बीरगंज, पौष १८, एकीकृत नेकपा माओबादीका बरिष्ठ नेता तथा पूर्व अर्थ मन्त्री डा. बाबुराम भट्टर्राईले हाम्रो दक्षिणतिर भएको छिमेकी राष्ट्रले सुगौली सन्धीदेखि नेपाललाई आफनो एउटा उपनिवेश ठान्ने र नेपाली जनताको भाग्यको फैसला नेपाली आफैले गर्छ भन्ने कुरालाई मान्दैनन् तबसम्म नेपालको नागरिक सर्वोच्चता र राष्ट्रियता स्वाधिनता खतरामा रहने बताउनु भएको छ ।बाराको डुमरवाना ८ रजघट्टा स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको २४ औं बार्षिकोत्सव समारोह एवं २५ औं अभिभावक दिवस भवन समुदघाटन समारोहलाई सम्वोधनको क्रममा यस्तो बताउनु भएको हो । वर्तमान अवस्थामा छिमेकी राष्टले हाम्रा राजनैतिक दलका लोकतान्त्रिक भनाउदा साथीहरुलाई उक्साएर, उनीहरु मार्फ मुलुकलाई संचालन गरेकोले, हामीले यो देशमा अब कुनै पनि विदेशी प्रभुको हुकुम चल्दैन र यो देशको भाग्यको निर्माण कसले गर्ने, को प्रधानमन्त्री हुने र सरकार कसले चलाउने जस्ता निर्णय नेपाली जनताले गर्न पाउनु पर्छ भन्न खोजेका हौ । एउटा छिमेकी राष्ट्रले आएर आफनो युपी र विहार प्रान्त भन्दा पनि तल्लोस्तरमा गएर हामीमाथि हुकुम चलाउन खोज्नुलाई माओबादीले कदापि नमान्ने बताउनु भयो । यस्तै कारणले अहिले हामी नागरिक सवोच्चतालाई राष्ट्रिय स्वाधिनताको आन्दोलनसंग जोडनु खोजेको स्पष्ट पार्नु भयो ।
नेपालको राजनीतिक दलहरुले जबसम्म स्वतन्त्र भएर आफनो भाग्यको फैसला आफैले गर्दैनन्, जबसम्म उनीहरुले हिजो नारायणहिटी दरवारलाई हेर्ने आफनो आखा दिल्ली दरवारतिर ताक्ने गर्छन । तबसम्म यो देशमा सच्चा लोकतन्त्र, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता पनि नरहने ठोकुवा गर्नुभयो ।
सम्वोधनको क्रममा डा। भट्टर्राईले जिल्लाको सर्वोच्च निकायको प्रमुख सिडिओलाई कुटने कथित मन्त्रीलाई कारवाही गर्ने हिम्मत नभएको सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने ठोकुवा गर्नु भयो । एउटा सिडिओ कुटने मन्त्रीलाई कारवाही गर्न नसक्ने सरकारले आफुलाई एक हात जमिन चाहियो र हाम्रो पनि छाप्रो हुनुपर्छ भनेर भुमिहिन सुकुम्बासीले गरेको आन्दोलनमाथि अन्धाधुन्ध गोली चलाएर ६ जनाको हत्या गर्ने सरकार कहिल्यै लोकतान्त्रिक हुन नसक्ने दावी गर्दै वर्तमान सरकारलाई कायर सरकारको सज्ञा दिनुभयो ।
हिजो राजा ज्ञानेन्द्रले माघ १९ गते कु गरेर निरकुंश शासन थोपर्न खोजको थियो । त्यसैगरी बैशाष २० गतेको मध्यरातमा राष्ट्रपतिलाई उचालेर नया ढगंले कु गर्न खोजेको आरोप लगाउनु भयो । यदि सरकारले जननिर्वाचित सरकारले गरेको निर्णयलाई स्थापित गरेन भने लोकतन्त्र दिगो नरहने चेतावनी समेत दिनुभयो ।
अहिले मुलुकलाई अगाडी बढाउन चाहने र पछाडी फर्काउन खोज्नेबीचमा द्धन्द्ध चलिरहेको बताउदै नेता भट्टर्राईले हामी सबै द्धन्द्ध र असहमति वार्ता र सम्बादबाट सामाधान होस भनेर चाहन्छौ तर लातको भुत बातले मान्दैन भने जस्तै हामीले गरेको सभ्य र मर्यादित आन्दोलनको भाषालाई सुन्न नचाहेको आरोप लगाउदै अब हामी नया ढंगबाट आन्दोलनलाई अगाडी बढाउने र यसमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
विद्यालय ब्यवस्थपन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा एकीकृत नेकपा माओबादीका सभासद जयराम दाहाल, शिवचन्द कुशवाहा, शोभाकर पराजुली, ज्वाला साह, बाराका प्रजिअ तारानाथ गौतम लगायतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा आयोजकले विद्यालय निर्माणमा सहयोग पुर्याउने ब्यक्तिहरुलाई सम्मान गर्नुको साथै सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो ।
Filed under: तराई नेपाल |
hello sathiy bhai aap logoki 2010 sub kamna happy new year 2010
moiest choir sala khale bhasan garar kehe hudan nepali lie semedan cheo.