मलेसियामा जेल परेका नेपाली स्वदेश फिर्ता

विजय गुरागाईं 
क्वालालम्पुर । आफ्नो सुनौंला भविष्यको लागि बिदेशिन बाध्य भएका सिधा सोझा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई गाउँका मानव तस्करहरुले बिभिन्न लोभ देखाउँदै आफ्नो स्वार्थको लागि जस्तो सुकै कम्पनी र काममा पठाईरहेको कुरा तपाईं हामीबीच घाम जस्तै छर्लङ्ग छ । त्यही सिलसिलामा बिभिन्न समयमा मलेसिया आइपुगेका नेपाली दाजुभाइ दिदीबहिनी कम्पनीको शारीरिक तथा मानसिक यातनाको कारण सम्बन्धित कम्पनी छोडी अवैधानिक रुपमा बस्दैआएको छ । नुसन्तरा सेक्युरिटी सर्भिस अन्तर्गत एस्ट्रो कम्पनीमा अवैधानिक रुपमा काम गर्दै आइरहेको बेला उनी सहित ४ जना नेपालीहरु पक्राउमा परेका हुन् । ४ जना मध्ये नोभेम्बर २८ तारीखमा नवलपरासीका गुणराज घिमिरे स्वदेश फिर्ता भईसकेका छन् । बाँकी २ जनालाई सम्बन्धित मान्छे भेट्टाउन नसक्दा केही समय ढिला भएपनि धार्दिङ्गका रामकृष्ण रुवाली र दमक ७ झापाका निशानकुमार मगर २४ डिसेम्बरका दिन स्वदेश फिर्ता भएको छ। सल्यानटार ९ धार्दिङ्गका रामकृष्ण रुवालीलाई घरमा छोराको ’boutमा जानकारी गराउँदा उहाँको ७३ बर्षिय बुबा भिमबहादुर रुवालीले आफ्नो आशाको दियो एकमात्र छोरालाई जेलबाट मुक्त गर्न पहल गराईदिएकोमा फोनवाटै लुम्बिनी सम्पर्क माचका पदधिकारीहरुलाई धन्यवाद दिएका थिए । यसैगरी जेल चलान भईसकेका एक जनालाई पनि लुम्बिनी सम्पर्क माचका अध्यक्ष र उहाँका मित्र रामप्रसाद सिटौलाको पहलमा खोजतलास गर्दा काजाङ्ग जेलमा रहेका र। उहाँको बिवरण नाम बुद्धबहादुर तामाङ्ग बर्ष २० हेलौछा गाविस ५ भोजपुरका हुनुहुन्छ । उहाँको बडी नम्बर १-०९-०८४३९ रहेको छ भने उहाँका आफन्त साथीभाइले सम्पर्क या जानकारी चाहेमा रामप्रसाद सिटौलासंग ०१६-३३४३४०१ वा पदम राना फोन नम्बर ०१६-६८३७३७६ सम्पर्क सक्नुहुनेछ । स्वदेश फिर्ता हुने तीन जनालाई लुम्बिनी सम्पर्क मचको पहलमा सामान तथा निजका ब्याग जेलमा नै उपलब्ध गराइदिएको थियो । यसैगरी स्वदेश फिर्ता हुने तीनजना साथीहरुलाई पूर्णरुपमा सहयोग गर्ने क्रममा मनकुमार तामाङ्ग केशव घिमिरे दिपक गुरुङ्ग सुनिल हर्कबहादुर र ज्ञानेन्द्र थापाको पनि प्रमुख भूमिका रहेको थियो । यसैगरी सेलाङ्गर र पेराकको जेलबाट अन्य दुई जनालाई स्वदेश फिर्ता गरिएको थियो भने अन्य जेलहरुमा नेपाली भएको जानकारी प्राप्त भएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: