बस लुटेरा युवती ग्याङ्ग सहित पक्राउ

झापा माघ,४ – कुनै फिल्म जस्तो लाग्ने तर वास्तविक घटनाहरु घटना थालेको छ अचेल नेपालमा । सबैले नेपालको बर्तमान समयको तरलतालाई बुझेर गलत फायदा उठाउन खोज्दैछन। हामीलाई प्राप्त खबरअनुसार प्रहरीले सात जनाको एउटा गिरोहलाई गएराती १० बजेतिर समातेको  छ। काकरभिट्टा बाट यात्रुको रुपमा सातजनाको समूह बसमा चढ़छन र जब बस झापाको बिर्तामोडको मुक्ति चौकनिर पुग्छ अनि त्यो समूह लुटेरा यात्रु बन्न पुग्दछ र यात्रुहरुलाई हतियार देखाएर लुटपाट मच्चाउन थाल्दछ। घटनालाई बुझेर केहि यात्रुले तुरुन्त मोबाइल बाट प्रहरीलाई घटनाबारे जानकारी गराउँछ र लुटेराहरुको समुह प्रहरीद्वारा झापाको बिर्तामोडबाट प्रहरीको फन्दामा पर्छ । पक्राउ पर्नेहरूमध्ये एकजना बाहिरको रहेको छ भने अन्यहरु सबै एकै ठाउका। घटनामा १९ बर्षिया युवती उषा पोखरेलको खानतलासीमा प्रहरीले २० थान नाईट्रोजन ट्याब्लेट फेला परेको छ। घटनालाई बिचार गर्दा लागु औषधको गलत लत लागेको हुन सक्ने देखिन्छ ।

घटना सामान्य देखिन सक्छ तर वास्तवमा यो समाजको सबैभन्दा ठुलो समस्या बन्दैछ। पक्राउ पर्नेहरुमा सुरुङ्गा– वडा न.९ का १५ वर्षीय अजय चौधरी रहेका छन् भने अन्य अपराधीहरुको उमेर पनि कम नै रहेको छ । सुरुंगा वडा न.८ का मात्र १६ बर्षीय संजय पोखरेल , सुरुङ्गा वडा न.८ कै १७ बर्षीय सन्दिप थापा, वडा न.५ का २० बर्षीय मुकेश गुप्ता र मात्र १७ बर्षीय प्रजल सोनी रहेका छन् भने सुरुङ्गा बाहिरका एकजना अपराधि रहेका छन् २५ बर्षीय लखनपुर वडा न.१ का विजय बिक । उनीहरु सबैलाई प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ । प्रहरीले समातिएका अपराधीहरुले आफुहरु लिम्बुवान भोलेन्टियर्सको कार्यकर्ता भनेर लुटपाट गरेका थिए । यसरि एकै गाउँका यस उमेर समूहकाहरुले यस्तो ठुलो घटना घटाउनाले समाजमा एउटा ठुलो बिकृतिको सुरुवात भएको प्रष्ट भईरहेको समयमा राजनीतिक दलहरुको मै ठुलो अडानले देशमा कानून कमजोर भईरहेको छ। यसतर्फ कसले ध्यान दिने?

5 Responses

  1. yesto lai jhundayera marnu parchha kaso ta sathiharu ? nattra arko apradhi ka geraho haru pani janmanchha so jhunaunai bes hola

  2. yo sab terai madhes ko narale garda janmyeka dakaharu ho so please sajaye ramro sanga dinu nai deshko janta lai ramro hunchha

  3. Yo Sab jun bhai raheko chha tyasko jimmewar nepal sarkar ho ra kati hami aafai pani ek aapasma samjhauta ra mel milap rakhnu jaruri chha

  4. desh ka leader haru nai sortha lay purna vaapachi k hucha ta desh ma aaba pani nepali janta na uthay kahilay uhnay ho ?? Aba himal, tarai ,pahad sabai ak hunay bayla aayo sathi ????? Navaa hamro NEPAL rahanay chaena ???

  5. tapaiko kura 100 % satya ho manoj karki ji

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: