• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनमुक्ति सेनाको वहिर्गमन विहीबारबाट शुरु

ओमप्रकाश
सिन्धुली, पौष २४, संयुक्त राज्य संघको राष्ट्रिय संघीय मिसन अनमिनको प्रमाणिकरणमा प्रमाणित हुन नसेकेका अयोग्य माओबादी जनमुक्ति सेनाको वहिर्गमन विहीबार सिन्धुलीको दुधौली कर्था १ स्थित दोस्रो डिभिजनबाट शुरु भएको छ ।.
राष्ट्र संघले पि।एल।ए। को दोस्रो डिभिजनमा रहेका २०१ जना अयोग्य जनमुक्ति सेनालाई औपचारिक रुपमा वहिर्गमन गरेको हो । राष्ट्र संघीय मिसन अनमिनले प्रमाणिकरणमा प्रमाणित हुन नसकेका जम्मा ३७२ जना जनमुक्ति सेनामध्ये २०१ जना लडाकु सेनालाई जनमुक्ति सेना नेपालका प्रमुख नन्दकिशोर पुन ९पासाङ्ग० र जनमुक्ति सेना उपप्रमुख बलदेवले संयुक्तरुपमा टिका र फुलमाला लगाई बिदाई गरेका हुन ।

वहिर्गमन भएका सेनालाई राष्ट्र संघीयको तर्फाट प्रति ब्यक्ति १० हजार रुपैया र नेकपा माओबादीको तर्फाट प्रति ब्यक्ति १२ हजार रुपैया गरी जम्मा २२ हजार रुपैया बाटो खर्च भनेर दिईएको थियो । वहिर्गमनमा परेको अधिकांश सेनाहरुले बाटो खर्च वापत पाएको सुविधा लिए पनि अन्य तालिमका प्याकेजहरु भने नलिने बताएका छन् । पहिले बन्दुक चलाउन सिखाउने र अहिले आएर बाख्रा, भैसी पाल्न र धुप अगरबत्ति बनाउन सिखाउनुको कुनै तात्पर्य नुहने वहिर्गमनमा परेका सेनाले बताएका थिए । आफुहरुले देश र जनताको लागि लडयौ र फेरी पनि आफनै तरिकाले देश र जनताकै लागि लडिरहने छौ भनेर बताए । युद्धको बेला कुनै प्रमाणिकरणको आवश्यक्तै परेन अहिले आएर आफनै शिविरमा बस्न लाई समेत विदेशीहरुले प्रमाणिकरण गर्नु पर्ने प्रावधान आफुहरुलाई अलि मन नपरेको दुखेको ब्यक्त गरेका छन् ।

जम्मा ३७२ जना प्रमाणिकरणमा नपरेका सेनामध्ये अन्य सेनाहरु केही विदामा र केही चाही शिविर छाडेर भागेकोले विहीबारको वहिर्गमन समारोहमा जम्मा २०१ जनालाई मात्रै बिदाई गरिएको थियो । विदाई हुनेमा १४२ जना पूरुष र ५९ जना महिला सेनाहरु छन् । यी मध्ये करिव ८ जना महिला बच्चा समेत विदाई भएका छन् । आफनो काखमा बच्चा बोकेर विदाई हुनेहरुमा सरिता भुजेल, मेलिना र्राई, तुलसा पौडेल र अस्मिता र्राई रहेका छन् । अन्य महिलाले भने आफनो नाम बताउन मानेनन् ।
यसरी बच्चा काखमा लिएर विदाई भैरहेका महिलाहरुसंग तपाईहरु के कुरामा अयोग्य हुनु भएको भनेर सोध्दा माओबादीको आखाले त योग्य नै थियौ, तर विदेशी संघ संस्थाहरुको आखामा चाही हामी अयोग्य भयौ । त्यसैले वाहिरिनु परेको बताउछन् । तर हामी देश र जनताको लागि लडेका थियौ, अहिले पनि फेरी देश र जनताको शान्तिकै लागि हामी वाहिरिएका हौ भनी बताए ।

संयुक्त राष्ट्र संघले एक बर्षसम्म वहिर्गमनमा परेका सेनाहरुको सुविधाको लागि भनेर एउटा विशेष परिचय पत्र उपलब्ध गराएको छ । १ बर्षसम्म मान्य हुने यस परिचय पत्रको आधारमा शैक्षिक तथा ब्यवसायिक तालिम लगायत आर्थिक सहयोग समेत उपलब्ध गर्राईने संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि तथा मानवीय सहयोग संयोजक रोवर्ट पाईपरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले वहिर्गमन भएका सबैलाई पाच वटा गाडीमा राखेर उनीहरुको गन्तब्यसम्म पुर्‍याउने ब्यवस्था समेत मिलाएको थियो ।
एकीकृत नेकपा माओबादीका केन्द्रिय सचिव तथा सभासद सि।पि। गजुरेलले जबसम्म सेना समायोजन हुदैन तबसम्म नया संविधान बन्दैन भनेर ठोकुवा गर्नु भएको छ ।
सिन्धुलीको दुधौली गाबिसस्थित दोस्रो डिभिजन कार्यालयमा वहिर्गमनमा परेका सेनाहरुको विदाई कार्यक्रमलाई सम्बोधन गर्न पुग्नु भएका कार्यक्रमका प्रमुख अतिथि गजुरेलले यस्तो ठोकुवा गर्नु भएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले अहिले आएर जनमुक्ति सेना नेपाली सेनामा समायोजन गर्नै हुदैन भनेर दिएको अभिब्यक्ति प्रति टिप्पणी गर्दै यो ज्ञानको कमि भएको र बुद्धि नभएको बेवकुफहरुले दिने अभिब्यक्ति भएको बताउदै, यदि जनमुक्ति सेना माओबादीको फिलोसोपी बोकेको सेना हो भने, आजको नेपाली सेना पनि करिव २४० बर्षसम्म राजतन्त्रको फिलोसोपी बोकेको सेना थियो । एउटा ब्यक्ति र परिवारको फिलोसोपी बोकेको शाही सेना, नेपाली सेना बन्नसक्छ भने देश र जनताको फिलोसोपी बोकेको माओबादी जनमुक्ति सेना चा“ही किन नेपाली सेना हुन सक्दैन भनेर सेना समायोजनको विरोध गर्नेसंग गजुरेलले प्रश्न गर्नु भएको थियो ।
हामी सेना समायोजन चाहन्छौ तर कसैको दया र भिखमा होईन । भर्खरै प्रधानमन्त्री माधव कुमार नेपालले तीन चार हजार माओबादी लडाकुलाई औधोगिक र सीमाको सुरक्षा प्रयोजनमा समायोजन गर्न सकिन्छ भनेर दिएको अभिब्यक्ति प्रति तिखो प्रहार गर्दै नेता गजुरेलले हामीलाई कसैले दिएको भिख र दयामा समायोजन गर्नु छैन भनी बताउनु भयो । संयुक्त राष्ट्र संघको प्रमाणिकरणमा परेका सबै जनमुक्ति सेनालाई नेपाली सेनामा अधिकार सहित समायोजन नगरेसम्म, न नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्छ र समयमा नया संविधान नै लेखिन सक्छ, गजुरेलले चेतावनी थियो ।
तपाईहरु संयुक्त राष्ट्र संघको प्रमाणिकरणमा अयोग्य भए पनि हाम्रो प्रमाणिकरणमा संधै योग्य र काविल हुनुहुन्छ । शाही सेनालाई धुलो चटाउने र देश र जनताको मुक्तिको लागि आफनो आहुती दिन समेत पछि नपर्ने तपाईहरु अयोग्य हुने कुरै छैन । तर अहिले हामीहरु शान्ति प्रक्रियाको नया खेलमा प्रवेश गरेको बताउदै, खेलमा प्रवेश गरिसकेपछि रेफरीको नियमलाई मान्ने क्रममा तपाईहरु वहिर्गमनमा पर्नु भएको नेता गजुरेलले प्रष्ट पार्नु भयो । उहाले अहिले वाहिर भुमिगत सशस्त्र समुह लगायत केही देशी विदेशी आईएनजिओ र एनजिओहरु आफनो निहित स्वार्थपुर्तिको लागि माओबादी सेना कहिले बाहिर आउला भनेर खोचे थापेर बसेका छन् । त्यस्ताबाट सावधान रहन सचेत समेत गराउनु भयो ।
कार्यक्रममा जनमुक्ति सेनाका प्रमुख पासाङ्गले सरकारले जनमुक्ति सेनाप्रति गम्भीर नभएको आरोप लगाउदै, पासाङ्गले वहिर्गमनमा परेका सेनालाई अब समाजमा गएर देश र जनताप्रतिको आफनो उत्तरदायित्व निर्वाह गर्न अनुरोध गर्नुभयो । यसैगरी कार्यक्रममा शान्ति तथा पूनर्स्थापना मन्त्रालयका सचिव पूण्यप्रसाद न्यौपाने, संघका रोवर्ट पाईपर, सेनाका उपप्रमुख वलदेबले विदाई मन्तब्य राख्नु भएको थियो । विदाई समारोह २ नम्बर डिभिजन प्रमुख सुकबहादुर रोक्का ९शरद० को अध्यक्षतामा सम्पन्न भएको थियो ।

TNepal Headline News

↑ Grab this Headline Animator

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: