चिकित्सकहरुको बन्दले स्वास्थ्य सेवा प्रभावित

काठमाडौं,पुस,१३ –  नेपाल  चिकित्सक   संघको  बन्द  आव्हानका  कारण  आज   देशभरका  स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको छ ।चिकित्सकहरुको बन्दका कारण देशभरका करिव ४ सय भन्दाबढी स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा प्रभावित भएको हो ।सरकारले चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षा दिन नसकेको चिकित्सकहरुको पलाय रोक्न नसकेको लगायत व्यक्तिगत र पेशागत सुरक्षाको माग राख्दै बन्द आव्हान गरेको संघका अध्यक्ष डा.केदारन रिसंह केसीले जानकारी दिनुभयो ।

कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले वार्तामा बसेर माग पूरा गर्ने आश्वासन दिनुभएको भएपनि माग पूरा नभए सम्म सरकारको विश्वास गर्न नसक्ने भन्दै चिकित्सकहरुले बन्द आव्हान गरेका हुन् ।यसैवीच चिकित्सकहरुको मागका सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्ने भएको छ । चिकित्सकहरुले मन्त्रिपरिषदको बैठकले माग पूरा गरे आजैदेखि बन्द फिर्ता लिने बताएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक विहान १० बजेपछि बस्न लागेको कानुनमन्त्री प्रेमबहादुर िसंहले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: