जाडो प्रकोप: महोत्तरीमा एकैरातमा चार महिलाको मृत्यु

जलेश्वर महोत्तरी पुस,२१ – जाडोले मृत्यु हुनेहरुको संख्यामा कमि हुन सकेको छैन। तराइको विभिन्न जिल्लाहरुमध्ये महोत्तरी ,सप्तरी अत्यधिक प्रभावित भएका  छन् भने जनजीवन तथा जनताहरुको दिनचर्या पूर्ण रुपले परिवर्तन भएको छ ।बच्चाहरु बिधालय जान छोडेका छन् ।  आमजनता बिहान सबेरै उठ्न छाडेका छन् ।  खेताला खेतमा काम गर्न अबेर जाने गर्न थालेका छन् भने कपडा पसलेहरूको जगजगी भएको छ । उनि लयायत अन्य जाडोका लुगाहरुको अत्यधिक बिक्रि वितरण भईरहेको छ।  पैसा हुनेहरुले विभिन्न तरिका अपनाईरहेका छन् भने निमुखा गरिब र बिपन्न परिवारका हरुको ज्यान अनाहकमा गईरहेको छ।

यसरि गरिब र बिपन्न परिवारका चारजनाले पुन:जाडो थाम्न नसकी ज्यान गुमाएका छन। मर्नेहरुमा चारैजना महिला रहेको हाम्रा महोत्तरी सहकर्मीले जनाउनुभएको छ।   मर्नेहरु कोल्हुवा गाविस की ४९ बर्षिया महिला चन्द्रकला देवी ,४५ बर्षिया सुनिता देवी रहेकी छिन भने जिल्लाकै सिस्वा गाउँकी ४८ बर्षिया सुकनी देवी मलाह रहेकी छिन।  त्यसैगरी महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा न.१ की ६९ बर्षिया बृद्धा बुधनी देवीको मृत्यु पनि अत्यधिक जाडोले गर्दा भएको छ।  जिल्लाको अस्पतालहरु जाडोले बिरामी भएकाहरु बाट भरिएको छ ।

One Response

  1. yo kura suner dherai dukh lagyo. yasbat bachan sawdhani apanaunu nai besh ch.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: