• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हिमपात नहुदा चिन्तित

चिरञ्जीवी मास्के
०६६ पुष १२  दोलखा, जलवायु परिर्वतनको प्रभाव हिमाली पहाडि जिल्ला दोलखामा पनि देखिन थालेको छ । दोलखामा केहि दिन देखि चिसो बढेको भएपनि उत्तरी भेगका हिमाली क्षेत्रमा अहिले सम्म पनि हिमपात नहुदा त्यहाँका बासिन्दा चिन्तित बनेका छन् ।
              मंसिरको दोस्रो, तेस्रो सातादेखि हिमपात हुनुपर्नेमा अहिलेसम्म पनि हिमपात नभएकोले आलुबारी खन्न नसकेर खान समेत समस्या हुने बेला भै सक्यो– दोलखा गौरीशङ्कर गाविस  टाँसिनामका निमगेली शेर्पाले भने । आलुसंग अन्न साटेर वा आलु बिक्रि गरेर दुईछाकको बन्दोबस्त गर्नुपर्ने गौरीशङ्कर, लामाबगरका बासिन्दाहरुलाई हिमपात नभएको कारण आलु खन्न नसक्दा गुजारा गर्न मुश्किल परेको शेर्पा बताउछन् । आलु लिन गाँउ आउने मानिसहरु अहिले खालि हात फर्कनु परेको छ – निमगेली शेर्पाले भने ।
अहिलेको मौसममा १६ सय मीटर तल सम्म हिमपात हुनुपर्नेमा २ हजार भन्दा माथिको उँचाईमा समेत हिमपात हुन नसकेको निमगेलीको भनाई छ । जलवायु परिर्वतनले पहाडि क्षेत्र तात्नलागेको छ भन्ने सुनेका टे«किङ व्यवसायी निमगेली त्यसैको कारण दोलखाको हिमाली भेगमा अहिले सम्म पनि हिमपात हुन नसकेको हो की भनि आशङ्का गर्छन ।
स्थानिय निमछिरी शेर्पा पनि मंसिर, पुष देखिनै हिमपात हुने टाँसिनाम, सिमिगाँउ, बेदिङ, ना आदि ठाँउमा अहिले सम्म हिमपात नभएकोले आलु खेति गरेर गुजारा चलाउने गाँउलेलाई समस्या भएको बताउछन् । खै यस बर्ष त अचम्मै भयो अहिले सम्म हिउँ पर्दैन – निमछिरी भन्छन् ।
यो मौसममा हिउँले सेताम्य हुने गौरीशङ्कर हिमालमा समेत प्रयाप्त मात्रामा हिउँ नदेखिएको निमगेली शेर्पाको भनाई छ । दोलखाको गौरीशङ्कर गाविसमा रहेको ७ हजार १ सय ४६ मीटर अग्लो गौरीशङ्कर हिमालको तलतल भागमा हिउँ पग्लदै गएर कालो देखिन थालेको छ । सदरमुकाम चरिकोटबाट हेर्दा समेत नजिकै सेताम्य देखिने हिमाल कालोबन्दै गएकोमा मौसम विज्ञहरु समेत चिन्तित बनेका छन् । मंसिरको अन्त्य तिर देखिनै हिमपात हुन सुरु गर्ने दोलखाको शैलुङ, कालिञ्चोक, खावाडाँडा आदि ठाँउमा समेत अहिले सीत पनि राम्रो संग नपर्नेे स्थानिय वासिहरु बताउछन् । दोलखाको खरीढुङ्गा, मूडे निगालेका बासिन्दा समेत हिमपात ढिला भएर आलु बिग्रने हो की भन्ने चिन्तामा पर्न लागेका छन् । दोलखाको खरीढुङ्गा, मूडे निगाले जस्ता ठाँउमा पुष माघ महिनामा हिमपात भएन भने आलु बारी बिग्रने स्थानियको भनाई छ ।
मौसम परिर्वतनकै कारण यस आर्थिक बर्षमा दोलखामा गत बर्षको तुलनामा १० प्रतिशतले धान उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यलय दोलखाले जनाएको छ । समयमा बर्षा नहुदा ढिलो रोपाईं गर्नु परेकोले धान पसाउन ढिला भएपछि उत्पादनमा कमी आएको कार्यालयले जनाएको छ । गत बर्ष दोलखामा ८ हजार ३ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष १० प्रतिशतले कमी आएको कार्यालय प्रमुख कृषि विकास अधिकृत टंकबहादुर कार्कीले बताउनुभयो ।  दोलखा जिल्लामा ३१ सय ४० हेक्टर जमिनमा धान खेती हुने गरेकोे छ । दोलखामा उन्नत जातको धान २ हजार २ सय २, स्थानिय ९ सय २८, र चैते धान १० हेक्टर जमिनमा लगाईने गरेको कार्यलयको तथ्याङले देखाएकोे छ । दोलखाको सेरा, जफे, नाम्दु, भिरकोट, आदि स्थान धान उत्पादन का हिसाबले उत्कृष्ट मानिन्छ । 

TNepal Headline News

↑ Grab this Headline Animator

One Response

  1. खुशीले भरियोस मन सफलताको नयाँ बनोस कहानी
    नयाँ वर्षे ल्याओस सबैको जिवनमा सुनौलो विहानी
    “2009 ” को बिदाई “2010” को आगमनको मनोकामना
    नयाँ बसन्तको पालुवाले सजियोस भन्ने मेरो शुभकामना

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: