मुस्लिम एकता सभा जगरनाथपुरमा सम्पन्न

ओमप्रकाश
बीरगंज, १२,  पौष  एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय सेनाध्यक्षले नेपाली सेना विरुद्ध बोलिरहदा पनि नेपाल सरकारले त्यसको विरोध नगरेकोमा चिन्ता ब्यक्त गर्नु भएको छ ।
सम्पूर्ण उत्पिडित मुस्लिम तथा अन्य उत्पिडित समुदाय एक होऔ भन्ने नारा सहित मुस्लिम एकता सभा समिति पर्साले आज पर्सा जिल्लाको जगरनाथपुर सिरामा आयोजना गरेको विशाल मुस्लिम एकता सभालाई सम्बोधन गर्ने क्रममा उहाले यस्तो चिन्ता ब्यक्त गर्नु भएको हो । एउटा छिमेकी राष्ट्र भएर एउटा स्वतन्त्र राष्ट्रको आन्तरिक मामिलामा बोल्दा समेत सरकार र राजनीतिक दलले त्यसको विरुद्धमा केही नबोलेकोमा अचम्म मान्दै सरकारको यस्तै प्रवृतिले मुलुकमा बिदेशी हस्तक्षेप बढेको आरोप लगाउनु भयो । यसको लागि हामी सम्पूर्ण जनता एक जुट हुदैनौ र सचेत हुदैनौ भने यो शान्ति प्रकृयाको खिलाफ र नया“ संविधान लेखनको खिलाफ हुनेछ भनेर भन्नु भयो ।


नेपालमा मुस्लिम समुदायलाई सबैले प्रयोग मात्रै गरेको आरोप लगाउदै माओबादी सरकारले मुस्लिम हक अधिकारको लागि र विशेषाधिकारको लागि प्रकृया अगाडी बढाए पनि नेपाली कांग्रेस र एमालेको षडयन्त्रको कारण त्यो प्रकृया अवरुद्ध भएको आरोप लगाउनु भयो । यदि माओबादीको १० बर्षे जनयुद्ध नभएको भए मुलुकमा धार्मिक स्वतन्त्रता आउने नै थिएन । जनयुद्धबाट आएको धार्मिक स्वतन्त्रताबाट सबैभन्दा बढी मुस्लिम समुदायलाई नै फाईदा पुगेको दावी गर्दै अध्यक्ष प्रचण्डले माओबादीको नेतृत्वमा सरकार बनेमा सबैभन्दा पहिले अपहेलित र ठगिएका मुस्लिमहरुको उत्थानको लागि मुस्लिम उच्चस्तरिय आयोग गठन गर्ने, मदरसा बोर्ड गठन गर्ने, हज कमिटी गठन गर्ने र मुस्लिमहरुको लागि विशेषाधिकारको लागि अन्तिम चरणसम्म संघर्ष गरिरहने दावी गर्नुभयो ।
आफुहरु जुन राजनैतिक संयन्त्रबाट यहासम्म पुगेका छौ त्यही राजनैतिक सयन्त्रलाई पच्छाएर हामी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पनि पुर्‍याउछौ र सबैको हक अधिकार सहितको समावेशि नया संविधान पनि निर्माण गर्ने दावी समेत गर्नुभयो । माओबादी सरकारबाट वाहिरिएपछि मुलुकमा मेचीदेखि महाकालीसम्म माओबादीको पक्षमा जनलहर चलेको देखेर यसबाट कठपुतली सरकार र यथास्थितीबादहरु अत्तालिएको बताउनु भयो । माओबादीको पक्षमा उठेको जनलहरले नै वर्तमान सरकारको आयु समाप्त पारी अब जनताको सरकार बन्नेछ । जनताको सरकार निर्माणमा षडयन्त्र भयो भने देशभरीको जनता एकसाथ संघर्षमा उत्रने चेतावनी दिनुभयो ।
त्यसैले माओबादीलाई कसैले पनि लल्कार्ने गल्ती नगरे हुन्छ भन्दै यदि कसैले यो गल्ती गर्छ भने मुलुकमा ठुलै ज्वालामुखी आउने छ । जसले सबै षडयन्त्रकारीहरुलाई समाप्न पार्ने चेतावनी दिनुभयो ।
लागु औषध गाजै गाजाको खेतीको बिचमा आयोजना गरिएको एकता सभामा अध्यक्ष प्रचण्डले शुरुमा हिन्दीमा भाषण गदै अन्तमा आफुलाई पनि नेपाली भाषा आउने र तपाईहरुले पनि नेपाली भाषा बुझने भएपनि तपाईहरु संगको भावनात्मक सम्बन्ध जुडोस भनेर आफुले हिन्दी भाषामै बोलेको बताउनु भएको थियो ।
काठमाडौबाट फिस्टेल एयरको हेलिकप्टरमा सभास्थलमा आईपुग्नु भएको माओबादी नेताहरु सबैले मुसलमानी पोशाक लगाएर सभामा उपस्थित भएका थिए ।
जगरनाथपुरसिराका जालिम मियाको अध्यक्षतामा भएको सभामा जालिम मिया सहित हजारौ ब्यक्तिहरु आज एकीकृत माओबादीमा प्रवेश गरेका छन् । माओबादीमा प्रवेश गर्नेमा कांग्रेसका महासमिति सदस्य मिया, कांग्रेस निकट तरुण दलका जिल्ला अध्यक्ष सहरुम राउत गदी सहितको ठुलै संख्यामा रहेका छन् ।
सभामा माओबादीका मधेस ब्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य गिरिराज मणी पोखरेल, टोप बहादुर रायमाझी भिम प्रसाद गौतम, सभासद प्रभु साह, शिवचन्द कुशवाहा लगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

TNepal Headline News

↑ Grab this Headline Animator

2 Responses

  1. good thinking parchanda

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: