रक्तदान कार्यक्रम सम्पन्न

चिरञ्जिवी मास्के
चरिकोट,०६६ पुष ८ – नेकपा एमाले दोलखाले पुष १० र ११ गते सम्पन्न हुने आफ्नो सातौ जिल्ला अधिवेशन प्रचारको क्रममा आज नेपाल रेडक्रस सोशाईटी दोलखा शाखाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले उद्घाटन गर्नु भएको रक्तदान कार्यक्रममा २१ पुरुष र ६ महिला गरी २७ जनाले रक्तदान गरेको एमाले प्रचार विभाग प्रमुख बसन्तराज कार्कीले बताउनु भयो ।
अधिवेशन प्रचारको क्रममा एमाले दोलखाले यस अघि कविता बाचन कार्यक्रम बक्तृत्वकला प्रतियोगिता भलिबल प्रतियोगिता र मैत्रिपूर्ण फुटबल खेल सम्पन्न गरी सकेको छ । अधिवेशनको उद्घाटन पुष १० गते प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको पनि कार्कीले बताउनु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: