• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

भारतीय मोबाइल माथि नियन्त्रण

भारतीय मोबाईल फोनबाट अत्याधिक फोन धम्की आउन थालेपछि बीरगजमा भारतीय ।मोबाइलको प्रयोगमा नियन्त्रण गर्ने काम आजबाट शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय मोबाईल प्रयोगकर्तालाई सात दिन भित्र भारतीय मोबाईलको लागि जडान गरिएको एन्टेना हटाउन आव्हान गरेको छ । बीरगंजमा भारतीय मोबाईलको प्रयोगमा बृद्धि भएपछि भारतीय अपराधीक समुहले यसको फाइदा उठाउदै बीरगंजबाटै फोन धम्की दिने कार्यहरु बढन थालेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो कदम चालेको हो ।

पर्साका प्रजिअ यादव कोईरालाले ६० प्रतिशत फोन धम्की भारतीय मोबाईलबाटै आउने गरेको दावी गरेका छन् । भारतमा फोन गर्न सजिलो हुने भएको र यसबाट पैसामा समेत बचत हुने भएको बीरगंजमा बसोबास गर्ने ब्यापारीहरुले यस्तो एन्टेना झुण्डयाएर भारतीय फोन सेवा लिईरहेका थिए । तर स्थानिय प्रशासनको अनुसन्धानबाट यस्ता एन्टेनाबाटै नेपाल तथा भारतीय अपराधीक समूहले र्सवसाधारणलाई फोनबाट धम्की दिदै आएको जानकारीको आधारमा यस्तो कदम चाल्नु परेको प्रजिअ कोइराला बताउछन् ।

बीरगंजमा यस्तै एन्टेनाको प्रयोग गरी र्सवसाधारणलाई पिसिओ संचालकहरुले अवैद्यरुपमा प्रति मिनेट रु। ३ का दरले सेवा उपलब्ध गराउदै आईरहेका थिए । त्यस्ता पिसिओहरुमा पनि प्रहरीले आजैबाट सेवा रोक लगाएको छ । कानूनी रुपमा पनि रोक रहेको हुदा अटेर गर्नेहरुलाई थुनामा राखी दण्डित पारीने प्रजिअ कोइरालाले बताए । प्रशासनको आग्रहलाई स्वीकार्दै अधिकाश भारतीय मोबाईल प्रयोगकर्ताले एन्टेना हटाउन शुरु गरीसकेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: