• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मिथिला महोत्सवको तैयारी शुरु प्रचार प्रसार समिति गठन

रोशन कुमार झा
जनकपुरधाम पुस २४ – चैत ९ गते देखि १३ गतेसम्म जनकपुरमा हुने मिथिला महोत्सवको तैयारी शुरु भएको छ।विभिन्न उपसमिति हरुको चयन भईरहेको छ।यसै क्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष उमेश साहको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ।महोत्सवलाई कसरी बढी भन्दा बढी मिडिया कभरेज गर्ने त्यसतर्फ प्रचार प्रसार उपसमितिले कार्य गर्ने मिथिला महोत्सव आयोजन समितिका संयोजक दिगम्बर रायले जानकारी दिनुभयो।ऐतिहासिक तिरहुतिया गाछीमा हुने सो महोत्सवमा  तिसवटा स्टल राखी विभिन्न बस्तुसामाग्री प्रदर्शन, विचार गोष्ठी ,कवि गोष्ठी ,लोक नाट्य .लोक नृत्यलाई प्रदर्शन गरिनेछ।

समितिद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष एवं मिथिला महोत्सव आयोजन समितिका संयोजक दिगम्वर रायले भन्नुभयो – जनकपुरको ऐतिहासिकता पुनः स्थापित गराउनमा महोत्सव सहायक हुनेछ।”हमर संस्कृति हमर पहिचान समृद्ध मिथिला हमर अभियान” को नारासाथ  महोत्सवमा नेपाल भारतका अतिरिक्त तेश्रो मुलुक बाट पर्यटक जनकपुर ल्याउने प्रयास शुरु भैसकेको जानकारी गराईएको छ । समारोहमा संयोजक रायले  महोत्सवद्वारको स्केच प्रदर्शन गर्नु भएको थियो।

यता लाखौं रुपैयाको खर्च हुने महोत्सवको सम्पूर्ण खर्च सांस्कृतिक मन्त्रालयबाट लिइने जानकारी वृहत्तरका निर्देशक नेवल चौधरीले दिनुभयो छ। वहाँको  भनाई थियो “यसपाली झोला लिएर पैसा उठाउने कार्य गरिने छैन भन्दैं महोत्सव ढिलो हुने कारण बजेट ढिलो पारित हुनु हो बताउनुभयो।

स्टलको माध्यम बाट मिथिलाको इतिहास प्रदर्शन गर्ने नयाँ शैलीको महोत्सव हुने जानकार हरुको भनाइ रहेको थियो। कुनै समयमा राजा जनकको दरवारमा शास्त्रार्थ हुने गरेको थियो सोको प्रतिक बनाएर पनी राखिने त्यसैगरी  विभिन्न काल खण्डको नक्शा, तामपत्र शिलापत्र एवं ऐतिहासिक साक्ष्यको संगै तिरहुताक्षरमा लिखित अभिलेख पनी प्रदर्शन गरिने छ।जानकी मन्दिरको गहनाहरु केन्द्रीय गुठि कर्यालयमा राखिएको छ। सो सामाग्रीलाई ल्याउने प्रयास पनी भईरहेको वृहत्तरका निर्देशक चौधरीले जानकारी दिनुभयो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: