्द्रिय सदस्य उपेन्द्र झाले मधेस आन्दोलनका ३८ जना र फेरी त्यही दलका तर्फाट महासचिब रामसदाय यादबले ०६५ पौष १ गते थप २१ जनालाई शहिद घोषणा गर्नुपर्ने माग राख्दै गृहमन्त्रालय र शान्तिमन्त्रालयसंग पत्राचार गरेको थियो ।
 
गृहमन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालका अनुसार प्राप्त नामावलीमध्ये २४ जनालाई ०६४ फागुन २१ गते मन्त्रीपरिषदको बैठकले मधेस आन्दोलनको शहिद घोषणा गरेको थियो । उनका अनुसार पछि सोही मितिमा लागु हुने गरी भोजपुरका गैरमधेसी समुदायका एक महिलासहित थप ६ जनालाई शहिद घोषणा गरिएको थियो ।  बाकी २९ जनालाई अहिलेसम्म घोषणा गरिएको छैन । घोषणाका लागि प्रकृयामा छ, उनले भने ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: