पर्सा बन्दको कारण, बारा र रौतहटको जनजीवन प्रभावित

एकीकृत नेकपा माओबादीको पर्सा क्षेत्र नम्बर २ का सेक्रेटरी राजेश मण्डलको हत्याको विरोधमा माओबादीले आज गरेको पर्सा बन्दको कारण, बारा र रौतहटको जनजीवन प्रभावित भएको छ ।.
पर्सा जिल्लाको लालपर्सा १ निवासी मण्डल मंगलबार साझ करिव सवा ८ बजेतिर आफनो साला मोहन महतोको साथमा बा।२४ प। ८७५९ नम्बरको मोटरर्साईकलमा चढी घरतर्फजादै गर्दा बाराको नितनपुरमा लुकिबसेका ५ जनाको हतियारधारी समुहले मण्डललाई गोली हानी हत्या गरेको हो । आाखा र छातीमा गोली लागेको राजेशको घटनास्थलमै मृत्यु भएको थियो । मृतक राजेश माओबादी निकट भोजपुरा उपराज्य समितिका सदस्यसमेत रहेको भोजपुरा उपराज्य समितिका सेक्रेटरी अञ्जना विसङखेले बताउनु भएको छ ।
घटनाको विरोधमा माओबादी निकट भोजपुरा उपराज्य समितिले आज भोजपुरा उपराज्य अर्न्तर्गत पर्ने पर्सा, बारा र रौतहट बन्दको घोषणा गरेको छ । प्रदर्शनकारीहरुले बन्द सफल पार्न नारायणी अस्पताल अगाडी टायर बाल्नुका साथै बाटोमा ट्रयाक्टर तेर्साएर बाटो अवरुद्ध पारेका छन् । बन्दको कारण शैक्षिक संस्थान, बजार, यातायात लगायत लामो दुरीमा चल्ने सवारी साधन ठप्प पारेका छन् ।
पोष्टमार्टमपछि मण्डलको शवयात्रामा स्थानिय माओबादी कार्यकर्ताहरुले सरकार र भारत विरोधी नाराहरु लगाएका थिए । शवयात्रा नगर परिक्रमा पश्चाता बीरगंजस्थित भारतीय महाबाणिज्यदुतावास अगाडी पुगी भारती विरोधी चर्का नारा लगाएका थिए ।
प्रदर्शनकारीले शवयात्रा लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा जान खोज्दा सुरक्षाकर्मीले रोक्ने प्रयासमा दुबैपक्षबीच केहीवेर झडप समेत भएको थियो । झडपमा प्रहरीले चलाएको लाठी प्रहारबाट माओबादीका केही कार्यकर्ता घाइते समते भएको पर्सा सेक्रेटरी अनिलले जानकारी गराएको छ ।
घटनालाई शान्त पार्न पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ र सशस्त्र प्रहरी उपरिक्षक दिलबहादुर थापा घटनास्थलमा पुगी सम्झाइ बुझाई गरेपछि वार्ताको लागि बारा जिल्ला प्रशासन कार्यालयमा पुग्ने सहमति भएको छ । वार्ता सफल नभएसम्म मण्डलको शवलाई बीरगंजको घण्टाघरचौकमै राखिरहने सेक्रेटरी अनिलले बताएका छन् ।


गत पौष २३ गते राती बाराको गंजभवानीपुरमा तर्राईमा आन्दोलनरत भुमिगम समुहले तीन माओबादी कार्यकर्ताको हत्या गरेको एक हप्ता पनि नबित्दै अहिले फेरी बाराको नितनपुरमा यो घटना भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: