एकीकृत जाच चौकी शिलान्यास रद्ध

बीरगंज, माघ २ भारतीय विदेशमन्त्री एसएम कृष्णाले आज गर्ने भनिएको पर्साको अलौ गाबिसस्थित बीरगंज एकीकृत जाच चौकीको शिलान्यास कार्यक्रम मौसमको प्रतिकुलताको कारण रद्ध भएको .
बाक्लो हुस्सु लागेको कारण भारतिय बिदेशमन्त्री कृष्णा शिलान्यास कार्यक्रममा आउन नसक्नु भएपछि पर्सा जिल्लाको अलौ गाबिसस्थित निर्माण हुन लागेको बीरगंज एकीकृत जाच चौकीको शिलान्यास कार्यक्रम रद्ध भएको हो रद्ध भएको जानकारी कार्यक्रमको निर्धारित समयभन्दा करिव दुइ घण्टापछि भौतीक योजना तथा निर्माण मन्त्रालयका सचिव दिप बस्नेतलले गराउनु भएको हो सचिव बस्नेतले शिलान्यास कार्यक्रम रद्ध भएकोमा दुख्ख ब्यक्त गर्दै जाच चौकीको निर्माण कार्यमा भने कुनै बाधा अवरोध नआउने दृढता ब्यक्त गर्नुभयो चौकी शिलान्यासको बारेमा भने पून दुबै देश बसेर छलफल गरी यसबारेमा पछि जानकारी गराउने बताउनु भयो

नेपाल सरकारले उपलब्ध गराएको करिव ७१ हेक्टर भुभागमा भारत सरकारको सय करोड रुपैयाको लागतमा सर्वश्रेष्ठ अत्याधुनिक प्रविधि जडान समेतको बीरगंज एकीकृत जाच चौकीको स्थापना हुने भएको करिव १४ महिनाभित्रै निर्माण गरिसक्नु पर्ने जाच चौकीको स्थापनाले नेपाली उधोगी ब्यापारीहरुले स्थानको अभावमा तिर्दै आएको विलम्ब शुल्कबाट मुक्ति पाउने बरिष्ठ उधोगपति बाबुलाल अग्रवाल बताउनु हुन्छ अग्रवालले यसको निर्माणपछि सरकार ब्यापारी दुबैको समयको पनि बचत हुने दावी गर्नुहुन्छ ।चौकीको निर्माणले केवल उधोगी ब्यापारीको मात्रै नभई राष्ट्रिय राजश्व समेत बढाउछ बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको दावी किनभने समयको बचत हुने बितिकै काम बढछ, काम बढेपछि रोजगारी बढछ, यसबाट राजश्वमा पनि बृद्धि हुने उनको दावी

आज विहान ११ बजे हुने भनिएको शिलान्यास कार्यक्रम शुरु हुनु पूर्व अलौ गाबिसका स्थानिय जनताले आफुहरुले दिएको जमिनमा बन्न लागेको एकीकृत जाच चौकीको नाम बीरगंज एकीकृत जाच चौकी राखेकोमा आपति जनाएका थिए स्थानियबासीको केहीवेरको विरोधपछि भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवले हात जोडेर क्षमायाचना गर्दै, कागजमा अलौ लेखेर ब्यानर शिलास्तम्भमा टासेपछि मात्रै गाउलेले कार्यक्रम संचालन गर्न दिएका थिए

नेपाल सरकारले जाच चौकी निर्माणको लागि करिव ७१ हेक्टर जग्गा कब्जा गरेको सो भुभाग अलौ सिर्सिया गाबिस अर्न्तर्गत पर्ने भएकोले सिर्सिया गाबिसका स्थानिय बासिन्दाहरु पनि जाच चौकी भन्सारको नाम सिर्सिया, अलौ बीरगंज एकीकृत जाच चौकी राखिनुपर्छ भन्दै कार्यक्रम स्थलमै पुगेका थिए यदि नराखिएमा गाउलेहरुले यसको कडा बिरोध गर्ने चेतावनी दिएका छन् ।शिलान्यास समारोहमा भारतिय विदेशमन्त्री आउने भएकोले कार्यक्रम स्थल वरपर सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो कडा चेकजाचको कारण कार्यक्रममा सहभागि हुन गएका पाहुना लगायत स्थानिय जनताहरुले निकै सकस भोग्नु परेको थियो सुरक्षाको नाममा पत्रकारलाई समेत मञ्च वरपर जान दिईएको थिएन भने, छिन छिनमा सुरक्षाकर्मीको विशेष टोलीले मेटल डिटेक्टर लिएर मञ्च वरपर आउने पाहुनाहरुको चेकजाच गरिरहेका थिए ।स्मरण रहोस यसअघि पनि सिर्सियाका स्थानिय बासिन्दाकै विरोधको कारण बीरगंज सुख्खा बन्दरगाहको नाम परिवर्तन गरी सिर्सिया सुख्खा बन्दरगाह राखिएको थियो

One Response

  1. Hi
    Dear yo blody indiyan le nepal lai bhikari banaun ma lageke cha baster

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: