• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

भ्रमणले सम्बन्ध प्रगाढ हुने विश्वास :- भारतीय विदेशमन्त्री कृष्णा

भारतीय विदेशमन्त्री एस एम कृष्णा

भारतीय विदेशमन्त्री एस एम कृष्णा

काठमाडौं, माघ गते भारतीय विदेशमन्त्री एस एम कृष्णा आज पौने १२ बजे एक विशेष विमानद्वारा नेपाल आएका छन् विमानस्थलमा उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले स्वागत गरे लगत्तै पत्रकारहरुसँग कुरा गर्दै कृष्णाले आफ्नो नेपाल आउनुको मुख्य उद्देश्य नेपाल भारत बीच को सम्बन्ध प्रगाढ बनाउने बताए उनले नेपाललाई हेर्ने नीति आफ्नो सरकारले प्रमुख प्राथमिकता का साथ लिएको आफ्नो भ्रमणले दुइ देशको मित्रता अझ प्रगाढ हुने बताए विदेश मन्त्री कृष्णाले विमानस्थलबाट सोझै गौशालाको होटल द्वारिकाज गई परराष्ट्रमन्त्री सुजाता कोइरालासँग वार्ता गरेका छन्

नयाँ दिल्लीबाट एक विशेष विमानमा मन्त्री कृष्णासहित विदेश सचिव निरुपमा राव, प्रवक्ता विष्णुप्रकाश, नेपाल/भूटान हेर्ने सहसचिव सतिश मेहता तथा उपसचिव छिरिङ शेर्पा लगायत दुई दर्जन कुटनीतिज्ञ व्यापारीहरु नेपाल आएका हुन्

 

विदेश मन्त्री भएपछि कृष्णाको यो पहिलो नेपाल भ्रमण हो २००९ को लोकसभा चुनावमा कांग्रेस आइले बहुमत ल्याएपछि कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री एस एम कृष्णालाई भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले डा. मनमोहन सिंहको मन्त्रीमण्डलमा विदेश मन्त्रालयको कार्यभारको दिएकी थिइन्

कृष्णा विदेश मामिलामा निकै चासो अध्ययन गर्ने व्यक्तिका रुपमा कांग्रेस आईमा लिइन्छ

 

भारतीय विदेशमन्त्री एस एम कृष्णा
भारतीय विदेशमन्त्री एस एम कृष्णा

 

 आउनुअघि मनमोहनसँग भेट

काठमाडौं आउनुअघि विदेशमन्त्री कृष्णाले प्रधानमन्त्री डा. मनमोहन सिंहलाई आफ्नो नेपाल भ्रमणबारे जानकारी गराएका छन् । नयाँ दिल्लीबाट मिरर नेपालका लागि पत्रकार आशीषकुमारले जानकारी दिए अनुसार कृष्णाले सीमामा माओवादीले गरिहेको प्रदर्शन, आतंकवाद, अवैध जालीनोटको कारोवार, सुपुर्दगी सन्धि, नेपाल भारतबीच सहयोग आदानप्रदान लगायत दर्जनौं मुद्दा नेपालसँग डील गर्न लागेको प्रधानमन्त्री सिंहलाई बताएका थिए । भेटमा नेपाल भारत सम्बन्ध र माओवादीसँग चिसोपन हटाउन सिंहले हरसम्भव प्रयास गर्न कृष्णालाई निर्देशन दिएको बताइएको छ ।

सिंहसँगको भेटमा विदेश सचिव निरुपमा राव र सह सचिव सतिश मेहता पनि संगै थिए । सिंहसँग भेटपछि पत्रकारहरसँग कुरा गर्दै विदेश मन्त्री कृष्णाले माओवादीको कलह र आन्दोलन उनीहरुको आन्तरिक मामिला भएको र त्यसमा भारतको चासो नरहेको बताए ।

‘उनीहरु के गर्छन् सत्तामा आउन चाहन्छन्/चाहँदैनन् त्यसमा भारतको सरोकार छैन ।’ कृष्णाले भने । ‘भारतको सीमामा भएको प्रदर्शनको बारेमा हाम्रो ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा हामी नेपाल सरकारसँग कुरा गरी समस्या हल गर्नेछौं ।’

त्यसैगरी नेपाललाई सहयोग गर्ने पाँच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिने कुराका साथै भारतले सुपुर्दगी सन्धिलाई कडाइका साथ उठाउने तयारी भएको सम्वाददाता आशीषकुमारले बताएका छन् । ‘तर सुपुर्दगी सन्धि कस्तो हुन्छ र के के कुरा शामिल हुन्छ त्यो नेपाल सरकारसँग तय हुन्छ ।’ आशीषले विदेशमन्त्री कृष्णको कुरा उद्धृत गर्दै भने । काश्मिरको लालचोकमा हालै भएको आत्मघाती आक्रमणमा उग्रवादीहरुले नेपालको नाम लिएकोले भारतले यस विषयमा गम्भीर रुपमा नेपाल सरकारसँग चर्चा गर्ने आशीषले बताए ।

महत्वपूर्ण सम्झौताहरु

परराष्ट्र सचिव मदन भट्टराईका अनुसार भ्रमण्का क्रममा शुक्रबारसाँझ उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइराला र कृष्णाबीच स्टक एक्सचेन्ज लाई सहयोग, तराईमा हुलाकी सडक निर्माण, साइन्स लर्निङ सेन्टर र सौर्य उर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने निश्चत भएको छ। प्रहरी प्रतिष्ठान निर्माणसम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गर्ने गृहकार्य भए पनि अझै टुङ्गो नलागेको उनले बताए।

‘यी विशेषतः प्रधानमन्त्रीज्यूको भ्रमणका बेला सैद्धान्तिक सहमती भइसकेका विषय हुन्’ उनले भने। प्रधानमन्त्री नेपाल भदौ पहिलो साता भारत भ्रमणमा गई त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहसँग ३४ बुँदे सम्झौता गरी फर्केका थिए।

परराष्ट्र स्रोतहरूले भ्रमणका क्रममा नेपालले दुई अन्तरसीमा रेलमार्ग निर्माण, नौमुरे जलविद्युत परियोजना कार्यान्वयन, बाग्मती सफाई अभियान र विद्युत प्रसारणलाइन निर्माणलगायत पूर्वाधार निर्माणका लागि सहयोग प्रस्ताव गर्ने बताए ।

माधवकुमार नेपालको नेतृत्वको सरकार गठन भएयता उच्च भारतीय कुटनीतिज्ञको रुपमा कृष्णाको भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । भेटको क्रममा विदेश मन्त्री कृष्णाले माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसँग छलफल गर्नेछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: