अज्ञात समुहको गोलीबाट तिनको मृत्यु ,अन्य घाइते

निजगढ २०६६ पुस २३ – हिजो राति बुधबार एकाएक गाउँ नजिकैको नयाँ चिमनी भट्टाको उदघाटनको उपलक्ष्यमा भोज खाएर फर्किरहेको समयमा  बाटोमै अज्ञात समुहले गोलि चलाउदा तीनजनाको मृत्यु भएको छ ।गोलि लाग्दा घटनास्थलमा नै  मृत्यु हुनेमा गंजभवानीपुर वडा न.९ का २७ बर्षीय अम्बिका महतो थिए भने कलैया अस्पतालमा उपचारको क्रममा २८ बर्षीय दारा यादवको मृत्यु भएको हो । त्यसैगरी उपचारकै क्रममा ३५ बर्षीय रामप्रकास यादवको मृत्यु नारायणी उप क्षेत्रीय अस्पताल ,बिरगंजमा भएको प्रहरीले जनाएको छ।  गोलि लागेर नेकपा माओवादीका क्षेत्रीय सेक्रेटरी कन्हैया यादव र सियाराम कुशवाहा गम्भीर घाईते भएका छन् ।
प्रहरीले कन्हैया यादवलाई तिन गोलि लागेको जनाएको छ भने उनको बिरगंजमा उपचार सम्भव नभएपछी  काठमाडौं लगिएको जनाईएको छ । मृत्यु भएका रामप्रकाश यादव कन्हैया यादवको दाजु हुन भने दारा यादव भान्जा हुन । अज्ञात समुहले कन्हैया यादवलाई लक्षित गरि गोलि चलाएकोमा अन्यको मृत्यु भएको जनाईएको छ ।  घटनाको छानबिन जारि रहेको जनाईएको छ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: