अज्ञात समुहद्धारा सुरक्षाकर्मीको हत्या

बीरगंज, पौष २७, अज्ञात समुहद्धारा चलाएको गोली लागी पर्साका साहायक प्रमुख जिल्ला अधिकारीका अगंरक्षक प्रहरी जवान अनन्त राज खडकाको घटनास्थलमै मृत्यु भएको छ ।.
बीरगंज १२ स्थित आफनो डेराबाट कार्यालयको लागि गाडीमा चढदै गर्दा पर्साका साहायक प्रजिअ बलबहादुर मल्ललाई लक्षित गरी चलाएको गोली लागी अगंरक्षक खडकाको मृत्यु भएको हो । मृतक खडका र्सलाही कालिङजोर ८ निवासी हाल जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका थिए । विहान करिव सवा १० बजेतिर साहायक प्रजिअ मल्लका साथमा डेराबाट बाहिर निस्केका दुबैजना सडकमा रोकिराखेको ना।१ झ। ४८१ नम्बरको गाडीमा सप्रजिअ मल्ललाई गाडीमा चढाएर पछाडीको ढोकाबाट आफु चढदै गर्दा गाडीछेउबाटै तर्राईमुलका लाग्ने एकजना युवक रेडियो सुन्दै गाडीको ढोका नजिक आई सप्रजिअ मल्लमाथि गोली प्रहार गरी अगाडी भएको गल्लीबाट पूर्वतिर भागेको प्रत्यक्षदर्शिहरु बताउछन् । गोली सप्रजिअ मल्ललाई नलागी पछाडी बसेको अगंरक्षक खडकाको घाटीमा लागि अर्कोतिरबाट वाहिरिएको थियो । भाग्ने क्रममा हत्याराले बोकेको इसुमा ब्राण्डको रेडियो सडकमै खसेको थियो ।
घटना भएलगतै एक स्थानिय एफएममा आफुलाई संदिप गिरी भनेर बताउने ब्यक्तिले सो हत्या आफैले गरेको र आफु संयुक्त लोकतान्त्रिक तराइ मुक्ति मोर्चा पवन समुहका पर्साका सैन्य इन्चार्ज संदिप भएको बताए । उनले नेपाल सरकार र आफनो समुहबीच वार्ता भङ्ग भएकोले नेपाल सरकारलाई चेतावनी स्वरुप यो घटना घटाएको दावी गरेका छन् ।
यस’boutमा पर्साका प्रजिअ यादब प्रसाद कोईरालासंग सम्पर्क गर्दा उहाले अहिले हामीले पर्सा जिल्लाकै शान्तिसुरक्षालाई ध्यानमा राखेर यहाको सुरक्षालाई निकै कडा बनाउदै आईरहेका थियौ । तैपनि यो घटना हुनपुग्यो निकै दुखद हो भन्नु हुन्छ । उनीहरुले यसरी जिल्लाकै उच्च निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयलाई नै टारगेट गर्दा केन्द्रियस्तरदेखि जिल्ला सम्मलाई सजिलै आतंकित पार्न सकिने भएकोले यस्तो कायरतापूर्णहत्या गरेका हुन । तर उनीहरुले यो ठुलो गल्ती गरेको प्रजिअ कोईरालाको दावी थियो ।
यस अघि ०६५ साल कार्तिक ३ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्सामै कार्यरत नायव सुब्बा मोहन प्रसाद मैनालीलाई कार्यालय वाहिरको चियापसलमा चिया पिइरहेकै बेला गोली हत्या गरेका थिए । सो घटनाको जिम्मेवारी पनि संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका संदिप भन्ने ब्यक्तिले नै लिएको थियो ।
घटना पश्चात बीरगंज लगायत आसपासका क्षेत्रमा सुरक्षा चेकजाचलाई निकै बनाईएको छ । तर यसरी जहिले पनि घटना भए लगतै सुरक्षाको नाममा प्रत्येक सवारीसाधनलाई रोकेर गरिने चेकजाच प्रति र्सवसाधारणले भने यो चेकजाचलाई घटना भएपछि मात्रै भनदा पनि घटना हुनु पूर्व कर्डाईका साथ नियमित गरेको भए झनै उपलब्धीमुलक हुने थियो भनी बताउछन् ।
त्यसोत बीरगंजस्थित पशुपति रोड क्यारियर प्रा। लि। मा कार्यरत मैनेजर राजेश्वर दुबेको हत्या भएपछि पर्सा प्रहरीले तुरुन्तै हत्यामा संलग्न रहेका तीनै जना अपराधीलाई पक्राउ गरी जिल्लाको सुरक्षालाई निकै कडा पार्दै आईरहेको थियो ।

Advertisements

One Response

  1. bahut dukad ghatna ho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: