• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मानवअधिकार संकटमा,हत्याअपहरण अधिकांस: इन्सेक

अमरकान्त ठाकुर
जनकपुरधाम पुस २५- गएको एकबर्ष यता धनुषा जिल्लामा विभिन्न पक्ष बाट १८ जनाको हत्या भएको छ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनुषा द्वारा जारि गरिएको २०६५ पुस १७ गते देखि २०६६ पुस १६ गते सम्मको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको इन्सेकका प्रतिनिधी रोशनदीप ढकालले जनाउनुभएको छ ।यस अवधिमा राज्यपक्ष बाट ७ जना र अन्य पक्ष बाट ११ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ।राज्यपक्ष बाट महोत्तरी जिल्लाको भरतपुर बस्ने सुरेन्द्र महतोलाई हरीहरपुरमा , धनुषाधामको उदगार मण्डल र घुरन साहलाई कुर्थामा, हठ्ठीपुर हडबाडाको अजय कुमर मण्डललाई भूतहीपटेर्वामा, आकाश त्यागी नाम बाट चिनिने रामकुमार यादवलाई जनकपुर-७ मा , खरिहानीका रामपुकार कापरलाई भरतपुरमा हत्या गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी माओवादी तथा तराई एकता परिषद द्वारा पत्रकार उमा सिंहलाई, मधेशी साइलेन्ट किलर्स  द्वारा हरिहरपुर बस्ने मेघबहादुर वोमजम, सुकन महतो ,सनविहारी महतो ,सबैलाका सुर्य नारायण महतो , जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वाला सिंह समूह बाट जनकपुर -२ बस्ने नरेन्द्र खातिको हत्या भएको उल्लेख छ ।त्यस्तै अज्ञात समूह बाट धनुषा खरियानीका रामसोगारथ कापर ,पतनुकाका जगदीश साह, जनकपुर- ६ का नविन राय, सिनुरजोडाका अस्लम नदाफ ,चक्करको मोजिम मन्सुरको हत्या भएको प्रतिवेदनमा उल्लेख छ।राजनीतिक प्रतिशोधमा

धनुषाकै सतोषरका विरेन्द्र कुमार रायको पनी हत्या भएको जनाईएको छ।यस अवधिमा दर्जनौ घाइते पानी भएका छन्। त्यसैगरी एक दर्जन अपहरणका घटना, बाल अधिकार, महिला अधिकार सहितका उल्लङ्घन तथा वहुविवाह ,पारिवारिक हिँसा, भौतिक संरचनामा क्षति ,लुटपाट सहितका घटना भएको  प्रतिवेदनमा उल्लेख छ।घटनामा संलग्न रहेका मध्ये धेरै माथि कार्यवाही भएको र अधिकांस घटनाका दोषी अहिलेसम्म पनी पत्ता लागेका छैनन्।


Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: