• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

राजनीतिक कारण नेपाल -भारत सम्बन्ध कमजोर

जनकपुरधाम पुस २५ – राजनीतिक विद्वेशका कारण परापुर्व काल देखि नेपाल-भारत सीमावर्ती क्षेत्रमा वसोवास गर्ने जनताहरुबीचको सम्बन्ध चिसिएको एउटा कार्यक्रममा वक्ताहरुले बताएका छन्।पहिलेको अपेक्षा सीमावर्ती क्षेत्रमा वसोवास गर्ने दुबैपारिका जनता बीचको सम्बन्ध कमजोर भएको वहाँहरुको भनाई रहेको थियो। सर्लाहीका डा .नवल किशोर सिंहद्वारा आयोजित नेपाल भारत सीमावर्ती क्षेत्र विचार मंच, विचार गोष्ठीमा  वक्ताहरुले सीमवर्ती क्षेत्रमा वसोवास गरिरहेका जनता हरुबीच बलियो सम्बन्धको स्थापना हुनुपर्ने बताएका छन्।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षता तथा प्रा.डा. पशुपति नाथ झाको प्रमुख अतिथ्यमा भएको गोष्ठीमा अधिवक्ता उदयकान्त दत्तले नेपालको राजनीतिक दलहरुको संकुचित सोचका कारण सीमावर्ती क्षेत्रका जनताहरुले दुःख भोगि रहेको बताउनुभयो।वहाँले नेपाल भारत बीचको संस्कृतिक सम्बन्धलाई तहस नहस गर्न संविधान सभामा पनी षडयन्त्र भईरहेको  दावी गर्नुभयो। त्यसैगरी एकीकृत नेकपा माओवादी धनुषाका इन्चार्ज रोशन जनकपुरीले सीमावर्ती क्षेत्रका जनताहरुको नभई भारतीय विस्तारवादको आफूहरु विरोधी रहेको बताउनुभयो। वहाँले सीमावर्ती क्षेत्रका जनताहरु बिचको सुमधुर सम्बन्ध स्थापना आफ्नो चाहना रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा काशिकान्त झाले सीमवर्ती क्षेत्रमा वसोवास गर्ने दुबैतिरका जनताहरु सम्मिलित समिति गठनको आवश्यकतामाथि जोड दिनुभयो। यसको नेतृत्वको काम यूवासभले गर्नुपर्ने बताउदैं झाले  – प्रबुद्ध वर्गहरुले मार्ग निर्देशन गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा विशेष अतिथि न्यायाधिश सल्लाउद्दीन अख्तर सिद्दकी, डा. नवल किशोर सिंह , चन्देश्वर प्रसाद रौनियार, एमाले नेता शितल झा ,दिनानाथ मिश्र ,रेखा राय, प्रफुल्ल घिमिरे, प्रवेश चौधरी, मधेशी जनअधिकार फोरम मधेशका केन्द्रीय उपाध्यक्ष रामप्रकाश साह, अध्यक्ष नेपाली तथा प्रा.डा. झा सहितका वक्ताहरुले नेपाल भारत बीचको सम्बन्ध र वर्तमान स्थिति सम्बन्धमा आ आफ्नो धारणा राख्नुभएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: