• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

नागरिक समाज सिरहा अधिवेशन सम्पन्न

अध्यक्षमा अली  अन्य पदमा कडा प्रतिस्पर्धा
लहान सिरहा – नेपाल मुस्लिम नागरिक समाजको पहिलो सिरहा जिल्ला अधिवेशन भर्खरै सम्पन्न भएको छ । अध्यक्ष पद बाहेकका सबै पदका लागि कडा प्रतिस्पर्धा भएको थियो । हामी मुस्लिम मुलवासि हौं भन्ने नाराका साथ सम्पन्न अधिवेशनले अध्यक्ष पदमा जाकिर अलि राईनलाई सर्वसम्मतीले चयन गरेको छ । नेपाल मुस्लिम नागरिक समाजका केन्द्रिय अध्यक्ष मसरुद्दिन अन्सारीको प्रमुख आतिथ्य र समाजका पूर्वााचल ईन्चार्ज तथा केन्द्रिय महासचिव जाकिर हुसैन खाँको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । दुई वर्षकालागि चयन भएको कार्यसमितिको समितिको वरिष्ठ उपाध्यक्षमा अब्दुल गफ्फार उपाध्यक्षमा इलियास मियाँ सचिवमा साहिद हुसैन सहसचिवमा जाकिर हुसैन र कोषाध्यक्षमा मोहम्मद साविर निर्वाचित भएका छन् । हबिब राईन इलियास गुलाम मुस्तफा मुद्दिन मियाँ सागिर अहमद र मैनुद्दिन खाँलगायत सदस्यमा चयन भएका छन् ।
त्यस्तै महिला सदस्यमा नुरजहाँसहित थप दुई जना निर्वाचित भएका छन् । यसैगरी सल्लाहकार समितिमा मुस्तफा अन्सारी हकिम अन्सारी र अब्दुल वदुदलाई राखिएको छ । बन्द हडतालका बेला पनि जिल्लाका ६ वटै क्षेत्रका विभिन्न गाविसहरुबाट ठूलो संख्यामा मुस्लिमहरु लहानस्थित मारवाडी सेवा सदनमा भेला भएका थिए । कार्यक्रममा ईलाका प्रशासनका प्रमु्ख रामचन्द्र कुर्मी वडा प्रहरी कार्यालय लहानका प्रहरी सहायक निरिक्षक विपिन रेग्मी लहान सिटि जेसिसका अध्यक्ष चुडामणी गुप्तालगायतको उपस्थिती थियो ।

One Response

  1. thanks dear haviv beya mubark huw

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: