महालक्ष्मी फाइनान्सको साधारण सभा सम्पन्न

ओमप्रकाश
बीरगंज, पौष २५, महालक्ष्मी फाईनान्स लिमिटेड ९ वित्तिय संस्था० ले आज एक कार्यक्रमको आयोजना गरी आफनो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।.
बीरगंज उधोग बाणिज्य संघको सभाकक्षमा आयोजना गरेको साधारण सभामा संचालक समितिका अध्यक्ष बाबुलाल अग्रवालले आर्थिक बर्ष ०६५/०६६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मुलुकको वर्तमान अवस्थामा देशको आर्थिक परिस्थिती अनुकुल नभएपनि संस्था, निक्षेपकर्ता तथा ग्राहकहरुको विश्वासको कारण गत आर्थिक बर्षको तुलनामा १७।६२ प्रतिशतले निक्षेपमा बृद्धि गरी १ अर्व २४ करोड २० लाख ६० हजार पुर्‍याएको छ भने कर्जा सापट तर्फ १०.२६ प्रतिशतले बृद्धि गरी १ अर्व ८ करोड ६३ लाख २२ हजार लगानी गरी खुद मुनाफामा ४०.१६ प्रतिशतले बृद्धि गरी २ करोड ७९ लाख ४ हजार रुपैया नाफा गर्न सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको थियो । कम्पनिले आफना शेयरहोल्डरहरुलाई २४ प्रतिशतको दरले लाभाशं वितरण गर्ने प्रस्ताव संस्थाको साधारण सभाले पारित गरेको छ ।
हाल पर्साको बीरगंज, बाराको कलैया, चितवनको नारायणगढ, काठमाडौको रामशाहपथ र मकवानपुरको हेटौडामा गरी पाच शाखा कार्यालयबाट आफनो वित्तिय कारोवार गर्दै आईरहेको यस संस्थाले सबै शाखाहरुमा ब्द्यद्यक् सुविधा उपलब्ध गराउदै निकट भविष्यमा क्ःक् द्यबलपष्लन द्यबलपष्लन र ब्त्ः सुविधा संचालन गर्नुको साथै थप शाखाहरु पनि बिस्तार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले बताउनु भएको छ ।
कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संचालक समितिका सदस्यहरु हर्र्रिसाद गिरी, रमेश कुमार भट्टर्राई, लक्ष्मणजी कलवार, श्यामसुन्दर रुगंटा, रामावतार खण्डेलवाल र अरविन्द कुमार खेतानको उपस्थिती रहेको थियो ।

TNepal Headline News

↑ Grab this Headline Animator

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: