• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अध्यक्ष अंसारीको रिहाईको माग गर्दै चक्काजाम

ओमप्रकाश
बीरगंज, माघ ५, राष्ट्रिय जनता पार्टीले आफनो केन्द्रिय अध्यक्ष युनुस अंसारीको रिहाईको माग गर्दै आज पर्सा र बारामा दुइ घण्टा चक्काजाम गरेको छ ।.
गत पौष १८ गतेका दिन सो पार्टीका केन्द्रिय अध्यक्ष अंसारीलाई सुरक्षाकर्मीले षडयन्त्रमुलक तरिकाबाट पक्राउ गरेको विरोधमा जनता पार्टीले आज पर्सा र बारामा मध्यान्हृ १२ बजेदेखि २ बजेसम्म चक्काजाम गरेको हो । चक्काजामलाई सफल पार्न प्रदर्शनकारीहरुले पर्साको बीरगंज, बाईपासरोड, प्रतिमाचौक र बाराको कलैया, परवानिपुर र जितपुरमा टायर बालेर सुरक्षाकर्मी विरुद्धमा चर्का नारा समेत लगाएका छन् ।
प्रदर्शनको क्रममा बीरगंजको घण्टाघरचौकमा दंगा प्रहरीको टोलीले बल प्रयोग गरी प्रदर्शनकारीलाई धपाउने प्रयास गरे पनि प्रदर्शनकारीहरु सयंमतापूर्वक आफनो पूर्वघोषित दुइ घण्टे चक्काजामलाई सफलतापूर्वक सम्पन्न गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष सब्बास अंसारीको नेतृत्वमा सम्पन्न चक्काजामपछि कोणसभाको आयोजना गरी आफना पार्टीका केन्द्रिय अध्यक्ष अंसारीलाई सरकारले यथास्र्रि नछाडेमा यसभन्दा पनि कडा आन्दोलन गर्ने चेतावनि दिएका छन् । कार्यक्रममा केन्द्रिय महासचिव किशोरी साहको पनि उपस्थिती रहेको थियो ।
यसैगरी बाराको कलैया र परवानिपुरमा पनि पार्टीका कार्यकर्ताहरुले टायर बालेर सडक जाम गरेका छन् । प्रदर्शनकारीहरुले बाराको सदरमुकाम कलैयामा पनि अंसारीको रिहाईको माग गर्दै दुइ घण्टा चक्काजाम गरेका छन् । त्यसैगरी बाराको परवानीपुरचौकमा पनि पार्टीका केन्द्रिय सदस्य मुस्ताक अंसारीको नेतृत्वमा सम्पन्न भएको चक्काजामको कारण करिव दुइ घण्टा यातायात अवरुद्ध भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: