मीरेष्ट नेपालको समायोजक कार्यक्रम सम्पन्न

ओमप्रकाश
बीरगंज, पौष २१, मीरेष्ट नेपालले बीरगंजको घण्टाघरचौकमा आयोजना गरेको मीरेष्ट जनसञ्चार अभियान समायोजन कार्यक्रम सम्पन्न भएको छ ।.
अधिकार, समता तथा सामाजिक रुपान्तरका लागि आमसञ्चार अभियान मीरेष्ट नेपालले राजनीतिक प्रक्रिया, समावेशिकरण एवं प्रजातान्त्रिकरण प्रक्रियालाई निरन्तरता दिदै आज बीरगंजको घण्टाघरमा संविधान निर्माता संविधान सभाका सदस्य र आमनागरिकबीच प्रत्यक्ष अन्तरक्रियात्मक खुला वहस कार्यक्रमको छायाङ्कन गरेको छ ।

कार्यक्रममा उपस्थित संविधानसभा सदस्यहरुले सबै राजनैतिक दल सहमतिय प्रणाली अर्न्तर्गत अगाडी नबढेसम्म समयमा संविधान बन्नेमा आशंका ब्यक्त गरेका छन् । सहभागि आमनागरिकले भने अहिलेको संविधान सभा समयमा लेखिएन भने त्यसको सम्पूर्ण दोष सभासदहरुलाई जाने बताएका छन् ।
संविधान निर्माण गर्ने जिम्मेवारी दिएर पठाएको दल र नेताहरु अहिले देश र जनताको समस्या भन्दा पनि आफनो र पार्टीको विवादमा फसेकोले संविधान निर्धारित समयमा बन्न नसक्ने अवस्था सृजना भएकोमा जोड दिएका थिए ।

कार्यक्रममा एकीकृत नेकपा माओबादीका इस्लाम मिया धोवी, नेपाली कांग्रेसका अजय द्धिवेद्धी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमोद कुमार गुप्ता र तर्राई मधेस लोकतान्त्रिक पार्टीका जितेन्द्र सोनलले आमनागरिकले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रमको संचालन स्वागत नेपालले गर्नु भएको छ ।

TNepal Headline News

↑ Grab this Headline Animator

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: