• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनयुद्धको तयारीमा मातृका

मातृका यादवसँगको विशेष अन्तर्वार्ता

मातृका यादवसँगको विशेष अन्तर्वार्ता

नेकपा (माओवादी) का नेता मातृकाप्रसाद यादव फेरी जनयुद्धको तयारीमा जुटेका छन् उनले अब पृथक शैली रणनीतिका साथ जनयुद्ध लड्ने उद्घोष गरेका छन् यसका लागि हतियारकलेक्सन’मा जुटि सकेका छन् , उनी केही महिनाअघि उनको एक ट्रक हतियार भारतबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले कब्जामा लिनुले पनि यसको पुष्टि हुन्छ  स्रोतका अनुसार जनमुक्ति सेनाहरू आउँदा हतियार लिएरै आएका थिए , ती मध्ये अधिकांश हतियार उनकै पार्टी कार्यकर्ताहरूसंग उनीसंगै छापामार लडाकहूरू पनि हजारौको संख्यामा छन्

* हतियारको कलेक्सन
* ठूलो संख्यामा जनमुक्तिसेनाको प्रवेश
* अयोग्य लडाकूहरुलाई ल्याउने तयारी
* किरण बैद्य पक्षधरकोसमर्थन
* मधेशका सशस्त्र समूहसंग बाक्लै छलफलपछि सहमति
* तत्कालिन माओवेवादीको जनयुद्ध भन्दा पृथक रणनीतिक युद्ध हुने 

मातृका यादवसँगको विशेष अन्तर्वार्ता

तपाईहरु जनयुद्धमा जाने तयारी हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

हाम्रो पार्टीको प्रष्ट ठहर के छ भने १२ बदूँ सहमतिले कहे अशमं हामा्रे आन्दाले न सफल भएको छ, राज्यतन्त्र पालिए पनि अझै जनयुद्धको लक्ष्य पुरा हुन नसकेको वस्था छ । जनयुद्धको लक्ष्य थियोः जनताको राज्य बनाउने, उत्पीडित, उपेक्षित, शोषित, दमित र समाजिक उत्पीडनमा परेको जनताको राज्यको स्थापना गर्नु । १२ बदूँ सहमतिपछि पा्र प्त आंशिक उपलब्धिहरूलाई नै क्रान्तिकारी नेताहरूले आफ्नो सफलता ठान्न थाले । नीहरुले क्रान्तिको गलामा पासो लगाउने काम गरे । जनयुद्धका क्रान्तिकारी नेताहरु अहिले निरीह बनेका छन् , जनताविरुद्ध विभिन्न खाले षडयन्त्रहरु भईरहदा, देशीविदेशी शक्ति मुलुकमा हावी भईरहदा पनि उनीहरु टुलुटुलु हेरेर बस्न बाध्य छन् । त्यसैले हामी भन्छौ, मुलुकलाई फेरी जनयुद्धको खाँचो छ । जनता युद्धको तयारीमा जुटिसकेका छन् । जनताको जनसंविधान बन्ने अवस्था नदेखिनुले पनि उनीहरू यसप्रति बढी हौस्सिएका हुन । आवश्यकता अनुसार हामी जनयुद्धमा जान सक्छौ । जनतामाथि बल प्रयोग गरिए त्यसको सशक्त प्रतिकार गर्न हामी तम्तयार भएर बसेका छौ । यसका लागि जनतालाई तयार भएर रहन भनेका छौ । चनाखो भएर , सचेत भएर बस्न हामीले भनेका छौ । जनताको धैर्यताको बाँध टुट्नै लाग्यो, अब जनता धेरै समय पर्खिदैनन् । अर्को कुरा , जमिन फिर्ता भएन रे, सम्पति फिर्ता गरिएन रे भन्ने सुनिन्छ । के ज्यान भन्दा पनि ठूलो सम्पति हो र ? जनयुद्ध या जनआन्दोलनमा मारिएकाहरुको जीवन फिर्ता हुन सक्छ, वेपत्ता पारिएका नागरिकहरु फिर्ता हुन सक्छन ? त्यसैले सम्पति फिर्ताको कुरा गर्नु बेकार हो । हेर्नुस जनता सशक्त नेतृत्वको खोजी गरिरहेका छन् । यहाँ अझै पनि अबशेषका रुपमा जमिन्दारहरू छन् । विर्ताका नाममा बक्सिस पाएकाहरुको नाममा जग्गा छ ।

जनताले त्यो अबाद गरे, ती जग्गा जनताकै हुन , जनताकै जग्गा जनतालाई फिर्ता गराउने थोरै मात्र प्रयास हामीले गरिरहेका छौ ।

एकीकृत माओवादीको गणराज्य घोषणाबारे तपाईको धारणा के छ ?

एकीकृत माओवादीको गणराज्य घोषणा एउटा प्रचारबाजी मात्रै हो । जनताले खोजेको स्वायत्त गणराज्य त्यो होइन । जनतालाई भूलभूलैयामा राखेको छ , एकीकृत नेकपा ९माओवादी०ले । जनसंविधान बनाउनतिर बढी लाग्नु पर्नेमा सबै आफ्नै स्वार्थमा चुर्लुम्म डुबेका छन् । प्रचारमा बढी सक्रिय छ ।

मधेश र मधेशवादी दलका नेताबारे तपाईको धारणा पाउ“ न ?

मधेश छ कि छैन , यो विषय ठूलो विवादमा रहया । हने र्सु मधशे लार्इ इतिहासल समते पुष्टि गरिदिएको छ । मधेश एउटा क्षेत्र मात्रै होइन , राष्ट्रियता पनि हो । त्यसैले मधेश एउटै हुन्छ । मधेशमा धेरैवटा राज्य हुदैन । मधशे लार्इ पश्र ासनिक निणर्य गर्न अधिकार दिनै पर्छ । जहाँसम्म मधेशवादी पार्टीहरूको कुरा छ , त्यसमा जमिन्दार र दलालहरुको बोलबाला बढी छ । ‘कास्टिज्म’ ती पार्टीहरुमा गाँजिएको अवस्था छ । त्यसका नेताहरू मुद्दालाई गौण बनाएर आ–आफ्नै स्वार्थमा बढी डुबेका छन् ।

तपाइर्ल जनयद्धु ÷ क्रान्तिका करु गर्न भया,के अबपनि नेपालमा त्यो संभव छ र ?

हने र्सु , कनु पै नि क्रान्तिका लागि तीन वटा कुरा आवश्यक पर्छः क्रान्तिकारी बिचारबाट लैस पार्टी, क्रान्तिकारी सेना ९ पार्टीको मातहतमा० र संयुक्त मोर्चा । हामी आफ्नो पार्टीलाई क्रान्तिकारी बनाउन , सेना र मोर्चा गठनमा तदारूकताका साथ लागि परेका छौ । हामीसंग हतियार छैन , हतियार प्राप्तिको प्रयासमा छौ, हामी । त्यसो त आन्दोलनमा लागेकाहरूलाई हतियार राज्यबाटै प्राप्त हुने गर्छ । जहाँसम्म मोर्चा बनाउने कुरो छ, छुटफुट घटनालाई छाड्ने हो भने हामी यसमा निक्कै सफल भएका छौ । केही त मौजमस्ती गर्न हामीसंग आएका थिए ,उनीहरू फेरी फर्किएर गए । उनीहरुको स्थिति ‘चौवे गया छक्का बन्ने दुग्गे बनकर आए’ जस्तो भएको छ । केहीले घुर्की धम्की देखाउन पाइन्छ भनेरै हामीसंग आएका थिए । अहिले हाम्रो पार्टी पंक्तिमा क्रान्तिगर्ने साथीहरू सगं ठित भएर अघि बढिरहके छन्

मोर्चाबन्दीको कुरा गर्नुभयो, को–को संग कस्तो मोर्चा ?

किराँत जनवादी वर्कस पार्टी र खम्बूवान मुक्ति मोर्चासंग हाम्रो सकारात्मक कुरा भएको छ । मधेशवादी दलहरुसंग पनि हामी कुरा गर्ने प्रयासमा छौ । ती दलहरुसंग मोर्चा बनाउने मुद्दामा भने कुनै ठोस कुरा भएको छैन । तराईमा सशस्त्र युद्ध जारी राखेका विभिन्न राजनीतिक समूहमध्ये जनतान्त्रिक तराई मुक्ति मोर्चा ९ सूर्य बिनासर्त हामीसंग मोर्चा बनाउन आईसकेका छन् । प्रतिक र पवन गिरीको नेतृत्वमा रहेको समूहसंग मोर्चा बन्दीका लागि हाम्रो बाक्लै छलफल भईसकेको छ । मधेश बन्दमा त उहाँहरुले हामीलाई साथै दिएका थिए । मधेश मुक्तिको भन्दा पनि पैसा लुट्ने , पुलिससंग मिलेर आपराधिक गतिविधि संचालन गर्ने समूहसंग हाम्रो मोर्चा बन्दैन । हाम्रो मोर्चा भनेको राजनीतिक समूहसंग मात्रै हुनेछ । हामी तराईमा क्रियाशिल सशस्त्रमध्ये राजनीतिक समूहको खोजीमा छौ । अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतसंग पनि केही महिनाअघि मोर्चा बनाउने सबालमा सम्पर्क भएको थियो । उहाँ पहिले मिलेर जान उत्साहित हुनुभयो तर पछि उहाँमा चिसोपना देखियो । सशस्त्र समूहमध्ये राजनीतिक पृष्ठभूमि बोकेका गोइत जी पृथ्थक राज्यको माग गरेर अघि बढ्नु भएको छ । हामी आत्मनिर्णयसहितको अधिकारको माग गरिरहेका छौ । पहाडी शासकले यो अधिकार हामीलाई दिन चाहेनन भने हाम्रो गन्तव्य पनि त्यही बन्नेछ भन्ने कुरा उहाँलाई हामीले भन्यौ । यसबाट त उहाँलाई नै सजिलो हुने हो । पहाडी शासक सचेत भएनन भने नेपाल रहदैन । त्यसपछि अलग राज्यको मागलाई कसैले रोक्न पनि सक्तैनन् । हाल उहाँको मागलाई जनताले समर्थन गरेको देखिदैन । मोर्चाका लागि ज्वाला सिंह नेतृत्वको समूहबारे हामी अध्ययन गरिरहेका छौ ।

एकीकृत माओवादीको नागरिक सर्वोच्चताबारे तपाई के भन्नुहुन्छ ?

प्रचण्डले जुन नागरिक सर्वोच्चताको कुरा गरिरहेका छन्, त्यसबाट सत्ता प्राप्ति कदापी हुन सक्तैन । उनले आफै जनादेश विरोधी र उपहास हुने काम गरेका छन् । माधव नेपाललाई खुसा स्मद गरेर अध्यक्षमा ल्याउनु के जनादेशको उल्लंघन होइन रु हेर्नुस्, नागरिक सर्वोच्चता तब मात्रै प्राप्त हुन्छ जब प्रतिक्रियावादीलाई ध्वस्त पारिन्न । तर त्यसका लागि क्रान्ति जरुरी छ । नेपालका कम्युनिष्ट भनाउँहरु वर्गिय उत्पीडनको नाममा जातिय उत्पीडनलाई गौण राखे । कतिपयले उत्पीडित जनताका कुरा गरे भने कतिपयले जातिय मुद्दाको कुरा उठाएर सम्प्रदायिक कुरा गरिरहेका छन् । जातियतामा अल्झिनु खतरनाक प्रवृति हो । शासक जातियताबाट आएकाले नेपालमा असल कम्युनिष्ट कोही बन्न सकेका छैनन् । यसका लागि आत्मनिर्णय बिनाको स्वायत्त शासन ठग्ने काम मात्रै हो । क्रान्ति बिना यो असम्भव छ, त्यसैले हामी क्रान्तिको कुरा गरिरहेका हौ । अब गोर्खाली सर्वोच्चताको कुरा गरेर हुदैन ।

सरकारप्रति तपाईको धारणा भनिदिनुस् न ?

हाल देशमा लुटेराहरूको सरकार छ । सरकारमा सामेल दलहरु जनपक्षिय होइनन । सरकारमा पुरानै नेपालको वकालत गर्नेहरु र आर्थिक रुपमा देशलाई कंगाल बनाउनेहरु तथा हरुवाहरूको बोलबाला छ । अपराधीहरुको संरक्षण गर्नेहरुको बचस्र्प यो सरकारमा बढी छ । आन्दोलन गरेर यो सरकार फालेर क्रान्तिकारी सरकार गठन गर्न जरुरी भईसकेको छ ।

वर्तमान सरकारको सुरक्षा नीतिबारे तपाईको प्रतिक्रिया के छ ?

सुरक्षा नीति सरकारको हल्ला गर्ने साधन मात्रै बनेको छ । सरकारले शान्ति सुरक्षाको नाममा अपराधीहरूलाई जोगाउने र मुक्तिकामीलाई अपराधी ठान्ने गरेको छ । तस्कर, कमिशनखोर, कालाबजारीलाई बचाउन यो सरकार सुरक्षाको नाममा उद्दत देखिन्छ । प्रहरीहरूले सुरक्षाको नाममा जनतालाई आतंकित पार्ने काम गरिरहेको छ ।

प्रचण्डले तपाईलाई पठायो सुनिन्छ नि ?

प्रचण्डले पठाएको भए मेरो र जगत यादवको सदस्यता किन खारेज गर्नुपथ्र्यो । प्रचण्डले कांग्रेस र एमालेसंग मिलेर हाम्रो सदस्यता खारेज गरेको हो । सत्ताको स्वाद चाख्नेहरू र भत्तामा पल्केकाहरू हामीविरुद्ध लागि परेका छन् । संविधान बनाउने नाममा भत्ता खानेहरु यहाँ धेरै छन् । प्रचण्ड अब हाम्रो क्रान्तिकारी नेता रहेनन् । उनी संशोधनवादी भईसकेका छन् । फेरी हामीले त संगठनको विस्तार मधेशमा मात्रै गरेको छैनौ नि । पहाडमा पनि हामीले संगठन बनाएका छौ । अर्को कुरा प्रचण्डले पनि मातृका जी त हाम्रै मान्छे हुनुहुन्छ , पछि पार्टीमा फर्किहाल्नु हुन्छ नि भनेर जनतामा भ्रम ‘क्रिएट’ गरेका छन् ।

तपाई कुन छिमेकीको नजिक हुनुहुन्छ, भारत या चीन ?

यो हाम्रो पार्टीका लागि महत्वपूर्ण सबाल हो । हामी दुईटैबाट संचालित छैनौ । हामी कसैको हस्तक्षेप स्वीकार गर्नै सक्तैनौ । पहाडी नेताहरुले सबैभन्दा बढी इण्डियाको दलाली गरेका छन् , स्वाभिमानी मधेशीहरुले कहिले त्यसो गरेनन् । इतिहासमा यस्ता धेरै घटनाहरु छन्, जहाँ मधेशीले कसैको दलाली गरेको पाइदैन । हामी दुवै मध्ये कसैको दलाल होइर्नौ । हाम्रो चाहना नेपाल र नेपालीका लागि भारत र चीनले हतियार होइन विजुली दिओस् । दुवै मुलुकले उत्पीडित जातिलाई दमन गर्नुपर्छ भन्छन र त्यसका लागि बन्दुक पठाउँछन्, गोली पठाउँछन् ।

मातृका यादव नेतृत्वको पुनर्गगठित नेकपा माओवादीले जनकपुरमा आफ्नो सेना सार्वजनिक

मातृका यादव नेतृत्वको पुनर्गगठित नेकपा माओवादीले जनकपुरमा आफ्नो सेना सार्वजनिक

मातृका यादव नेतृत्वको पुनर्गगठित नेकपा माओवादीले जनकपुरमा आफ्नो सेना सार्वजनिक गर्नु भएको थियो ।

11 Responses

  1. GO AHEAD, KEEP GOING UNTIL YOU GET WHAT YOU WANT AFTER THAT LET THE PEOPLE GO TO HELL AND ENJOY YOURSELF AS EVERYBODY DOING.

    WE KNOW WELL WHY YOU SPEAK LIKE THAT BECASUE THEY REMOVED FROM THE POSITION AND THE PARTY .

  2. SOCHH RAMRO CHHA TARA PACHHI PARNU BHAYEKO HUNU HUN CHHA, MATRIKA YADAV, JI, TAPAI LE YEHI KURO PAHILE GAREKO BHAYE MADHESH KO LAGI KATI RAMRO KURO HUNTHE, TARA AAHILE TAPAI SOCHNU HUN CHHA,

  3. good…………..

  4. Matrika Yada,Madheska Commander from Moist and Nepali Moist dwara position n partyse nikala gaya o mahan neta hai jiske balidan ke karan Madhesh me hajaro ke sankhya me aatankbadi parti Madhesh ko khokhla karneme lage huwehai. O sab party Moist kahi aanga haim ye sab jantahai.
    In short – Matrika ko Party chodkar ghar grihastime lagjana chahiye if he couldnt do anything for Madheshi n Madhesh. Ye phirse naya jan yudha Madhesh k liye aur bura hosaktahai. So, Madhesiyose mera binamra nbedan hai, please dont follow the stupids which gave us only pain.

  5. Question for Matrika Yadav.
    1.) Aap ka party kya hai?
    2.) Agar Maowadi hai to Nepal me kitna Maowadi party hai?
    3.) Agar Maowadi ek hai to uska leader kaun hai Prachand ya You?

    If anyone meet Matrika kindly ask him these questions and post it in Tnepal.com

    Thaks!!!

  6. hu bahut baniya trai lekin desh drohi kam nee kel jau please. dosar mades ur madeshi kiya barbad karechi apne sab rajniti ke nampar mades ke janta ke barbadi haya ur ki hayat

  7. go ahead good job matrika ji

  8. hey bhagban hey allah hey prabhu aha sab nai dekhai chiai i desak gaddar sab ke sab din ekta mudda rahai chai aha duniya me pathab sa pahile ekta mudda dadiyou je ki okra pet bhara la kichh nai kara parai i desak gaddar sab sab din ekta mudda lak garibak pet par lat marai hai ya ta amir bana ka pathaw ki soch nai pare i matrika phera sa janyudha kara pa lagal aichch hamar ago sallah aichch matrika ke lel ki o janyudha ke theka leo je party ke janyudha kara ke hotai matrika kartai akra sa matrika ke peto bhartai jay madhes bachab ho pet

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: