• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

भाते जेठालाई नियतिको खेल

कहिले शिशीरको तुसारो सँग त कहिले बसन्तको उजाडीलो मौसम मौसमहरु सँगै रुमलिदै बाच्नु पर्दोरहेछ । आखिर यात्रा नै त रहेछ नि मान्छे को जिन्दगीकहिले उकाली त कहिले ओराली यसरि नै गन्तब्यका पाइलाहरु चाल्दै अबश्य एकदिन गन्तब्यमा पुग्न सकिन्छ कि भनेर आफ्नो अनिस्चीत जिन्दगीको अन्त्य कहाँ हुनेहो भनि त्यो निश्ठुरी समय सँगै प्रश्न गर्दथ्यो तर उसलाइ जिन्दगी एउटा हराभरा र हरियालीमा पुर्याउनु थियो । वास्तबमा उसलाइ त्यो निश्ठुरी समयले ढाँटेको के थाहा समय पसरवर्तन सँग सँगै जिन्दगीका भोगाइहरुमा अनेक बाधा अडचनहरु अनि यातनाहरु सहनु पर्दोरहेछ तसर्थ यस्ता-त्यस्था बिणम्बना हरुलाइ पार गरेर अगाडि बढाउनु बाध्य गराउदो रहेछ ।

वास्तबिक पहिलाको पाना हरु पल्टाएर हेर्ने हो भने एउटा गरिब परिबारमा गरिब बाबा आमाको कोखबाट जन्म भइ एउटा पहाडी दुर्गम भेगमा घाँसदाउरा मेलापात डाँडा-पाखा खोलानाला उकाली ओराली सँगै हुर्किएको केटा भाते जेठा हो । यसरी एक्लो यात्रा पार गर्दा गर्दै आफ्नो समयको प्रतिफल उठाइ जिन्दगीको कथा सँग साइनो गाँस्दै एउटा लालीकिरण उस्को जिबनमा बिहानिको मिर्मिरे झै छाइदियो । उनि थिइन जुनकिरि ! समयपनि कति निष्ठुरी छ हगीयसरी मान्छेहरु आफ्नो भाग्यलाइ धिकार्नुभाग्यलाइ दोस दिनु यो गरिबको कारणलेनै होला । भाते जेठा पनि आफ्नो गाउछोडि शहर तिर पश्दछ पैसा कमाउन भनि । हिउदको दिनमा खाली खुट्टाखुट्टामा रगत आउलाझै भएको छ टोपी फाटेर टुपि पनि बाहिरीएको छफाटेको स्टकोट अनि काँधमा नाम्लो र जुटको बोरा बोकि जुनकिरी ले भुटिदिएको एक घान मकै स्टाकोटको गोजी बाट निकाल्दै खादै शहर तिर लाग्छ भाते जेठा दिनभरि शहरमा बिदेश बाटआएका लाहुरे हरुको भारी बोकि बेलुका आफ्नै घरमा फकिन्छ ।

रातभरि जेठालाइ निन्द्रा लाग्दैन त्यो बिदेश बाट आएको लाहुरे हरुलाइ सम्झन्छ । फेरिभोलीपल्ट बिहान सदाझै जुनकिरीले मकैझुटेर स्टाकोटको गोजिमा लगाइदिन्छे तर भाते जेठा शहर नजाने कुरा गर्छ । उता जुनकिरी पनि दमाइले बजाउने बाजा झै पेट बोकि भाते जेठाको छेबैमा आएर बस्छे । हेर जुनकिरी तिम्रो यो अबथा हेर्दात तिमी सँगै बसिरहु जस्तो लाग्छ ।मैले के गरौहेर जुनकिरी तिमीनै भन तिमी जे भन्छौ त्यहि मान्छु । बिचरी जुनकिरिले के जबाफ दिनेआफ्नो हालत पनि त्यस्तो छ अनि गरिबि बर्किको फेराले आसु पुछदै घर भित्र पस्छे जुनकिरी जे जस्तो अबश्था भएपनि जिन्दगी बाँच्नु छ रोएर हरदैनमैले कस्को लागी दुःख गरेको हो रतिमीहरुकै लागी त हो निभनेर आफ्नो श्रीमती लाइ सम्झाउदै मुखिया बा सँग चर्को ब्याजमा रुपियाँ काढेर एउटा तोतरे झोला बोकि मिठो सपना ।सँगै लाग्छन् मलेसीया तिर !

आफ्नो र परिबारको भबिश्यको सपना साकार पार्नको खातिर साहुको चर्को ब्याज काढेर मलेसिया त पुग्यो भाते जेठा तर कम्पनिको एग्रीमेन्ट अनुसार केहि सुबिधाहरु पनि रहेनछअब भातेलाइ मलेसीया नफाप्ला जस्तेा भयो कमाइ पनि भने जस्तो भएन आफ्नो सहनसिलता र सजकता अपनाएर हरेक परिस्थती सँग सामना र मुकाबिला गर्दै अथक परिश्रम गरेपनि अह साहुको ऋण चुक्ता गर्ननै सकेनसँगै आएका साथीहरु तिन बर्षमै घर गए तर बाध्यता र परिस्थीतिले गर्दा भाते जेठा घर फर्केन उ आफ्नो भाग्यलाइ धिकार्छ । आफ्नै भाग्यलाइ डाह गर्छ खोइ कसलाइ दोष दिनेसायद उसको भाग्यमा त्यहि नै लेखिदिएको रहेछ क्यारे उ आफ्नो ओछ्यानमा पल्टिन्छ अनि छटपटिदै कोल्टे फेर्दै मनका कुना-कुनामा अलपत्र परेरबसेका मनका कथा ब्यथाहरु लाइृ अतित देखि बर्तमान सम्म लाइ नियाल्छ । फेरी निदाउने प्रयास गर्छ । उसको अगाडी लज्जालु भएर मुस्कुराइ रहेको पाउछ । हो यसरीनै भाते जेठाले जुनकेरीको याद र सम्झनामा धेरै वटा दिन अनि रातहरु बिताए उनकै मिठो याद र सम्भनामा तडपिएर बिगतका दिन हरुलाइ अबिष्मरणिय गर्दै प्रदेशी बेदनाहरुले पिल्सीएर दुःखीत भएको हृदयहरुको बस्तिहरु सँगै आँशुयुक्त आँखाहरु बोकि बिरहि आत्मालाइ सान्त्वनादिदै हावाले उडाएको पातहरुझै भएर समुन्द्रको छालसरी उर्लदै बादल पारीको पराइ देशबाट बल्ल चार बर्षमा घर फर्कन्छ । आफ्नो घर उता गर्भमै छोडेर हिडेको बच्चापनि ठुलि भइसकेको हुन्छ ।

उता साहुको ऋणपनि आधानै बाकि नै थियो ।उ मलेसिया बाट घरपुगेको तिन चार दिन पछि साहुले उसको भएभरका ज्याथा जिनिस सबै लाने निर्णयमा मान्छे लिएर आउछ् । अलि अलि राखिदिएर बाँकि सबै लग्छ आफ्नो श्रीमान बिदेश बाट आउदा लाई भनेर पालेको सुङ्गुर पनि लगिदियोअरु बाँकि रहेको दुई वटा बाख्रालाइ डोरीले बाँध्छे । कुखुरा परेङ्गोमा बाँध्छेअलि अलि भएको समानहरु डोकोमा हाल्छे अब जेठा गुन्टा बोकेर अघि लाग्छन् । जुनकेरी दुइृवटा बाख्रा डोर् याउदै डोकोमा समान बोकेर जाँतो ढिकी अनि त्यो सानो झुपडि लाई हेर्दै अघि बढछ ।सानो बच्चाले पारेङ्गोमा कुखुरा बोकेर आमाको पछि दगुर्छे । उनिहरु गाउ अनि त्यो सानो झुपडिलाई छोडि टाढा टाढा हुन्छन् ।

भाग्यको खेल जान्न बडो गाह्रो हुदो रहेछजिबन भोगाइका उकालि ओरालीहरुमा घुम्दै जादा जे जस्तो बाध्यता र परिस्थीतिसँग सामना गर्नु परेता पनि आफ्नो नियतको खेल सम्झि त्यसलाइ बिसर्ी रुनुको सट्टा हाँसी हाँसी हिडनु पर्दारहेछ । यस स्वार्थि सँसारमा उजाड आत्माको दुःख र ब्याथा हरुकोत कुनैमुल्यनै हुदैन रहेछ । प्रकितीले पनि यो साहारा बिहिन भाते जेठाको लागी एउटा जीन्दगीको सृजना एवं रचनालाई कल्पनामै सीमित गरीदिएको छ । यसको दोष नत प्रकृतिलाई नै लिेदन सकिन्छ नत स्वयं आफुलाई नै ठहर्याउन सकिन्छ

– खगेन्द्र सारु मगर
ताँङ्खुवा-०९ गुरासे फलैचा धनकुटा
हालः- बुकिट सेरडाङ्ग मलेसिया

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: