मुस्लिमहरुको मेहमान नवाजी सम्पन्न आगामी संघर्ष समानता र शान्तिको :यादव

बिरगंज पुस २८ – मधेसी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले आफनो पार्टीको आगामी माघ २ गतेबाट हुने संघर्षलाई समानता र शान्तिको संघर्षको रुपमा बुझिदिन आग्रह गर्नु भएको छ । फोरमले आज बीरगंजमा आयोजना गरेको मधेसी मुस्लिम फोरम नेपाल मेहमान नवाजी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो आग्रह गर्नु भएको हो । उहाले जबसम्म मुलुकमा विभेदकारी नीति र असमानता रहन्छ तबसम्म मुलुकमा शान्ति नआउने र समयभित्रै संविधान पनि नबन्ने दावी गर्नुभयो ।

राजतन्त्रदेखि गणतन्त्रसम्म आईपुग्दा नेपाली शासकहरुले एउटा विशेष समुदायलाई सारा शक्ति लगाएर उठाउने प्रयास गरेका छन भने, अर्को समुदायलाई चाही सारा शक्ति लगाएर दबाउने प्रयास गर्दै आईरहेका छन् । नेपाली शासकको राजनैतिक, आर्थिक, प्रशासनिक, शिक्षा, धार्मिक र सास्कृतिक नीति नै विभेदपूर्ण रहेकोले, यही विभेदकारी नीतिको विरोधमा फोरमले पहिले फेरी संघर्ष गर्न लागेको बताउनु भयो । यो संघर्षले विना भेदभावको सबै जाति धर्म र सस्कृतिलाई समान अधिकार र अवसर दिलाउने यादबको दावी छ ।

नेपालमा रहेका मुस्लिम समुदायको अवस्था शहरमा राम्रो देखिए पनि गा“उघरमा भने अझै पनि सामाजिक, आर्थिक र धार्मिक भेदभाव र असमानता रहेकोले, सरकारले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी र प्रशासनिक तहसम्म पहुच बढाउनु पर्नेमा जोड दिनुभयो । उनीहरुको समानताको लागि मुस्लिम लवलाई सरकारले लागु गर्नु पर्नेमा समेत जोड दिनुभयो ।अहिले सरकारमा रहेकाहरु नै संघीयता, लोकतन्त्र र समानता विरोधमा भाषण गर्दै हिडिरहेको प्रति आपत्ति जनाउदै, अध्यक्ष यादबले जनमत संग्रहको कुरा गर्ने संघीयता र लोकतन्त्र विरोधी भएको आरोप समेत लगाउनु भयो । आफुले वर्तमान सरकारलाई स्वायत्त मधेस प्रदेश र संघीतयाको विरुद्धमा भैरहेको भाषणबाजी प्रति सचेत गराउन खोज्यौ तर नबुझेकोले अब जनताले आफनै भाषामा सरकारलाई सम्झाउने छ यादबले चेतावनि दिनुभयो ।

मधेसी मुस्लिम फोरम नेपालका केन्दिय अध्यक्ष मौलाना मोहम्मद नुरुल होदाको अध्यक्षतामा सम्पन्न भएको मेहमान नवाजी कार्यक्रममा फोरमका केन्द्रिय सदस्य खालिद सिद्धिकी र नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्धिन अंसारीले आफनो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा फोरमका केन्द्रिय महासचिव रामसहाय यादब, के. सचिव रत्नेश्वरलाल कायस्थ, के. कोषाध्यक्ष रेणु यादब, के. सदस्य लालबाबु राउत गदी, सभासद आत्माराम साह, उमेश लाल दास, जिल्ला अध्यक्ष शशिकपुर मिया बाबुजान अलीको सभागिता रहेको थियो । कार्यक्रममा नव(प्रवेशीहरुलाई अध्यक्ष यादबले टिका लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।बीरगंजको टिवडेवाल धर्मशालामा आजबाट फोरमको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । सो भेलामा आगामी संघर्षको ’boutमा र संघीयताको ’boutमा विशेष छलफल हुने फोरमका केन्द्रिय सदस्य उमेशलाल दासले बताउनु भएको छ । भेलामा केन्द्रिय पदाधिकारी लगायत जिल्ला अध्यक्ष्ँ तथा सचिवहरुको सहभागिता रहेकोछ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: