• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

ग्याँस विक्रेता महासंघले आन्दोलन गर्ने

रोशनकुमार झा
जनकपुरधाम पुस २५ – ग्याँस विक्रेता महासंघ नेपालले ग्याँसको मुल्यमा गरिएको वृद्धिको विरोध गर्दै आन्दोलन गर्ने निर्णय गरेको छ । महासंघको प्रथम महाधिवेशन पछि जनकपुरमा आज भएको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले पहिलो चरणमा दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेश्वर अर्यालले बताएका छन ।बैठक पछि महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालले नेपाली जनताको क्षमता भन्दा बढी मुल्यवृद्धि गरिएकाले आफुहरु आन्दोलन गर्ने निर्णय गरेको बताए ।पहिलो चरणको आन्दोलन अन्तर्गत नेपाल आयल निगम आपुर्ती मन्त्रालय तथा अर्थ मन्त्रालयमा डेलिगेशन जाने प्रमुख राजनीतिक दलका नेताहरु सँग छलफल तथा विभिन्न उपभोक्तावादी संगठन सँग समन्वय गर्ने लगायतको कार्यक्रम गरिने छ । र त्यस पछि पनि सरकारले मुल्य घटाएनन भने सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।होटलहरुको सबसिडी ले सरकार लाई कुनै फाइदा भई रहेको छैन । अध्यक्ष अर्यालले भने -ुसब्सीडी जनताले पाउनु पर्छ । मूल्य अभिवृद्धि कर मात्र खारेज गरिए ग्याँसको मुल्य नियन्त्रणमा आउने उहाँको भनाइ थियो ।यता १५ वर्ष देखी विना टेस्ट गरिएको सिलीण्डर बजारमा प्रयोग भई रहेको छ जसले दुर्घटनाको खतरा छु अर्यालले भने -यसको जवावदेही सरकारले लिनु पर्छ ।त्यस्तै काठमाडौ र तराइका जिल्लाको ग्यासको मुल्य बराबर रहेकोमा पनि अर्यालले आपत्ति जनाए । तराइमा कम्तीमा काठमाडौ भन्दा ५० रुपैया सस्तो हुनु पर्ने बैठक द्वारा नै निर्णय गरिएको छ ।उहाँले तराइमा ढुवानी खर्च कम परेपनि महगो मा किन्नु परेको भन्दै विरोध जनाएका थिए । एक दिवसिय सो बैठकमा कार्यसमितिका ३५ जनाको सहभागिता रहेको थियो ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: