• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जाडो प्रकोप :प्रविणको मृत्यु संगै महोत्तरीमा मर्नेको संख्या पाँच

जलेश्वर,महोत्तरी,पुस २० – प्रकृतिको रुप पनि कस्ता कस्ता!! मानवीय जीवन पनी कस्ता कस्ता !! कहिले अत्यधिक गर्मीले त कहिले अत्यधिक जाडोले , कहिले भोकले त कहिले शोकले, कहिले पैसाको अभावमा त कहिले पैसा अत्यधिक भएर मानवीय लिला शेष हुने गर्छ। यस्तै एउटा गरीब परिवारका बालक जसलाई न गर्मीको खबर छ न त जाडोकै । उसलाई के थाहा जाडोले ज्यान लेला भनेर बालक मन न हो   निश्चल  निस्कपट। उ बाहिर सडकमा खेलिरहेको थियो दुनियाको तामझाम बाट बेखबर भई र यो नै उसको मृत्युको कारण बन्यो। हजुर , यो घटना महोत्तरी जिल्लाको बनौटा गाविस वडा न.९ मा घटेको छ । जिल्लाको मध्य उत्तरवर्ती गाउँ बनौटाको सरंचिया टोलमा घरपरिवार चलाउदै आएका विदेशी सदालाई बज्रपात झैँ भयो जब उसले थाहा पायो उसको ७ बर्षीय छोरा प्रविणकुमार सदा यस दुनियामा रहेनन् ।
करिब हप्तादिन देखि तराईमा चलिरहेको शितलहर हावा हुस्सुको समयमा घर बाहिर सडकमा खेलिरहेको  अवस्थामा प्रविणको मृत्यु भएको हो ।विदेशीले आफ्नो छोराको ज्यान आफ्नै परिवारजनको लापरवाहिले भएको बताउदै भावविह्वल भए । अहिले महोत्तरीमा बुढापाकाहरु शितलहर हावा हुस्सुले बिरामी पर्ने क्रम तिब्र छ ।  महोत्तरीमा हालसम्म जाडोले पाँच जनाको मृत्यु भईसकेको जनाईएको छ। त्यसैगरी सप्तरीमा पनि जाडोले मर्नेको जनासंग्ख्या आधा दर्जन पुगिसकेको छ।तराइका जनजीवन शीतलहरले अत्यधिक प्रभावित हुदै गईरहेको छ।

One Response

  1. Yo kura suner malai dherai dukh lagyo. mero euta aagrh ch ki jado badhi ch tayasaile aafno gharka balbalika, budha-budhi ra aafu lai pani satrk rakhnush hai.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: