• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अलबिदा कमरेड ज्योति बसु

माधव कुमार नेपाल

२०६६ माघ ४ -ज्योती बसु समकालिन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका एक ‘प्रोमिनेन्ट’ र अत्यन्तै उत्कृष्ट नेता हुनुहुन्थ्यो ।उहाँको जीवननै  भारतको समकालिन राजनीति र कम्युनिष्ट आन्दोलनको एउटा जीवन्त इतिहास थियो । उहाँले आफ्नो राजनीतिक जीवनमा धेरै उतारचढाव हेर्नुभयो । भारतको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बलियो बनाउन, जनतासंगको सम्बन्धलाई घनिष्ट र लोकपि्रय बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । बसु एउटा माक्र्सवादी नेता हुनुहुन्थ्यो । माक्र्सवादमा उहाँको अगाध विश्वास थियो तर उहाँ जडसुत्रवादी नेता हुनुहुन्नथ्यो । उहाँ पश्चिमवंगाल र भारतको वस्तुगत ब्यवहारमा सिर्जनात्मकरुपले माक्र्सवादलाई विश्वास गर्ने एक अगुवा कम्युनिष्ट नेता हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको झण्डै ७० वर्ष राजनीतिमा समर्मित गर्नुभयो ।.

उहाँ मजुदुर र किसानका अत्यन्तै लोकपि्रय नेता हुनुहुन्थ्यो । कतिपय अवस्थामा भारतको राजनीतिमा उहाँको नाम सबैभन्दा माथि राखिएको थियो । एकपटक -सन् १९९५, लोकसभामा कसैको पनि बहुमत नभएको अवस्था) उहाँले भारतको प्रधानमन्त्री बन्ने मौका पाउन लाग्नु भएको थियो । त्यस्तो किसिमको साझा ब्यक्तित्वको उदय भएको थियो ।

उहाँ सादा जीवन र उच्च विचारका हिमायती हुनुहुन्थ्यो । उहाँ सरल स्वभावको भद्र ब्यक्ति हुनुहुन्थ्यो । भद्रतानै उहाँलाई सम्मान गर्ने एउटा कारण बनेको थियो । धेरै पार्टीबीचमा सहकार्यलाई अगाडी बढाएर लैजाने कुरामा सफल हुनुको पछाडी उहाँको उच्च ब्यक्तित्व र भद्रता पनि कारक तत्व रहेका थिए । उहाँ नेपालसंगको सम्बन्धलाई अत्यन्तै महत्व दिनुहुन्थ्यो । नेपालमा कम्युनिष्ट पार्टी र नेताहरुसंग उहाँको निकै पुरानो सम्बन्ध थियो । पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीलगायत नेताहरुसंग उहाँको घनिष्टता थियो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सदैव समर्थन गर्नुभयो ।  आन्दोलनको सफलताका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्नुभएको थियो । लोकतान्त्रिक आन्दोलनको सिलसिलामा उहाँसंगको नयाँदिल्लीमा भेट भएको थियो । पोलिटब्यूरो बैठकका क्रममा उहाँ, भट्टाचार्यजी -पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य)संग दिल्लीमा भेटघाट भएको थिथो ।

सबै भेटघाटमा उहाँ ब्यवहारिकढंगले कम्युनिष्ट आन्दोलनलाई अगाढी बढाएर लान सकिन्छ भन्नुहुन्थ्यो । उहाँ जनतासंगको सम्बन्धलाई महत्व दिनुहुन्थ्यो । विश्व कम्युनिष्ट आन्दोलनले संकट ब्यहोरिरहेको बेलामा पनि यसलाई एकतावद्ध बनाएर अघि बढाउन सकिन्छ भन्ने उहाँको विश्वास थियो । नेपाल-भारतबीचको सम्बन्धलाई गहिरो बनाउनुपर्छ भन्नेमा उहाँको जोड थियो । उहाँसंगको कुराकानीमा म एकढंगको उर्जा प्राप्त गर्दथे । दुई देशको सम्बन्ध राम्रो बनाउन उहाँले परोक्षरुपमा पनि भूमिका खेल्नु भएको छ । आफ्नो तर्फबाट उहाँलाई कुनै सल्लाह सुझाव माग्दा पनि उहाँले नेपालसीतको सम्बन्धको कुरामा जहिले पनि जोड दिएको र सकारात्मक भूमिका खेलेको बताउनुहुन्थ्यो । सादापन, समन्वयकारी खुवी, असल प्रशासक, पार्टीलाई एकतावद्ध बनाएर लिएर जानेकाममा पनि उहाँले भूमिका खेल्नुभएको थियो ।

नेकपा -एमाले)संगको सम्बन्धलाई उहाँले उच्च महत्व दिनुभएको थियो । उहाँ नेपालमा पनि -संभवत २०४७) आउनुभएको थियो । त्यतिखेर पनि उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको एकता र एकिकरणमा जोड दिनुभएको थियो । यसअर्थमा उहाँ नेपालको घनिष्ट मित्र हुनुहुथ्यो । एकतावद्ध बनाएर लान सक्दा नेपालमा कम्युनिष्ट आन्दोलनको राम्रो भविश्य  छ भन्नुहुन्थ्यो ।

वृद्धाबस्था र अस्वस्थताका बाबजुद पनि उहाँ भारतको राजनीतिको आकर्षण हुनुहुन्थ्यो । मैले पनि उहाँसंग पटक-पटक भेट्ने मौका पाए । पश्चिमबंगालको मुख्यमन्त्री हुँदा पनि र पछि मुख्य मन्त्री छोडिसकेपछि पनि उहाँको निवास र दिल्लीमा भेटघाट र छलफल भएका थिए । उहाँको नेपालप्रति र हाम्रो पार्टी -एमाले) प्रतिको सद्भाव पाउने गर्दथेँ । उहाँको ब्यक्तित्वबाट हामी सबै प्रभावित थियौ । उहाँको निधनबाट अत्यन्तै दुःखी छौ । विश्वकम्युनिष्ट आन्दोलनले यस्तो ब्यक्तित्व गुमाएको छ, जसको उचाईनै अग्लो थियो । भारतले यस्तो राजनेता गुमाएको छ, त्यसकोअभाव लामो समयसम्म खडकरहने छ । पश्चिमवंगालको मुख्यमन्त्रीका रुपमा उहाँले २३ वर्ष सम्म जिम्मेवारी सम्हाल्नु भयो । तर

उहाँको मुख्यमन्त्री पद् छोड्न र रिटायर्ड जीवन विताउन अग्रसर हुनुभयो । भारतीय कम्युनिष्ट पार्टी -माक्र्सवादी) पोलिटब्यूरोको सदस्इका हैसियतामा पछिसम्म पनि उहाँले आफ्नो दायित्व निर्वाह गरिरहनुभयो । उहाँसंग मेरो अन्तिम भेट २०६४ पुस ५ मा भएको थियो । पछिल्लो पटक उहाँ गम्भिर विमारी भइसकेपछि भेट्न जाने तिब्र इच्छा थियो । कार्यब्यस्तताका कारण म जान नसकेपछि हाम्रो पार्टी, सरकार र मेरोतर्फबाट समेत शुभेच्छा लिएर केपी ओली त्यहाँ जानुभएको थियो । उहाँको निधनले नेपालले सच्चा मित्र गुमाएको छ ।भारतले अत्यन्तै सतचरित्रवान राजनेता गुमाएको छ । उहाँप्रति हार्दीक श्रद्धाञ्जली ।

(साभार कान्तिपुरबाट तास्विर विभिन्न श्रोतबाट)

 

One Response

  1. उहाँप्रति हार्दीक श्रद्धाञ्जली

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: