पर्सा प्रहरीद्धारा तीन अपराधी र्सार्वजनिक

ओम प्रकाश
बीरगंज, पौष ८, जिल्ला प्रहरी कार्यालय पर्साले पशुपति कैरियर्समा कार्यरत राजेश्वर दुबेको हत्याको घटनामा संलग्न भएका तीन जना अपराधीलाई पत्रकार सम्मेलन गरी हातहतियार समेत र्सार्वजनिक गरेको छ । पक्राउ परेका तीनै जनाले गत मंसिर २५ गते पशुपति कैरियर्समा कार्यरत राजेश्वर दुबेलाई गोली हानी हत्या गरेका थिए ।
पक्राउ पर्नेमा बीरगंज उपमहानगरपालिका १९ इनर्वा निवासी मुन्ना यादब भन्ने अशोक यादव, पर्सा हरपतगंज ३ निवासी विदेशी साह तेली र भारतको पूर्वीचम्पारण कटगेनवा भवानीपुर निवासी हाल पर्साको परवानिपुरमा बस्दै आएका मनिष सिंह भन्ने प्रमोद यादब रहेका छन् । प्रहरीले मुन्ना यादव भन्ने अशोक र मनिष भन्ने प्रमोदलाई इनर्वा प्रहरी चौकीदेखि पूर्वबाट पक्राउ गरेका थिए भने विदेशीया साह तेलीलाई नगवाबाट पक्राउ गरेका थिए । उनीहरुको साथबाट प्रहरीले नलकटुवा ३ थान, ६ राउण्ड गोली र १ थान मोबाईल सेटको साथमा भारतीय सहित तीन थाल सिम बरामद गरेको थियो ।
पक्राउ परेका अशोक यादबले विगत लामो समयदेखि पर्सा जिल्लाभित्र अपराधिक क्रियाकलाप संचालन गर्दै आईरहेको र प्रहरीको मोष्ट वाण्टेडको सुचिमा रहेको प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताउनु भएको थियो । प्र।उ श्रेष्ठले अशोककै निर्देशनमा पशुपति कैरियर्समा गत मंसिर ७ गतेका दिन पहिले दुइ वटा बम विष्फोट गराएको थियो । त्यसपछि पनि पैसा नपाएपछि मंसिर २५ गते साझ सवा ७ बजेतिर कार्यालयमा काम गरिरहेकै अवस्थामा नम्बर नखुलेको मोटरर्साईकलमा तीन जना आई राजेश्वर दुबेलाई गोली हानी हत्या गरेको बताए । अपराधी विदेशीया साह तेली भन्ने ब्यक्ति चाही करिव ६ महिना अघि पनि अपराधीक क्रियाकलामै संलग्न भएको अरोपमा पर्सा प्रहरीले पक्राउ गरेको थियो । उनी भर्खरै केही महिना अघि मात्रै जेलबाट छुटेका हुन ।
दुबेको हत्या भएपछि पर्सा प्रहरीले अनुसन्धानको क्रममा सबैभन्दा पहिले गत पौष १ गतेका दिन सन्तोष दासलाई पक्राउ गरी र्सार्वजनिक गरेको थियो । उसैले दिएको बयानको आधारमा बाकी अन्य अपराधीलाई पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताउनु भएको छ । प्र।उ। श्रेष्ठले यिनीहरु कुख्यात अपराधी भएको र अहिले बीरगंजका ब्यापारीहरुलाई टार्गेट गरी उनीहरुलाई फोनबाट धम्की दिने र नदिनेको घरमा बिष्फोट गराउने जस्ता अपराधीक कार्य गरी आतंकित पार्दै आएको बताए । यिनीहरुको पक्राउ पछि अब बीरगंजमा शान्ति हुने प्रउ श्रेष्ठको दावी थियो । पत्रकार सम्मेलनमा प्रहरी बरिष्ठ उपरिक्षक केशब अधिकारीको पनि उपस्थिती रहेको थियो ।

3 Responses

  1. no arrest killed him

  2. yeasto sala chor la yafno bo yama ko ejat matho dag lagacho tasala sala le mardenuparch.

  3. Killed him, don’t sow me ………like face………….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: