• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

रेल्वेको मजदुरहरु बीच विवाद

रोशनकुमार झा
जनकपुरधाम, पुस २७, नेपाल रेल्वेमा कार्यरत कर्मचारीहरु आन्दोलनको नाउँमा दुई भागमा विभाजित भएको छ ।. मधेशी श्रमिक फोरम रेल्वे तथा नेपाल रेल्वे कर्मचारी संघ विभिन्न माँग राखी आन्दोलनमा ओर्ले पछि संयुक्त संघर्ष समिति नेपाल रेल्वे कम्पनी त्यसको विरोधमा लागेको छ ।
संयुक्त संघर्ष समितिको आज भएको बैठकले रेल सुधार सहित विभिन्न माँग राखी संघर्ष समिति आन्दोलन गरि रहेकै बेला श्रमिक फोरमले थालेको आन्दोलन मजदुर विरुद्धको षडयन्त्र रहेको ठहर गरेको छ ।
संयुक्त संघर्ष समितिका अध्यक्ष कपिल देव रायले पुस १९ गते संघर्ष समिति रेल्वेको महाप्रबन्धक यमुना पजियार सहित व्यवस्थापन पक्ष सगँको वार्तामा  माघ १५ गते भित्र माँग पुरा गर्ने भएको सहमति विपरित केही व्यक्तिले  आन्दोलन गर्न लागेको भन्दै आपत्ति जनाएका छन ।


उनका अनुसार सहमति श्रमिक फोरमका प्रतिनिधी समेतको  उपस्थितिमा भएको थियो ।
यता गत २२ गते देखी आन्दोलन गर्दै आएका श्रमिक फोरम र कर्मचारी संघ आफु हरुको आन्दोलन लाई वेवास्ता गरिएको भन्दै मंगल बार दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ ।
मजदुरहरु रेल्वेको सुधार , आन्तरिक प्रतियोगिता बाट स्थायी लगायतको माँग राखी आन्दोलनरत छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: