मधेसमा २२ बुदे र ८ बुदे सम्झौतामाथी षडयन्त्र

बीरगंज, माघ ४ – मधेसी जनअधिकार फोरम नेपालले आफनो तेस्रो मधेस व्रि्रोहको प्रथम चरणको आन्दोलन अर्न्तर्गत हिजो पर्साका प्रमुख जिल्ला अधिकारी मार्फ प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । फोरम नेपालले नेपाल सरकार र मधेसी दलहरुबीच भएको २२ बुदे र ८ बुदे सम्झौताको कार्यान्वय नगरी मधेसी जनतालाई अधिकार सम्पन्न नगराउने षडयन्त्रमा लागेको भन्दै बीरगंजबाटै तेस्रो मधेस विद्रोहको घोषणा गरेको हो । सोही संघर्ष अन्तर्गत आज माघ ३ गतेका दिन चिर निन्द्रामा सुतेको सरकारलाई ब्युझाउनको लागि भन्दै आज बीरगंजको घण्टाघरचौकमा जम्मा भएको फोरमका कार्यकर्ताहरुले नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालयमा पुगी पर्साका प्रजिअ यादब प्रसाद कोईरालालाई पार्टीका जिल्ला अध्यक्ष् शशिकपुर मियाले बुझाउनु भएको थियो ।
१८ बुदे माग सहितको ज्ञापन पत्र प्रजिअ कोईरालालाई बुझाएपछि फोरमको विरोध र्‍याली घण्टाघर चौकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने क्रममा पार्टीका जिल्ला अध्यक्ष शशिकपुर मियाले वर्तमान सरकार विशेष सुरक्षा समितिको नाममा तेस्रो पक्षको इशारामा निर्दोष मधेसी दलका नेता र र्सवसाधारण जनताका छोरालाई फसाउने काम भैरहेकोमा असन्तुष्टि ब्यक्त गर्दै सरकारलाई निर्दोष मधेसीका छोरालाई फसाउने काम अविलम्ब छाडन चेतावनि दिनु भएको छ । अध्यक्ष मियाले नेशनल टेलिभिजनका अध्यक्ष युनुस अंसारीलाई विना कुनै कारण कसैले नाम लिएको भरमा पक्राउ गर्ने कार्यलाई षडयन्त्रको आरोप लाउदै उनलाई के को आधारमा पक्राउ गरिएको हो, सो कुरा र्सार्वजनिक गर्नु पर्‍यो होईन भने यथाशिघ्र छाडन सरकारसंग जोडदार माग गरेको छ ।
कोण सभालाई फोरमका केन्द्रिय सदस्य तथा सभासद आत्माराम साह, जिल्ला सदस्य तथा युवा फोरमका केन्द्रिय सचिव मोहम्मद फिरोज अंसारी, महिला फोरमका केन्द्रिय सदस्य मिनु सिंह र महिला फोरमका अध्यक्ष सुनिता सिंह, विद्यार्थी फोरमका यशवन्त यादबले आफनो विरोध मन्तब्य राख्नु भएको थियो ।

One Response

  1. good i like it…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: