दोहा,कतार ,पुस २५ – संबिधान लेखन र मुस्लिम पहिचान लगायत अधिकार सुनिश्चितताका निम्ति युवा शिक्षा र सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रम यहाँ एक भब्य समारोहका बीच सम्पन्न भएको छ। शुक्रवार गरिएको सो कार्यक्रम प्रवासी मुस्लिम समाजका अध्यक्ष मकसुद आलमको सभापतित्वमा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि एन.आर.एन.ए.दोहा च्याप्टरका बरिष्ठ उपाध्यक्ष अजिजुर रहिमान शेख हुनुहुन्थ्यो भने बिशेष अतिथि मौलाना समसुद्दिन मियाँ तथा अतिथि मौलाना मो.हारून जोल्हा(फैजी) हुनुहुन्थ्यो ।
कार्यक्रमको आरम्भ कुरानको आमात बाट मौलाना समसुद्दिन मियाँ द्वारा गरिएको थियो। सो कार्यक्रमका संचालक मजिद मियाँ रहेका थिए। कार्यक्रममा अजिजुर रहिमान शेखले स्वागत् मन्तब्य तथा समाजको अन्तरक्रिया कार्यक्रमको अवधारणा समाजका करीम मियाँले राख्नुभएको थियो । कार्यक्रममा मो.आफ्ताब आलम,वासिद शेख,मो.शाकिर अलि,मो.मोकिम मुसलमान ,असरारुद्दीन मुसलमान ,अब्दुल हाफिज,कासिम राइन लगायतले आ आफ्ना मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
Advertisements
Filed under: तराई नेपाल |
Bhahut Badhiya, Bhahut Khub, very nice.
thanks.
BHAHUT BANIYA BHUT BANIYA SAB SAB KARYA KE LAGI DANYBADDD